राजस्व असुली लक्ष्यभन्दा दुई अर्ब बढी
०९ साउन २०६९
•
७ मिनेट पाठ
राजस्व असुली लक्ष्यभन्दा दुई अर्ब बढी
काठमाडौं, साउन १० (नागरिक)- आर्थिक वर्ष २०६८/६९ मा तोकिएको लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व असुली भएको छ। गत वर्षको बजेटमा २ खर्ब ४१ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यो लक्ष्यभन्दा बढी २ खर्ब ४४ अर्ब १४ करोड राजस्व असुली भएको छ।
'कडा परिश्रम, उच्च मनोबल, कार्ययोजनासहितको प्रयासबाट राजस्व असुली बढेको हो,' अर्थसचिव कृष्णहरि बास्कोटाले भने। जेठमा लक्ष्यअनुरुप राजस्व संकलन नभएपछि बास्कोटा देशभरका राजस्व कार्यालय अनुगमन गर्न गएका थिए।

आव २०६७/०६८ को तुलनामा गत वर्ष २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि भएको छ। अघिल्लो वर्ष राजस्वको वृद्धिदर ११ दशमलव ६ प्रतिशत थियो। दुई खर्ब १६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य भएपनि अघिल्लो वर्ष दुई खर्बमात्रै राजस्व असुली भएको थियो।
गत वर्ष बक्यौता राजस्व असुलीमा प्राथमिकता दिएको, घर बहाल करबाट राजस्व बढाएको, मूल्य अभिवृद्धि कर(भ्याट) को नक्कली बिल छानबिन प्रकरणबाट राजस्व बढेको हो। भन्सारमा सूचना प्रविधिको प्रयोगले पनि राजस्व असुली बढाएको बास्कोटाले बताए। राजस्व वृद्धिमा बढ्दो आयात र अमेरिकी डलर बलियो हुँदै जानुको प्रभाव पनि उच्च छ।
भ्याटको ७१ अर्ब ९७ करोड असुली भएको प्रारम्भिक अनुमान छ। राजस्व असुलीको आकारका दृष्टिकोणले दोस्रोमा रहेको आयकर ५२ अर्ब ५५ करोड असुली भएको छ। यो कुल राजस्व असुलीको २२ दशमलव ७ प्रतिशत हिस्सा हो। आयकर असुली वृद्धि हुँदै जानुमा आयकरमा दर्तावालाको संख्या वृद्धि हुँदै जानु, व्यावसायिक कारोबार वृद्धि हुनु र कर प्रशासन प्रभावकारी हुँदै जानु नै आधारभूत पक्ष रहेको बास्कोटाले बताए।
राजस्वमा तेस्रो स्थान भन्सार महसुलको छ। गत आवमा यो महसुल असुली ४३ अर्ब ४१ करोड संकलन गरिएको छ। यो कुल राजस्व असुलीको १८ प्रतिशत हो। भन्सार महसुल वृद्धि हुनुमा वैदेशिक व्यापारमा भएको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि, भन्सार मूल्यांकनमा गरिएको सुधार, वस्तु वर्गीकरणमा अपनाइएको सतर्कता, भारतीय अन्तःशुल्क फिर्ता प्रणालीमा गरिएको सुधार र सीमावर्ती क्षेत्रमा गरिएको तस्करी नियन्त्रण नै महत्वपूर्ण रहेको वास्कोटाले बताए।
राजस्वका शीर्षकका दृष्टिकोणले चौथो स्थानमा रहेको अन्तःशुल्क ३० अर्ब ३७ करोड असुली भएको छ। बास्कोटाका अनुसार अन्तःशुल्कको दायरा विस्तार गरिएको, केही वस्तुमा अन्तःशुल्कको दरलाई परिमार्जन गरिएको, चुहावट नियन्त्रणमा विशेष प्रयास भएको अवैध कारोबारमा नियन्त्रण गरिएकोले अन्तःशुल्क राजस्वको असुली वृद्धिदर १३ दशमलव ५ प्रतिशत पुगेको छ।
विश्व व्यापार संगठनको पद्धतिअनुसार आन्तरिक उत्पादनको अतिरिक्त पैठारीमा पनि यो कर असुली गर्न सकिन्छ। नेपालमा एन्टी डम्पिङ र काउन्टरभेलिङ ड्युटी नभएकाले विश्व व्यापार संगठन लगायतमा मुलुकले गरेको प्रतिबद्धताअनुरुप भन्सार दर घटाउँदै लैजान अन्तःशुल्कका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने अर्थमन्त्रालयले जनाएको छ। विशेषगरी अन्तःशुल्क कर स्वास्थ्यलाई प्रत्यक्ष हानी पुर्‍याउने मदिरा, बियर र चुरोटमा लाग्दै आएको छ।
रजिस्ट्रेसन दस्तुर र सवारी साधन कर आव २०६८/६९ मा ७ अर्ब ९६ करोड असुली भएको छ। घरजग्गाको कारोवारमा केही सुधार भएको र सवारी साधन कर वर्षेनी तिर्नुपर्नेमा कडाइ गरिएका कारण राजस्व असुलीमा सुधार आएको हो।
अन्य करझै गैरकर राजस्व असुली पनि बढ्दै गएको छ। यो शीर्षकमा आव २०६८/६९ मा ३७ अर्ब ८८ करोड असुली भएको छ। गैरकरमा गरिएको समसामयिक सुधार, बक्यौता असुली गरिएको कडाइ र अर्थले गरेको विशेष समन्वयका कारण यो कर बढी असुली हुन सकेको बास्कोटाले बताए।
दोस्रो जनआन्दोलनपछि आव २०६७/६८ मा बाहेक सबै वर्षमा राजस्वको तोकिएको लक्ष्यभन्दा बढी नै असुली भएको छ। राजस्व असुलीका लागि प्रत्येक विभाग र कार्यालयको कार्ययोजना नै बनाई काम गरिएको अर्थले बताएको छ। राजस्व चुहावटतर्फ चौबीसै घन्टा खुला रहने नियन्त्रण कक्षको व्यवस्था, राजमार्ग गस्ती र सीमा सुरक्षा बलको व्यवस्थाले तस्करी नियन्त्रण भएको दाबी अर्थले गरेको छ।
कुल गार्हस्थ्य उत्पादनको अनुदानमा पनि राजस्व वृद्धिदर सन्तोषजनक छ। आब २०६३/६४ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्व असुली १२ दशमलव ०५ प्रतिशत थियो। आब २०६८/६९ मा राजस्व असुली उत्कृष्ट रहेकाले जिडिपीको अनुपातमा राजस्व असुली १५ दशमलव ५ प्रतिशतमा पुगेको छ।
अर्को समाचार
तेस्रो महिनामा राजस्व लक्ष्य पूरा
१२ कार्तिक २०७४
•
६ मिनेट पाठ
तेस्रो महिनामा राजस्व लक्ष्य पूरा
काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य महत्त्वाकांक्षी राखे पनि असोजमा आउँदासम्म फेला पारेको छ । सुरुका दुई महिना राजस्व असुली लक्ष्यभन्दा तल थियो।

सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो गत वर्ष (पाँच खर्ब ६५ अर्ब) को तुलनामा २९ प्रतिशतभन्दा बढी हो।

सरकारले चालु आवको बजेटमा पहिलो तीन महिनाका लागि एक खर्ब ४७ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । असोज मसान्तसम्म यो लक्ष्य करिब– करिब पूरा भएको छ।

‘बजेटले असोजसम्म राजस्व उठाउन राखेको लक्ष्य करिब पूरा भएको छ,’ अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख विष्णु नेपालले शुक्रबार नागरिकसँग भने, ‘गैरकर राजस्वमा मात्र थोरै लक्ष्य फेला पार्न सकिएन । अन्य सबै क्षेत्रमा सोचेजस्तै राजस्व असुली भएको छ।’

महाशाखा प्रमुख नेपालका अनुसार प्रायः प्रत्येक वर्ष सुरुका एक दुई महिना मात्र राजस्व असुलीले लक्ष्य फेला पार्न समस्या हुन्छ । त्यसपछि सरकारले तोके अनुसार राजस्व असुली हुने गरेको छ। 

‘चालु आवमा पनि यस्तै समस्या देखिएको मात्र हो,’ उनले भने, ‘अहिलेकै जस्तो अवस्था रहे असोजदेखि लक्ष्य फेला पार्न कुनै समस्या हुने छैन ।’ महाशाखा प्रमुख नेपालले अर्थमन्त्रालयले राजस्व नर्तिनेमाथि कडा निगरानी राखेको हुनाले पनि असुलीमा समस्या नहुने जानकारी दिए।

उनका अनुसार आगामी पुसमा आयकरको ४० प्रतिशत र चैतमा ७० प्रतिशत राजस्व असुली हुने व्यवस्थाले पनि लक्ष्य फेला पार्न गाह्रो छैन । ‘समग्रमा भन्नुपर्दा यस्तै अवस्था रह्यो भने चालु आवको राजस्व लक्ष्य सजिलै फेला पर्नेछ,’ उनले भने।

महाशाखा प्रमुख नेपालले केही वर्षदेखि गैरकर राजस्वमा भने समस्या रहेको जानकारी दिए । सरकारले अन्य राजस्वका दरमा परिवर्तन गरे पनि गैरकरका दर धेरै वर्षदेखि परिवर्तन गरेको छैन । ‘गैरकर त्यत्ति प्राथमिकतामा पनि नपरेको जस्तो देखिएको छ,’ उनले भने, ‘आगामी दिनमा अर्थ मन्त्रालयले यसमा बढी चासो दिने गरी योजना बनाएको छ।’  

सरकारको राजस्वमध्ये सबैभन्दा धेरै असुली गर्ने आन्तरिक राजस्व विभागले पहिलो तीन महिनामा लक्ष्य फेला पारेको छ । विभागले गत आवको तीन महिनाका तुलनामा यो आवमा २४ प्रतिशतले बढी राजस्व संकलन गरेको छ।

विभागका अनुसार सरकारले चालु आवको असोजसम्ममा राजस्व संकलन लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख दिएको थियो । विभागले यो अवधिमा ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ असुली गरेको छ । यो लक्ष्यको तुलनामा एक सय एक प्रतिशत हो। 

विभागका अनुसार असोजसम्ममा २० अर्ब ७३ लाख रुपैयाँ आयकर असुली भएको छ । यो लक्ष्यको ९७ प्रतिशत हो । यस्तै असोजसम्म मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड २७ लाख रुपैयाँ उठेको छ । यो लक्ष्यको एक सय तीन प्रतिशत हो । विभागले अन्तःशुल्क पनि लक्ष्यको एक सय तीन प्रतिशत नै असुली गरेको छ । विभागले यो अवधिमा अन्तःशुल्क १२ अर्ब ८१ करोड ९३ लाख संकलन गरेको छ। 

विभागका अनुसार शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको ७३ प्रतिशत संकलन भएको हो । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धिकर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई यो वर्ष दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएको छ। 

विभागका महानिर्देशक किशोरजंग कार्कीले सुरुका दुई महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा भएको बताए । उनले तोकिएको तीन सय अर्बको असुली लक्ष्यभन्दा २० प्रतिशत बढी संकलन गर्ने गरी विभागको योजना बनाएको जानकारी दिए।

‘भदौ अन्तिम साताबाट सुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाएर लक्ष्यभन्दा धेरै राजस्व उठाउने तयारी गरेका छौं,’ उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस