अब म्यानपावर आठ सय ४८
१९ भदौ २०७६
•
८ मिनेट पाठ
अब म्यानपावर  आठ सय ४८
काठमाडौं – वैदेशिक रोजगार विभागले धरौटी वृद्धि गर्न तोकेको अन्तिम दिन बुधबारसम्म धरौटी बढाएर दर्ता गर्ने म्यानपावरको संख्या आठ सय ४८ पुगेको छ। पहिले दर्ता भएका म्यानपावर १३ सय २३ थिए।

धरौटी वृद्धि गर्नेमध्ये एक सय ३१ म्यानपावर एक आपसमा मर्ज भएका छन्। तीन सय तीन म्यानपावर मर्ज भएर एक सय ३१ नयाँ म्यानपावर बनेको विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा वर्षभरि सय भन्दा कम युवालाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको संख्या  पाँच सय ६३ छ।  सोही वर्ष दुई सय ९४ म्यानपावरले दुई सय युवालाई वैदेशिक रोजगारीमा पठाए। तीन सय युवालाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको संख्या एक सय ८३ रह्यो।

त्यस्तै, पूरै वर्षभरि ९३ म्यानपावरले पाँच सय युवालाई वैदेशिक रोजगारीमा पठाउन सके।  आर्थिक वर्ष २०७५/७६ मा एक हजार युवालाई विदेश पठाउने म्यानपावरको संख्या २७ रहेको विभागले जनाएको छ। दुई हजार भन्दा बढी युवालाई विदेश पठाउन सात वटा म्यानपावर मात्र सफल रहे।

सरकारले बुधबारपछि तोकेअनुसार धरौटी वृद्धि गर्न नसक्ने म्यानपावरको दर्ता खारेज हुने व्यवस्था गरेको छ। नयाँ नियम अनुसार वर्षमा तीन हजारभन्दा थोरै युवा वैदेशिक रोजगारीमा पठाउने म्यानपावरले ५० लाख नगद र साढे एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेका छन्।

त्यस्तै वर्षमा तीनदेखि पाँच हजार  विदेश पठाउने म्यानपावरले एक करोड नगद र तीन करोड बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार भन्दा बढी युवा विदेश पठाउने म्यानपावरले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी धरौटी राखेका छन्।  विभागका महानिर्देशक भीष्मकुमार भुसालले अपेक्षा गरिएको भन्दा बढी म्यानपावरले धरौटी वृद्धि गरेको बताए। ‘नयाँ नियमपछि म्यानपावरको संख्या बढीमा ६/७ सय पुग्ला भन्ने अपेक्षा गरेका थियौं,’ उनले भने।

अहिलेको अवस्थामा एउटा म्यानपावर चलाउन वर्षमा कम्तीमा पाँच सय  युवालाई विदेश पठाउन सक्नु पर्ने व्यवसायी बताउँछन्। ‘कार्यालय सञ्चालन र अन्य खर्चका लागि कम्तीमा पाँच सयलाई विदेश पठाउनु पर्ने हुन्छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘सरकारको निर्णय अनुसार धरौटी वृद्धि गर्नुपर्दा झनै खर्च बढेको छ। अन्ततः यसको भार कामदारमाथि नै पर्छ।’

सरकारले खाडी मुलुक र मलेसिया जाने युवासँग १० हजार रुपैयाँभन्दा बढी रकम लिन नपाइने निर्णय गरे पनि अहिले धरौटी वृद्धिको कदमले त्यसलाई झनै असम्भव बनाएको व्यवसायी बताउँछन्। ‘लगानी थप गरिएपछि आम्दानी खोज्नु स्वभाविक हो,’ उनले भने।

धरौटी वृद्धि गरेकै कारण म्यानपावरको संख्या घट्दैन भन्ने संघको धारणा अहिले आएर पुष्टि भएको गुरुङको भनाइ छ। ‘१५–२० वर्षदेखि व्यवसाय गरिरहेका साथीहरूलाई अहिले आएर अर्को पेसामा जान अप्ठेरो भएका कारणले पनि म्यानपावरको संख्या घट्न नसकेको हो,’ उनले भने।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको संख्याको आधार र अनुगमन गर्ने संयन्त्रका कारण अघिल्लो वर्ष म्यानपावरको संख्या घटाउने प्रयास अनुसार धरौटी वृद्धि गर्ने निर्णय गरेको थियो। त्यस्तै धरौटी वृद्धि गर्दा ठगीमा पर्ने कामदारलाई क्षतिपूर्ति दिलाउन पनि सहज हुने सरकारी अधिकारीको अपेक्षा छ।

आर्थिक वर्ष २०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार युवा रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक पुगेका थिए। जसमा पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार दुई सय ११ थियो। त्यस्तै दुई लाख ७२ हजार छ सय १७ युवा श्रम स्वीकृति नवीकरण गरी पुनः वैदेशिक रोजगारीमा गए। 

यसअघि म्यानपावर सञ्चालनका लागि सात लाख नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्ने व्यवस्था  थियो। सोही प्रावधान अनुसार एक हजार तीन सय २३ म्यानपावर अस्तित्वमा थिए। महानिर्देशक भुसालका अनुसार केही म्यानपावर धरौटी वृद्धिको विरोध गर्दै अदालतमा समेत गएका छन्।

धरौटीको रकममा ब्याज नपाउने

व्यवसायीले धरौटी रकममा ब्याज पाउनु पर्ने माग गर्दै आए पनि विभागले त्यस्तो सुविधा नदिने भएको छ। महानिर्देशक भुसालले धरौटीको रकमबाट आउने ब्याजमध्ये ७५ प्रतिशत वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषलाई र २५ प्रतिशत रकम खर्च गर्न अर्को कोष बनाइने बताए। यद्यपि त्यो रकम खर्च गर्न विभागले कार्यविधि बनाउन बाँकी रहेको उनले बताए।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने तथा अंगभंग र बिरामी हुनेलाई बोर्डले आर्थिक सहायता प्रदान गर्दै आएको छ। म्यानपावर धरौटीको ब्याजमध्ये ठूलो हिस्सा बोर्डलाई दिइने भएपछि कोषको रकम वृद्धि हुने र जसबाट कल्याणकारी काम गर्न सहज हुने बताइएको छ।

हाल बोर्डसँग कल्याणकारी काम गर्न करिब पाँच अर्ब रुपैयाँ मौज्जात छ। गएको आर्थिक वर्ष बोर्डले मृतकका आफन्तलाई आर्थिक सहायता प्रदान गर्न तथा घाइते र अंगभंग हुनेका लागि करिब ६२ करोड रुपैयाँ खर्च गरेको थियो। बोर्डले श्रम स्वीकृति लिएर निधन भएका कामदारका आफन्तलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ। त्यस्तै बिमा कम्पनीले १४ लाख रुपैयाँसम्म दिने गर्छन्।
अर्को समाचार
बिहीबारबाट उपत्यकाका सम्पूर्ण म्यानपावर कम्पनी ठप्प
१३ फागुन २०७२
•
१ मिनेट पाठ
बिहीबारबाट उपत्यकाका सम्पूर्ण म्यानपावर कम्पनी ठप्प
काडमाडौं– प्रहरीले छापा मारेको विरोधमा बिहीबार काठमाडौं उपत्यकाका सबै म्यानपावर कम्पनीहरु बन्द भएका छन्।म्यानपावर कम्पनीहरुले अनियमितता र ठगी गरेको आशंकामा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले  बुधबार  उपत्यकाका विभिन्न १८ ओटा ठूला म्यानपावर कम्पनीहरुमा छापा मारेको थियो। ३ जना महिलासहित १४ जना म्यानपावर कम्पनी सञ्चालक व्यवसायीलाई पक्राउ गरेको थियो।

संघले बिहीबार सूचना जारी गरेर प्रहरीले ज्यादति गरेको जनाउँदै त्यसको विरोधमा सम्पूर्ण म्यानपावर कम्पनीहरु बन्द गर्ने जनाएको थियो। संघले बिहीबारबाट कम्पनीका अन्य सम्पूर्ण कामहरु बन्द गरेको भए पनि भिसा आएर विदेश जान ठिक्क परेका युवा कामदारलाई सात दिनभित्र उडाइसक्न पनि सम्पूर्ण म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ।

उपत्यकामा करिब ६ सय २५ म्यानपावर कम्पनीहरु सञ्चालनमा छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस