श्रम र रोजगारीलाई प्राथमिकता
१२ असार २०७७
•
२ मिनेट पाठ
श्रम र रोजगारीलाई प्राथमिकता
इलाम नगरपालिकास्थित इलाम बजार । तस्बिर : भीम/नागरिक
जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि श्रम र रोजगारीलाई ‘प्राथमिकता’मा राखेर नीति, कार्यक्रम ल्याएको छ । तर, विशेषगरी कृषि क्षेत्रमा श्रम र रोजगारी सिर्जना गर्ने भनिएपनि यही क्षेत्रको बजेट भने पर्याप्त देखिँदैन ।  




प्राथमिकता दिएको भनिएको कृषि क्षेत्रमा प्रत्येक वडालाई औषतमा १५ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । तर, स्थानीय तहका वडाको क्षेत्रफल र कृषिकर्म गर्नेहरूको जनसंख्यालाई यो बजेटले रोजगारी दिन, स्वरोजगार बनाउन चाहिँ चुनौतीपूर्ण देखिन्छ । नगरका ११ वटा वडाका किसानलाई हाते ट्र्याक्टर खरिद, गाई पालन र कम्पोस्ट मलमा अनुदान दिने कार्यक्रम छ । हाते ट्र्याक्टरमा ७५ प्रतिशत र नगरको फोहोरबाट उत्पादन भएको कम्पोस्ट मलमा ४० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । माछापालन, फलफूल खेतीलगायतमा पनि बजेट खर्च हुनेछ । नगरका कम्तीमा २ हजार ५ सय जनसंख्या भएका वडामा थोरैबाहेक सबैको पेसा–व्यवसाय कृषि नै भएकाले १५ लाख रुपैयाँको बजेट अपुग हुने देखिएको हो ।  

मेयर महेश बस्नेत वडामा कृषिमात्र नभई अरू पनि योजना सञ्चालन गर्दा रोजगारीका अवसर खुल्ने बताउँछन् । ‘१५ लाख रुपैयाँ पनि त एउटै वडालाई हो नि! ’ उनले भने, ‘१२ वटा वडामा १५÷१५ लाखले कति हुन्छ ?’ तर, वडाध्यक्षहरूका अनुसार कृषि क्षेत्रमा सबै वडामा औसत १५ लाख रुपैयाँ विनियोजित छैन । ‘पन्धै्र लाख भएपनि एउटा वडाको कृषिलाई कति पो थेग्छ र !’ एक वडाध्यक्षले भने ।  

नगरले आउँदो वर्षका लागि १ अर्ब ३ करोड ७३ लाख १२ हजार रुपैयाँको अनुमानित आय–व्यय पारित गरेको छ । सातौं नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । नगरले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १२ करोड १२ लाख ५० हजार, वडास्तरीय योजना तथा कार्यक्रमलाई ५ करोड ३६ लाख, नगरस्तरीयलाई ३७ करोड ८० लाख ६२ हजार, विषयगत ससर्त अनुदानतर्फ ३३ करोड ७५ लाख तथा सामाजिक सुरक्षामा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । आयतर्फ कुल आन्तरिक स्रोत २३ करोड ४७ लाख ८० हजार, संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार, प्रदेश सरकारबाट ४ करोड ८५ लाख ८० हजार तथा राजस्व बाँडफाँटबाट ११ करोड २७ लाख ७१ हजार रुपैयाँ अनुमानित छ ।  

नगरसभाले ४ हजारभन्दा बढी जनसंख्या भएका वडाहरूमा अधिकृतस्तरका कर्मचारीको दरबन्दी कायम गर्ने निर्णय गरेको छ । ‘लकडाउनका कारण भएको क्षति मध्यनजर गरी होटल, सुनचाँदी व्यवसाय कर र जग्गाको राजस्वमा १० देखि २५ प्रतिशतसम्म छुट दिने निर्णय भएको छ,’ मेयर बस्नेतले भने, ‘यसअघिका वर्षहरूमा पर्यटनलाई प्राथमिकता दिइएकामा आउँदो वर्षलाई कृषि रोजिएको छ ।’  

देशमा जारी लकडाउनका कारण चालू वर्ष नगरले करिब ७ करोड रुपैयाँको आय गुमाएको छ । आन्तरिक आय ८ करोड रुपैयाँ अनुमानित रहेकामा ५ करोडमात्रै उठेको छ भने संघीय सरकारबाट विनियोजित ११ करोडमध्ये ७ करोड रुपैयाँमात्रै आएको छ । ‘आउँदो वर्ष चाहिँ नयाँ योजना सुरु गर्नेभन्दा पनि पुरानै योजना सम्पन्न गर्नेगरी बजेट तय गरिएको छ,’ उनले भने, ‘कोरोना संक्रमण नियन्त्रणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेका छौं ।’  

चालू वर्ष नगरले स्थापना गरेको कोरोना राहत कोषमा ९६ लाख रुपैयाँ संकलन भएको छ । यसमध्ये करिब ६५ लाख रुपैयाँ खर्च भइसकेको नगरले जनाएको छ ।  
अर्को समाचार
महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ: मन्त्री श्रेष्ठ
२२ मंसिर २०७८
•
१ मिनेट पाठ
महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ: मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। 




संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले सङ्गठित तथा असङ्गठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए। रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले उनीहरूका समस्या सम्बोधन गरिने बताए।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा सहभागी वक्ताहरूले विद्यमान ऐन–कानूनको प्रभावकारी कार्यान्वयनका साथै महिलामा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस