आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम
१४ जेष्ठ २०७७
•
४ मिनेट पाठ
आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम
कोरोना भाइरसको महामारीपछि ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने दबाबमा रहेको सरकारले अहिलेसम्म नयाँ रोजगारीका लागि भने खासै काम गर्न नसकेको पाइएको छ ।  




अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण अनुसार फागुन महिनासम्म एक लाख ९० हजार नौ सय १० जनालाई व्यवसायिक तथा सीप विकास तालिम दिइएको छ । तालिम लिने महिलाको संख्या ९२ हजार एक सय ८७ छ ।  

त्यस्तै, सुरक्षित आप्रवासन परियोजनाबाट ७१ हजारलाई तालिम र परामर्श प्रदान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम देखिएको विज्ञहरू बताउँछन् ।  

हाल प्रत्येक वर्ष करिब पाँच लाख युवायुवती श्रम बजारमा प्रवेश गर्छन् । श्रम बजारमा प्रवेश गर्नेमध्ये स्वदेशमा अवसर नपाएर अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । कोरोना भाइरसको महामारी फैलिएपछि वैदेशिक रोजगारीबाट ठूलो संख्यामा नेपाली फर्कने अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरूले वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै रोजगारी दिने बताउने गरे पनि सीपमूलक तालिम दिइएको आँकडा हेर्दा स्वदेशमा रहेका युवालाई नै व्यवस्थापन गर्न चुनौती देखिने अनुमान गर्न थालिएको छ ।  

आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांक समेटे पनि कोरोना भाइरस फैलिएपछि युवालाई रोजगारी बढाउने खालका कार्यक्रम सञ्चालन गर्न सकेको छैन । बरु नेपाल लगायत नेपाली कामदार रहेका अधिकांश गन्तव्य मुलुकमा चैत लागेसँगै कोरोना भाइरसले महामारीको रूप लिइरहेको छ । 

कोरोनाले महामारीको रूप लिएपछि वैदेशिक रोजगारीका रहेका करिब १० लाख हाराहारीका युवायुवती घर फर्कने अनुमान गरिएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई कृषि, उद्योग, निर्माण जस्ता क्षेत्रमा लगाउने तयारी गरे पनि ती कामका लागि आवश्यक पर्ने सीप सिकाउन सकेको छैन ।  

लामो समयदेखि सीप नसिकाएरै वैदेशिक रोजगारीमा पठाउने चलन भएकाले विदेशमा समेत नेपाली युवाले न्यून पारिश्रमिक पाउने गरेका छन् । आर्थिक सर्वेक्षणका अनुसार वैदेशिक रोजगारीमा जान हालसम्म श्रम स्वीकृति लिएका करिब ५० लाख ४१ हजारमध्ये साढे एक प्रतिशतले मात्र सीप सिकेका छन् ।  सीप नसिकेरै वैदेशिक रोजगारीमा जाँदा एकातिर नेपाली श्रमिकले न्यून पारिश्रमिक पाउने र अर्कोतर्फ रोजगारदाताको हेपाहापूर्ण व्यहावर सहनुपर्ने बाध्यता रहँदै आएको छ ।  

कोरोना महामारीपछि स्वदेश र विदेशमा रोजगारी गुमाएका समेत गरी कम्तीमा २० लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने दबाबमा रहेको सरकारले सीपबिना कसरी त्यस्तो लक्ष्य प्राप्त गर्छ भन्ने प्रश्न गर्न थालिएको छ । फागुनसम्मको आँकडालाई आधार मान्दै उक्त सर्वेक्षणमा निरपेक्ष गरिबीको अनुपात कुल जनसंख्याको १८.७ प्रतिशतमा झरेको उल्लेख छ । त्यसैगरी बहुआयमिक गरिबी २८.६ प्रतिशतमा झरेको जनाइएको छ ।  

चालु आर्थिक वर्षको अन्त्यसम्म निरपेक्ष गरिबी १६.६७ प्रतिशतमा झार्ने अनुमान गरिएको बेला  कोरोनाले चाप सिर्जना गरेको छ । यसअघि साढे आठ प्रतिशत पुग्ने अनुमान गरिएको आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चने देखिएको छ । पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर औसत ७.३ प्रतिशतले हुँदै आएको थियो ।  

त्यस्तै, चालु आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान ५.१ प्रतिशत हुने आर्थिक सर्वेक्षणमा उल्लेख छ । पछिल्ला पाँच वर्षयता कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान ५.५ प्रतिशतले हुँदै आएको थियो ।  

उद्योगमा ६ लाखलाई रोजगारी

साना, ठूला र मझौला गरी २१ खर्ब एक अर्ब ४५ करोड रूपैयाँ लगानी रहेको नेपालका सबै उद्योगधन्दाले गत फागुनसम्म ६ लाख १४ हजार पाँच सयलाई रोजगारी दिएको सर्वेक्षणमा जनाइएको छ । कोरोना भाइरसपछि अधिकांश उद्योगधन्दा प्रभावित भएकाले तीमध्ये ठूलो संख्याले रोजगारी गुमाएको वा आंशिक पारिश्रमिक पाइरहेको बताइन्छ ।  

२१ हजार मेट्रिक टन खाद्यान्न मौज्दात

कोरोना महामारीसँगै खाद्यान्न अभाव हुन सक्ने अनुमान गरिएको बेला सरकारले पर्याप्त खाद्यान्न मौज्दात रहेको सरकारले जनाएको छ । सर्वेक्षणका अनुसार हाल राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क खाद्य बैंकमा गरी २१ हजार आठ सय ५५ मेट्रिक टन खाद्यान्न मौज्दात छ ।
अर्को समाचार
युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छः मन्त्री ज्ञवाली
२४ असोज २०७७
•
१ मिनेट पाठ
युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छः मन्त्री ज्ञवाली
सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन्। रसुवामा निर्माणाधिन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तर्क्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुुर्‍याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए।




'आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पुर्‍याउन लाग्नुपर्छ', उनले भने, 'जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस्।'

विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ। विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीको सुझाव छ। 

'देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ', उनले भने, 'तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपक्षीपालनलगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुहोस्।'रासस
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस