कपिलवस्तुमा एक वर्षभित्र २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द
०७ साउन २०८२
•
२ मिनेट पाठ
कपिलवस्तुमा एक वर्षभित्र २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द
चल्न गाह्रो भएपछि कपिलवस्तुमा एक वर्षमा २६५ साना उद्योग बन्द भएका छन्। यस्तै सोही अवधिमा १३७ वटा व्यवसायिक फर्म पनि बन्द भएका छन्। 




घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २६९ साना उद्योग र १३१ व्यवसायिक फर्म बन्द भएका थिए।

एक वर्षमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म थपिएको छन्। बन्द हुने संख्याभन्दा बढी साना उद्योग र व्यवसायिक फर्म दर्ता गर्नेको संख्या बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले बताए। लगत कट्टाभन्दा ३०५ बढी उद्योग र व्यवसायिक फर्म नयाँ दर्ता भएको उनले बताए। उद्योगी व्यवसायीले आफ्नो उद्योग र व्यापार सञ्चालन गर्न गाह्रो भएको भन्दै दिएको निवेदनका आधारमा तिनीहरूको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

उनका अनुसार कोभिडकालपछि उद्योग र फर्म सञ्चालन गर्न गाह्रो भएपछि बन्द हुने क्रम पनि बढेको हो। आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र व्यापारिक फर्म भने नवीकरण नभएर बन्द भएको उनले बताए। उद्योगमा नाफा बन्दा घाटा निरन्तर बढ्दै गएपछि उद्योगी र फर्म धनीहरूले आफ्नो फर्म बन्द गर्ने गरेका छन्। 

युवाहरू विदेश पलायन हुने क्रम बढेपछि त्यसको असर उद्योग र व्यापारमा पनि परेको खनालले बताए। बन्द हुने साना उद्योगहरूमा उत्पादनमूलक, कृषि तथा वन, सेवामूलक र पर्यटन रहेका छन्। यस्तै व्यवसायिक फर्महरूमा किराना पसल, हार्डवेयर, कपडा पसल, मदिरा, कस्मेटिक, इमोबाइल पसल, विविध लगायतका छन्।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले आफ्नो कार्यक्षेत्र बाणगंगा नगरपालिकामा पनि उद्योग व्यापार खुल्नेभन्दा बन्द हुने क्रम बढेको बताए। चार नम्बर गजेहडा, बनगाई चोक लगायत बजारमा उद्योगी व्यवसायीहरूले उद्योग पसल बन्द गरेर विदेशतिर पलायन भएको बताए। 'विगत वर्षहरूमा चलहपहल र बिक्री हुने पसलहरू निरन्तर घाटामा गएको र भाडा पनि तिर्ने स्थिति नभएपछि बाध्य भएर बन्द गरेका हुन्,' उनले भने।

उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको उनले बताए। कोभिडकालदेखि अहिले देशमा आर्थिक मन्दी छाएको र व्यवसायीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको बताए। उनले साना उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाँडै बन्द हुने गरेको बताए।

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले सरकारले उद्योग र व्यापारको सहज स्थिति बनाउनुपर्ने माग गरे। उनले अहिले उद्योगी व्यवसायीलाई धेरै गाह्रो स्थिति रहेको बताए। उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सिर्जना भएको बताए। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने बताए। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
यो पनि पढौँ
बिहानको घन्टी
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस