प्रदेश ५ : ३६ अर्ब ३५ करोडको बजेट, कोरोनालाई १ अर्ब
०१ असार २०७७
•
५ मिनेट पाठ
प्रदेश ५ : ३६ अर्ब ३५ करोडको बजेट, कोरोनालाई १ अर्ब
प्रदेश नं ५ को सरकारले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ । सोमबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्य मन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट प्रस्तुत गरेका हुन्।  




बजेटमा चालु खर्च तर्फ १२ अर्ब ५९ करोड, २४ लाख ९८ हजार र पुँजीगत तर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार बिनीयोजन गरे । कुल बजेटमा पुँजीगत तर्फ ३४.६४ प्रतिशत छ भने पुँजीगत तर्फ ५१.२२ प्रतिशत बजेट छुटयाइएको छ । स्थानीय तहको बित्तिय हस्तान्तरणकालागि ५ अर्ब १४ करोड ५० अर्थात कुल बिनीयोजितको १४.१४ प्रतिशत हो ।  

प्रदेशले आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख उठाउने लक्ष्य लिएको छ । राजश्व बाँडफाँडबाट ११ अर्ब ३४करोड,रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख छ । ७ अर्ब ९४ करोड चालु वर्षको बचत रकम छ बाँकी केन्द्र सरकारले दिने बभिन्न शिर्षकको अनुदानबाट खर्च व्यवस्थापन गर्ने बजेटमा उल्लेख छ । शर्सतका आयोजनाहरुलाई बजेट अभाव भए केन्द्र सरकारसंग बजेट माग्ने भनिएको छ ।  

बजेटले कोरोनाकै कारण स्वदेस फर्कीएको ठुलो जनशक्तिलाई कृषि,लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगमा लगाएर स्वरोजगार सृजना गर्न ती क्षेत्रलाई प्राथमिकता दिएको छ । कृषि उद्योग,निर्माण,खानी र पर्यटन क्षेत्रमा गाँउघरमै रोजगारी सृजना हुने खालका कार्यक्रमहरु बजेटको प्राथमिकतामा परेका छन ।  सम्भावित खाद्य संकट व्यवस्थापनकालागि उत्पादन मुखी र स्वारोजगार मुलक कार्यक्रमलाई जोड दिदै कृषि अनुदानका कार्यक्रम सबै स्थानीय तहमा पुरयाउन बजेट बिनीयोजन गरीएको छ । सरकारले कर्मचारी तथा कार्मचारीको बिभिन्न शिर्षकका भत्ता बैठक भत्ता कटौती गरेको छ । स्वास्थ्य र सुरक्षा बाहेका निकायलाई सवारी खरिदमा रोक लगाइएको छ । कार्यालय सामाग्री खरिदमा खर्च कटौती गर्ने भनिएको छ ।    

भौतिक पुर्वाधारको बजेट चालु वर्षको तुलनामा केही घटेपछि कुल बजेटको झण्डै ४१.८७  प्रतिशत बजेट भौतिक पुर्वाधार विकास तर्फ बीनीयोजन गरेको छ । भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत  । आगामी वर्ष करिब ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य सरकारले लिएको छ ।  

भौतिक पुर्वाधार तथा योजना मन्त्रालयकालागि १५ अर्ब २ करोड २४  लाख बजेट छुट्याएको छ ।  जुन ४१.८७  प्रतिशत हो । सडक पुलकालागि १ अर्ब ४३ करोड,सिचाइमा १ अर्ब २९ करोड, हुलाकी सडककालागि ३९ करोड ५०, ९जिल्लाका पर्यटकीय मार्गकालागि २२ करोड ९५ लाख, रणनीतिक सडक निर्माणलाई ६९ करोड,सडक र्ममतमा २१ करोड,आभास निर्माणकालागि ५० करोड,शहरी क्षेत्रमा पैदल सडककालागि ५०करोड,बिद्युत ११ करोड, झलुङ्गे पुल १४ करोड ३४ करोड सडक दुर्घटना न्युनीकरणमा ३ करोड ५५ लाख बुटवल धागो कारखाना झुम्सा सडकलाई साढे १५ करोड,बिद्युतलाई ११ करोड छुट्याइएको छ । पुर्वाधार विकासमा शहरी विकास कार्यक्रमलाई जोड दिइएको छ ।  

सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ६७ करोड ५९ लाख बिनीयोजन गरीएको छ । चालु वर्षको भन्दो यो बिनीयोजन २९.२३ प्रतिशतले बढी हो । कोभिडका नियन्त्रणकालागि १ अर्ब बिनीयोजन गरीएको छ ।  यसअघि ल्याएको राहत कार्यक्रमलाई निरन्तरता दिदै क्वारेन्टाइन,आइसोलेसन तथा कोरोना अस्पतालहरुलाई थप व्यवस्थित बनाउने भनिएको छ । कोरोनाले उत्पन्न आर्थिक तथा सामाजिक प्रभावलाई ध्यानमा राखेर कोरोना प्रभावित क्षेत्रहरुमा विशेष कार्यक्रम गर्ने भनिएको छ ।  

। प्रदेशमा अत्याधुनिक ल्याव सहितको १ सय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न १ करोड बजेट छुटयाइएको छ । कोरोनाको बढी प्रभावित क्षेत्र कपिलबस्तुको शिवराज नगरपालिकामा सो अस्पताल निर्माण गरीनेछ । प्रदेश प्रयोगशालाको स्तरोन्तीकालागि १ करोड २५ लाख,दागंको लमहीमा ट्रमा सेन्टरलाई ५ करो, भैरहवाको भिम अस्पताल,पाल्पा, अर्घाखाँची,रुकुम पुर्व, कपिलबस्तुका जिल्ला अस्पतालाई ५० शैयामा स्तरोन्नती गरीने छ । लुम्बिनी प्रादेसिक र राप्ती प्रादेसिक अस्पतालाई बृशिष्टिकृत अस्पताल बनाउने  । स्वास्थ्य चौकी तथा केन्द्रहरुको स्तरोन्तीकालागि ५ करोड बिनीयोजन गरीएको छ । 

भिम, रुकुम पुर्वकोजिल्ला अस्पताल,बर्दिया र पुथ्र्वीचन्द्र असपताल नवलपरासीको पुर्वाधारकलागि २३ करोड ९० लाख छुटयाइएको छ । राप्ती अस्पतालमा मुटु रोगको व्यवस्था गर्ने,जिल्ला अस्पतालहरुमा थाइराइड, फिजीयोथेरापी,दन्त सम्बन्धि सेवा  बिस्तार गर्ने,प्रशुती गृह स्थापना,मृगौला डायलसीस,क्यान्सर उपचारको व्यवस्थाकाागि बजेट बिनीयोजन गरीएको छ । बुटवल र दागंको बिजौरीको आयुर्वेदिक अस्पतालाई आयुवेदिक औषधी उत्पादन केन्द्र बनाउने,बर्दिया अस्पतालाई जनशक्ति उत्पादन केन्द्र बनाउन १ करोड बिनीयोजन गरीएको छ । प्रदेशका निर्माणाधिन सभाहलहरुको निर्माण सम्पन्न गर्न पनि बजेट बिनीयोजन गरीएको छ ।  

उद्योग पर्यटन बन बातावरण मन्त्रालयकालागि २ अर्ब ९१ करोड ६९ लाख बजेट बिनीयोजन गरीएको  छ । राप्ती बबई बाडगंगा तिनाउन जलाधारलाई सबा ३ करोड, वातावरण प्रदुषण नियन्त्रणलाई २ करोड, बृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनलाई साढे २ करोड,बैज्ञानिक बन व्यवस्थापनमा १४ करोड ४३ लाख, होम स्टेकालागि २ करोड,रुरु क्षेत्र पर्यटन प्रबद्र्धनमा साढे १५ करोड, लघु घरेलु तथा मझौला उद्योग प्रबद्र्धनकालािग सहुलियत ऋणको व्यवस्था सहित तीनको उत्पादनको बजारीकरणकालागि ाँके,रुपन्देही र दागंमा डिपार्टमेन्टल स्टोर बनाइने छ ।

कृषिमा  सहकारी मन्त्रालयलाई ४ अर्ब ८६ करोड ३५ लाख छुट्याइएको छ । स्वदेशी श्रम स्वदेशमै पसिना, हातहातमा कृषि श्रम गाँउगाँउमा रोजगारी नारा सहितका कृषि अनुदान, यान्त्रीकरण, बजारीकरण लगायतका कार्यक्रमलाई बजेटले सम्बोधन गरेको छ । ४२ हजारलाई रोजगारी श्रृजना हुने गरी कोभिड १९ कृषि विशेष कार्यक्रमकालागि ६५ करोड बिनीयोजन गरीएको छ । स्मार्ट कृषि गाँउकालागि ४८ करोड,केरा खेतीकालागि १० करोड बीनीयोजन गरी त्यसबाट १० हजार युवास्वरोजगार हुने भनिएको छ । 

कृषि मजदुरलाई कृषी उद्यमी बनाउन कृषिकर्मी रोजगार कार्यक्रम,कृषकालागि सुलभ कर्जा कार्यक्रम अन्तगत २५करोड छुटयाइएको छ । मध्य पहाडी बहुउद्येस्यीय कृषि विकास फर्म स्थापना,सहकारी तथा सामुहिक चक्लाबन्दी व्यवसायीक कृषि कार्यक्रमलाई १ करोड ८६ लाख बिनीयोजन गरीएको छ । नगद अनुदानलाई कम गराउदै उत्पादनमा आधारिक व्याज अनुदानका कार्यक्रम संचालन गर्ने नीति बजेटले लिएको छ ।
अर्को समाचार
अनुदान रकम किसानकै खातामा
०३ असार २०७७
•
४ मिनेट पाठ
अनुदान रकम किसानकै खातामा
किसानले सरकारी निकायबाट पाउने अनुदानका कार्यक्रम झन्झिटिलो भएको गुनासोबीच बागमती प्रदेश सरकारले सहज रुपमा किसानलाई अनुदान दिएर कृषि उत्पादन बढाउन बृहत् प्याकेज ल्याएको छ । आगामि आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत झन्झटिलो अनुदानका कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।




प्रदेश सरकारले बजेट सोमबार सार्वजनिक गरेको छ । किसानलाई उत्पादनका आधारमा दूध, बीउमा प्रोत्साहन अनुदान, सहुलियत कर्जा, सामूहिक खेती लगायत कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव योगेन्द्रकुमार कार्कीका अनुसार अनुदानको रकम किसानका खातामा जाने व्यवस्था मिलाइएको छ ।  

‘किसानले दूध उत्पादन गरे बिक्री गरेपछि प्रतिलिटर दुई रुपैयाँ अनुदान दिन्छौं,’ सचिव कार्कीले भने, ‘प्रोत्साहन गर्न दिने रकम कृषककै खातामा जम्मा हुन्छ ।’ एक सय ६७ वटा दुग्ध उत्पादन सहकारी संस्थासँग सम्झौता गरी प्रोत्साहनका लागि अनुदान दिन लागेको हो ।  प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान दिने १६ करोड रुपैयाँ विनियोजन गरेको कार्कीले जानकारी दिए ।

कृषि कर्जाका लागि करिब तीन अर्ब रुपैयाँ र अन्य कार्यक्रमका लागि चार अर्ब गरी सात अर्ब रुपैयाँ कृषिमा बजेट विनियोजन गरेको छ ।

झन्झटिलो अनुदान कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था ।
प्रदेश सरकारले किसानलाई सहुलियत दरमा ऋण दिनका लागि कोष स्थापना गरेको छ । युवालाई कृषिजन्य उद्योगमा आवद्ध गरी रोजगारी सिर्जना गर्न सुलभ ब्याजदरमा सर्वसुलभ र सहज कृषि कर्जा प्रवाह हुने गरी प्रदेश सरकारले तीन अर्बको कोष कर्जा खडा गरेको हो । ‘किसानका लागि विशेष प्याकेज ल्याएका छौं,’ सचिव कार्कीले भने ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले समग्र कृषि प्रणाली सुधार गर्न उत्पादन सामग्रीमा अनुदान, सुलभ र सस्तो ऋण, बाली तथा पशुपक्षी बिमा, न्यूनतम बचतको ग्यारेन्टी र सबै किसानको घरदैलोमा प्राविधिक सेवा दिने गरी पाँच नीतिगत आधारहरू सार्वजनिक गरेका थिए । सोही नीतिगत आधारको  सूत्रलाई अनुशरण गर्दै प्रदेश सरकाले यस्तो कार्यक्रम ल्याएको हो ।  

मन्त्रालयले कार्यविधि बनाएर किसानलाई सहज रुपमा ऋण उपलब्ध गराउने जनाएको छ । उन्नत बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरुप प्रतिकिलो २० रुपैयाँका दरले अनुदान दिने भएको छ । गण्डकी प्रदेशका १३ वटै जिल्लाका कृषक लाभान्वित हुने गरी मुख्य खाद्यान्न बाली धान, मकै र गँहु उत्पादनमा आधारित उन्नत बीउमा प्रोत्साहन गर्न लागेको सचिव कार्कीले बताए । ‘स्थानीय तहसगँको समन्वयमा बाली विशेष बीउ उत्पादन कार्यक्रम राखिएको हो,’ उनले भने ।

किसानले उत्पादन गरेका फलफूल, तरकारीको उत्पादन वृद्धि, संकलन, भण्डारण, प्रशोधन र बजारीकरणको उचित व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कृषि सहकारी, कृषि समूह तथा निजी क्षेत्रलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने भएको छ । दलहन, तेलहन तथा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्ने उद्देश्यका लागि १३ स्थानमा एक पालिका एक खाद्यान्न भण्डारण र बीउबिजन बैंक स्थापना गर्न समेत बजेट विनियोजन गरेको छ । 

खाद्यान्न, तरकारी, नगदेबाली, फलफूल, मत्स्य, मासु, अण्डा, दूध, च्याउ, मह, जडीबुटी जस्ता कृषि तथा पशुपक्षी उपजको विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गरी अभियानको रुपमा चितवनको माडी, सिन्धुलीको दुधौली, नुवाकोटको लिखु, पञ्चकन्या र सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्चीमा गरी दुई हजार बिघामा सामूहिक खेती प्रवद्र्धन गर्ने कार्यक्रम राखेको छ ।

बाँझिदै गएको खेतीयोग्य जग्गामा अन्नबाली, फलफूल, तरकारी, आलु, मसला बाली, नगदेबाली, कन्दमूल, मोरिंगा, ड्रागन फ्रुट, घाँस लगायत बालीको खेती गर्न इच्छुक कृषकका लागि खेती गरिएको जग्गाको क्षेत्रफल विस्तार गर्न प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको छ । संघीय सरकारको सहयोग र समन्वयमा प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कृषकको चाहना र भौगोलिक उपयुक्तताका आधारमा दुई–दुईवटा कृषि, पशुपक्षीका पकेट र प्रत्येक स्थानीय तहमा एक–एकवटा कृषि, पशुपक्षीका ब्लक सञ्चालन गर्ने भएको छ ।  

काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सिन्धुली लगायत जिल्लामा एक सय हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरी यान्त्रीकरण सहितको बृहत्तर मत्स्य विकास तथा विस्तार कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । माछापालन गर्दा खपत हुने विद्युत् महसुलमा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने भएको छ । 

मकवानपुरको औद्योगिक क्षेत्रभित्र कृषि औजार कारखाना स्थापना, पाउडर दूध प्लान्टको स्थापना, हेटौंडामा तरकारी फलफूल थोक बजार निर्माण र चितवन जिल्लामा चकलेट, क्याटबरीसहितको दूध प्रशोधन केन्द्र निर्माण प्राथमिकतामा छन् । प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेको ६६ वटा नमुना कृषि फार्म र १० वटा एकीकृत मोडल फार्मको केन्द्रको निरन्तरता र दिगो विकासका लागि बजेट विनियोजन गरेको छ ।

स्थानीय तहको समन्वयमा १३ वटै जिल्लामा ५० प्रतिशत साझेदारीमा फेब्रिकेटेड कोल्ड चेम्बर, कृषि उपज संकलन केन्द्र तथा रस्टिक हाउस निर्माण गर्ने भएको छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक मलको उपयोगमा वृद्धि गर्न १३ वटै जिल्लामा कृषकले प्रयोग गर्ने प्रांगारिक मलमा प्रोत्साहन गर्न भकारो सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी, माटो परीक्षण गर्न डिजिटल मोबाइल माटो ल्याब स्थापना गर्न बजेट विनियोजन गरेको छ ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस