लक्ष्यभन्दा बढी राजस्व संकलन
०९ जेष्ठ २०७१
•
३ मिनेट पाठ
लक्ष्यभन्दा बढी राजस्व संकलन
काठमाडौं– आन्तरिक राजस्व विभागले २०७०/०७१ चैत महिनासम्मको राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा १ सय २२ प्रतिशतले वृद्वि भएको दाबी गरेको छ।चालू आर्थिक वर्षको वैशाखसम्मको लक्ष्य १ खर्ब ५ अर्ब ६४ करोड ७६ लाख ५८ हजार रहेकोमा १ खर्ब ७ अर्ब १८ करोड ६७ लाख १४ हजार असुली भएको हो। विभागका अनुसार आयकर ५८ अर्ब ५१ करोड ५९ लाख ४१ हजार, भ्याट २७ अर्ब ५ करोड ४५ लाख २ हजार र अन्तःशुल्क २० अर्ब ८२ करोड ८० लाख ९६ हजार असुली भएको छ। सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकर र अन्तशुल्कतर्फ १०१ प्रतिशत र भ्याटतर्फ १०३ प्रतिशतले बढी हो।
शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३८ करोड ३३ लाख ६० हजार र ४० करोड ४८ लाख १५ हजार असुली भएको छ। यसरी शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा १२२ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ११५ प्रतिशतले बढी संकलन भएको छ। 
आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले व्यवसायी कर तिर्न उत्साहित भएकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको बताएका छन्। उनले करदातालाई सम्मान गर्दा कर तिर्न व्यवसायीमा उत्साह बढेको बताए।
‘देशभरका उच्चतम कर सहभागिता जनाउने व्यवसायीलाई सम्मान गर्ने क्रममा व्यवसायीमा उत्साह देखेको छु,' नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको छलफलमा उनले भने। करदातामैत्री सेवा प्रवाह गर्न विभाग सधैं तयार रहेको शर्माले बताए। देशभर करदाता कार्यालय विस्तार गर्ने तयारीमा सरकार लागेको बताउँदै उनले तीन वर्षभित्र सबै जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिए। 
महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले कर प्रणालीलाई जनतामैत्री बनाउन आग्रह गरे। सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउँदै उनले करको दायरा फराकिलो बनाउन उद्योग बाणिज्य महासंघ सदैव तयार रहेको बताए । ‘कारोबार गरेपछि राज्यलाई कर तिर्नुपर्छ, कर तिर्ने व्यक्ति कर प्रशासनको परिवार हो,' पाण्डेले भने। राजस्व न्यायाधीकरणमा राख्नुपर्ने धरौटीलाई कम गरिदिन आग्रह गर्दै अध्यक्ष पाण्डेले कर प्रशासन उद्योगीमैत्री, व्यवसायीमैत्री बनाउन आग्रह गरे।
अर्को समाचार
लक्ष्यभन्दा बढी राजस्व संकलन
०४ माघ २०७५
•
४ मिनेट पाठ
लक्ष्यभन्दा बढी राजस्व संकलन
रसुवा - रसुवागढी भन्सार कार्यालयले चार महिनादेखि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिना लक्ष्य भेटाउन नसकेको कार्यालयले असोजयता लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो। बाढी र पहिरोको कारण साउन र भदौ महिनामा सामग्री नआएका कारण राजस्व संकलन प्रभावित भएको थियो। सरकारले नीति परिवर्तन गरेको, सामग्रीको मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माणका सामग्रीको आयात बढेकाले राजस्व पनि बढेको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।

‘चिनियाँ सहयोगमा विकास निर्माणका लागि आवश्यक सामग्री समेत यही नाका हुँदै भित्रिएको छ,’ उनले भने, ‘यसले पनि राजस्व संकलनमा टेवा दिएको छ।’ जलविद्युत् आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, ललितपुरमा रंगशाला निर्माण लगायत सामग्री आएको छ। सामग्री आयात बढेका कारण लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सकिएको उनले बताए। ‘वार्षिक लक्ष्यको ८०.१२ प्रतिशत राजस्व उठाइसकेका छौं,’ उनले भने, ‘यसले लक्ष्यको तुलनामा बढी राजस्व उठ्ने आसा छ।’

कार्यालयले चालु आर्थिक वर्षमा सात अर्ब ६२ लाख ६४ हजार उठाउने लक्ष्य राखेकामा पाँच अर्ब ६१ करोड ३६ लाख ३८ हजार राजस्व उठिसकेको छ। कार्यालयका अनुसार साउन महिनामा लक्ष्यको ५२ प्रतिशत, भदौमा ३१.६१ प्रतिशत, असोजमा दुई सय ८७.२२ प्रतिशत, कात्तिकमा ४४ प्रतिशत, मंसिरमा ६४ प्रतिशत र पुसमा ४४.१८ प्रतिशत बढी राजस्व संकलन भएको थियो। साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकामा २६ करोड चार लाख ७७ हजार, भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकामा २९ करोड १५ लाख ७९ हजार, असोजमा ६० करोड नौ लाख ३८ हजार लक्ष्य राखेकामा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार र कात्तिक महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्व उठाउने लक्ष्य राखेकामा ८७ करोड दुई लाख ८६ हजार, मंसिरमा ६० करोड ४५ लाख ४५ हजार लक्ष्यमा ९९ करोड २७ लाख १० हजार र पुस महिनामा ६० करोड ४५ लाख ४५ हजार लक्ष्य रहेकामा ८७ करोड १६ लाख नौ हजार राजस्व उठेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायत वस्तु निकासी भइरहेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस