करेलामा अज्ञात रोगले किसान मर्कामा
०३ जेष्ठ २०७७
•
१० मिनेट पाठ
करेलामा अज्ञात रोगले किसान मर्कामा
रोग लागेको करेला । तस्बिर : नागरिक
धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् ।  




किसानले आफ्नोतर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्र्याएका कडा विषादी प्रयोग गर्दा पनि रोकथाम नभएपछि गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई देखाएको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए । ‘टिप्ने बेला भएको तरकारी लकडाउनले बारीमै कुहिँदैछ, अर्कोतिर फूल फुल्ने बेला भएको करेलामा रोग देखियो,’ रुपाखेतीले भने, ‘कस्तो रोग भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाइएको छ ।’

गाउँमै केही गर्नुपर्छ भन्ने अठोट लिएर स्थानीय ६ युवाले सञ्चालन गरेको उक्त फर्ममा यो वर्ष २६ रोपनीमा करेला खेती छ । गत वर्ष ३४ हजार किलो करेला बेचेर १८ लाख आम्दानी भएको थियो । वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानीमा करेला लगाएको फर्मका अध्यक्ष वतराज बिडारीले बताए । बजारमा बिक्री गर्नुपर्ने बेला करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेपछि लगानी नै डुब्ने चिन्तामा किसान छन् ।

हरेक बोटबाट यतिखेर ५–६ किलो करेला उत्पादन भइसकेको हुन्थ्यो । तर सबै करेलामा रोग लागेपछि किसान चिन्तामा छन् । हरेक वर्ष थाँक्रा फेरिरहनुपर्ने अवस्थाबाट मुक्त हुन फर्मले फलामको स्थायी पोलमा दुई लाख ५० हजार खर्चेको छ । दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने सुरमा रहेका बलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए ।  

थाक्रे गाउँपालिकाले वडा नं ११ मा १० ग्राम दरको एक सय ५८ पाकेट पाली जातको करेलाको बीउ वितरण गरेको गाउँपालिकाकी कृषि प्राविधिक राममाया रानामगरले बताइन् । रोगका कारण किसानको यस वर्ष करिब २१ लाख लगानी डुबेको छ ।  

करेलासँगै घिरौंला पनि रोगले मर्न थालेको छ । फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमती प्रदेश सरकारको नमूना फर्म कार्यक्रमको सहयोग रहेको कृषि ज्ञानकेन्द्रका अधिकृत कमलराज शर्माले बताए ।  

कृषि प्राविधिकले तरकारीमा पाउडरीमिल्लु नामक रोगको प्रकोपले यस्तो भएको बताए । अत्याधिक वर्षाका कारण रोगको संक्रमण बढ्ने अनुमान प्राविधिकको छ । कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आए पनि बाली बिमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पत्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, खर्बुजाले उनले सोचेभन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए । तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।  

गत वर्ष बारीबाटै ५० रुपैयाँ किलोमा गोलभेंडा बेचेको सम्झँदै उनले भने, ‘यसपालि १५ रुपैयाँ किलोमा पनि जान छाड्यो ।’ धनगढी बजारबाट उनको गाउँ पुग्न करिब नौ किलोमिटर छ । त्यो बाटो तय गरेर तरकारी किन्न व्यवसायी गाउँमा पुग्न नसक्दा बोटमै कुहिन थालेको उनले बताए ।  

प्रहरीको कडा चेकजाँचका कारण उनको बारीसम्म व्यवसायी आउनै मान्दैनन् । ‘धेरै व्यवसायीलाई सस्तोमै तरकारी लैजान भनें,’ उनले भने, ‘प्रहरीको कडा चेकजाँचका कारण व्यवसायी आउनै मान्दैनन् ।’  

गत वर्ष उनले काँक्रा २५ देखि ३० रुपैयाँ किलोमा बेचेका थिए । यसपालि १५ रुपैयाँ पनि पाएनन् । पोहोर ८० रुपैयाँ किलोमा बारीबाटै बेचेको खुर्सानीले यसपालि ५० रुपैयाँ पनि पाएन ।  

लालराम चौधरीको पनि काँक्रा र खुर्सानी खेती छ । काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि निराश छन् ।  

काँक्रा बारीमै पहेँलो हुन थालेको उनले जानकारी दिए । ‘पहेँलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु,’ उनले भने, ‘सस्तोमा बेच्न खोज्दा पनि कसैले लगेन ।’  

यहाँका सबै जसो व्यावसायिक किसान उब्जनीले बजार नपाउँदा चिन्तित छन् । अगुवा किसान रमेश भाट सरकारले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानको तरकारी बिक्ने वातावरण बनाइदिनुपर्ने बताउँछन् ।  

आफूहरुले व्यावसायिक किसानका समस्या समाधान गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तरकारी किसानलाई सहज रुपमा गाउँघर र टोलसम्म बिक्री गर्ने वातावरण मिलाउन आग्रह गरेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ‘हामीले किसानलाई सहज होस् भनेर प्रशासनबाट पासको व्यवस्था पनि गर्न आग्रह गरेका छौं,’ उनले भने । 
अर्को समाचार
यस वर्ष पनि रासायनिक मल अभाव हुने
०५ मंसिर २०७८
•
२ मिनेट पाठ
यस वर्ष पनि रासायनिक मल अभाव हुने
गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन्। मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो।




आलु र गहुँका लागि आवश्यकपर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव हुने देखिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रियरुपमा नै रासायनिक मलको मूल्यमा वृद्धि हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ। अन्तर्राष्ट्रिय रुपमा गत वर्षको तुलनामा यसवर्ष प्रति मेट्रिकटन ३०० अमेरिकी डलरभन्दा बढीले रासायनिक मलको मूल्यमा वृद्धि भएको छ।

'कोभिड अगाडि रासायनिक मलको मूल्यमा खासै वृद्धि हुने गरेको थिएन, मूल्य बढ्दै घट्ने गरेको थियो, तर कोभिड पश्चात निरन्तर रुपमा रासायनिक मलको मूल्य बढेको छ, हामीले मल खरिदको बोलपत्र आह्वान गर्दा अन्तर्राष्ट्रिय रुपमा मलको मूल्य कम थियो, तर हाल उच्च भएको छ', उनले भने, 'मल खरिद गर्न कम्पनीले ४/५ करोड रुपैंया बराबरको धरौटी रकम राखेका हुन्छन्, २२/२५ करोड रुपैंया घाटा खाएर रासायनिक मल ल्याउनु भन्दा व्यवसायीले धरौटी रकम नै छाड्ने गरेका छन्।'

उनका अनुसार यसअघि प्रति मेट्रिकटन ६७० डलरमा मल खरिदको ठेक्का हुने गरेकामा हाल ठेक्का रकम बढेर ९४८ डलर पुगेको छ। अन्तर्राष्ट्रिय रुपमा नै मलको अभाव भएको भन्दै मूल्यमा वृद्धि हुँदा नेपालमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ। 'हाम्रो देशमा रासायनिक मलको उत्पादन छैन, अन्य देशबाट ल्याउनुपर्ने बाध्यताका कारण नेपाली किसानले प्रत्येक वर्ष दुःख पाउने गरेका छन्', उनले भने, 'मल उत्पादन गर्ने देशले दिए हामीले पाउने हो, जतिमा दिन्छु भन्छन्, त्यतिमा ल्याउनुपर्ने हाम्रो बाध्यता छ, हाम्रो सार्वजनिक खरिद नियमावलीअनुसार कम मूल्यका आधारमा मलको ठेक्का दिइन्छ, सोही कारण पछिल्ला सबै ठेक्का रद्द हुने गरेका छन्, एउटै ठेक्काका लागि २० पटकसम्म बोलपत्र आह्वान गर्नुपरेको बाध्यता छ।' रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस