बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक
२४ असोज २०७६
•
८ मिनेट पाठ
बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक
राजाराम कार्की/रासस




काठमाडौँ – बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ। यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ।

विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फ उन्मुख छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।

पछिल्लोपटक चीनमा बङ्गुरको मासुको खपतलाई ध्यानमा राख्दै पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ। बङ्गुरको मासु निर्यात हुनसक्ने प्रचुर सम्भावनालाई महसुस गर्दै सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लगानीमा हाल १० हजारको सङ्ख्यामा बङ्गुर उत्पादन गरिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्थाका अध्यक्ष तथा पूर्वसांसद कृष्णबहादुर गुरुङले जानकारी दिए।

कृषि तथा पशुपक्षी विभागका सूचना अधिकृत डा. चन्द्र ढकालले जनताको खाद्य अधिकारलाई सुरक्षित गर्नु अपरिहार्य भएको बताए। उनले भूमिहीन, सुकुम्बासी तथा आर्थिकरुपले पछाडि परेका समुदायको आर्थिक अवस्थालाई माथि उठाउन सरकारले लक्षित वर्गले उत्पादन गरेका गुणस्तरीय बङ्गुर सङ्ग्रह गरी बधशालाबाट तयार पारिएको मासु चीनमा निर्यात गर्ने उद्देश्यले पोर्क पार्क स्थापना गरिएको बताए।

त्यसो त चीन सरकारले मित्रराष्ट्र भएका हैसियतले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधिको विस्तारमा सहयोग पु-याउने बताइसकेको छ। नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बोट्राउट माछा उत्पादन लगायतको परियोजनामा अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गर्न सहमति गरेको छ।

परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ। परियोजनाका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने घोषणा गरेको छ। उक्त परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीनमा लगेर र अन्य २४० जना किसानलाई नेपालमा नै तालीम दिने भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए।

चीन सरकारको उक्त सहयोगपछि नेपालका १३ हजार बङ्गुर व्यवसायीमा उत्साह जागेको छ। चीन सरकारबाट उच्च तथा दक्ष प्रविधियुक्त जनशक्ति उपलब्ध हुनसक्दा नेपाली व्यवसायीले  गुणस्तरीय बङ्गुरको मासु उत्पादन गरी निर्यात गर्नसक्ने ढोका खुल्ने सम्भावना रहेको बङ्गुर व्यवसायी सङ्घ नेपालका अध्यक्ष उमेशकुमार राईले  बताए।

विश्व खाद्य सङ्गठनका अनुसार विश्वमा सबैभन्दा धेरै बङ्गुरको मासु उत्पादन तथा खपत गर्ने  देश चीन हो। विश्वमा झण्डै १२ करोड मेट्रिकटन बङ्गुरको मासु उत्पादन हुन्छ। कूल मासुको उत्पादन ३१ करोड मेट्रिकटन छ। प्रतिव्यक्ति कूल मासुको खपत ४२ दशमलव शून्य पाँच प्रतिशतमध्ये प्रतिव्यक्ति प्रतिवर्ष ३७ किलो बङ्गुरको मासु खपत हुन्छ।

विश्वमा स्थानीय तथा विदेशी गरी करीव ९० जात (ब्रिड) र २९० भन्दाबढी उपजात (भेराइटी) का बङ्गुर पालिन्छन्। कृषि तथा खाद्य सङ्गठनका अनुसार विश्वमा करीब दुई अर्बको सङ्ख्यामा सुँगुर तथा बङ्गुरको सङ्ख्या रहेको छ भने नेपालमा झण्डै १६ लाख वटा बङ्गुर रहेको अनुमान छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा झण्डै १७ लाख मेट्रिकटन बङ्गुरको मासु खपत हुने गरेको छ। जसमध्ये झण्डै १० लाख मेट्रिकटन मासु नेपालको होटल व्यवसायमा खपत हुने गर्छ। नेपाल बङ्गुरको मासुमा पूर्ण आत्मनिर्भर भने छैन। तर उत्पादनको प्रचुर सम्भावना र निर्यातको सुनिश्चितता भएमा यहाँका लाखौँ सिमान्तकृत समुदाय बङ्गुरपालन व्यवसायबाट लाभान्वित हुने विषयमा दुई मत छैन।

बङ्गुरको मासुमा ३७ देखि ३९ प्रतिशतसम्म (लिन कटस) रातो मासुको मात्रा र १७ देखि २१ प्रतिशतमा बोसो पाइन्छ। उच्चकोटीको प्रोटिन, भिटामिन, खनिज, फ्याट, मेटावेलिनक र इनर्जीको मात्रा धेरै भएकाले बङ्गुरको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा ५८ प्रतिशत रैथाने जातका सुँगुर पालिएका छन्। जसमध्ये च्वाँचे, हुर्रा, बामपुड्के र बँदेल जातका सुँगुरको मासु अत्यन्त स्वादिलो हुने भएकाले मागअनुसारको उत्पादन गर्न सकिएको छैन। नेपालमा २०१६ सालदेखि बङ्गुरपालन शुरु गरिएको हो। यहाँ योर्क, सायर, ल्यानडरेस, ह्याम्पसायर, ड्युरोक, धराने कालो बङ्गुर, पाख्रिबास ब्ल्याक रहेका छन्।

भूमिको उपयोगमा विविधीकरण हुँदै गएकाले मानिसको खाने आदतमा परिवर्तन आएको छ। नेपाल जस्तो विप्रेषण आयमा निर्भर राष्ट्रको कूल खेतीयोग्य जमीन ३१ लाख हेक्टर छ जसमध्ये १० लाख हेक्टर जमीन बाँझो छ। बाँझो जमीनमा अन्नबाली लगाउनसक्ने सम्भावना छैन।

अधिकांश मानिस वैदेशिक रोजगारीमा गएकाले जमीन बाँझो हुन गएको हो। बाँझो जमीनमा मासुजन्य जनावर बङ्गुरको उत्पादनलाई जोड दिने हो भने यहाँका लाखौँ जनताको रोजगारीमा वृद्धि हुन सक्छ।  आयआर्जनका कारण देशकै समृद्धिलाई समेत थप सहयाेग पुग्नसक्ने विश्वास लिइएको छ।
अर्को समाचार
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
२० मिनेट अघि
•
१ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। 




भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ। उत्पादित बस्तु बजारसम्म पुर्‍याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए। 

उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ। 

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए।
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस