उद्योग वाणिज्य महासंघमा भिड्दैछन् पाँच महिला
१० मंसिर २०७७
•
५ मिनेट पाठ
उद्योग वाणिज्य महासंघमा भिड्दैछन् पाँच महिला
नेपाल उद्योग वाणिज्य महासङ्घले अहिले आफ्नो ५४ औं बार्षिक सधारण सभा तथा राष्ट्रिय अधिवेशनमार्फत आफ्नो नयाँ नेतृत्व चयन गर्न लागेको छ। महासंघ नेतृत्व पंक्तिमा बसेर प्रतिनिधित्व गर्न पाँच जना महिला अहिले निर्वाचनमा भिड्दैछन्। महासंघको निर्वाचन समितिले गत सोमवार दिउँसो ३ बजे जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा ६२ पदका लागि उम्मेदवारी मनोनयन गराएका एक सय २१ जनामा पाँच जना महिला उम्मेदवार छन्।  




मनोनयन संख्या हेर्दा महिला उम्मेदवारी ४.१३ प्रतिशत मात्र अर्थात ५ प्रतिशतभन्दा पनि कम रहेको छ। शिर्ष नेतृत्वमा उद्यमी महिला भवानी राणा बसेर अध्यक्षता हस्तान्तरण गर्न लागि रहेको बेला महासंघभित्र अबको महिला प्रतिनिधित्व कस्तो हुने भन्ने सवालमा महिलाहरुको उम्मेदवारीले अर्थ राख्ने यस विषयमा चाँसो राखेकी उपप्रध्यापक शुष्मा तिवारी द्विवेदीले बताइन्। राजधानी काठमाडौंमा मंसिर ११ बिहीवारदेखि सुरु भएर अधिवेशन १३ गते शनिवारसम्म चल्ने छ। महासंघ लैंगिक रुपमा कतिको समावेशी हुने र निजी क्षेत्र सम्बद्ध सबभन्दा अग्रणी संस्थाले आफ्नो कार्यकारणीमा कति जना महिलाहरुलाई ठाउँ दिने भन्ने नतिजा पनि यस अधिवेशनले तय हुन लागेको छ।  

नेपालका उद्योग वाणिज्य क्षेत्रको हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित महासंघ हो यो। यो संस्था संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अघि सारेको समावेसी प्रतिनिधित्वको अवधारणालाई अनुमोदन गर्ने सिमित संख्या हो यि महिलाहरुको उम्मेदवारी। ‘अर्थतन्त्रको मुख्य स्तम्भ भनेको निजी क्षेत्र हो र निजी क्षेत्रको प्रमुख संस्था हो यो महासंघ, यसको संरचनाको अवस्थाले मुलुको सिँगो एउटा क्षेत्रको स्वरुप देखाउँछ। कमसे कम ३३ प्रतिशत महिलाहरुलाई हरेक क्षेत्रले संरचनागत रुपमैं समावेश गर्नुपर्छ भन्ने हामीले मान्यता राख्दछौं, त्यो हुन नसके पनि जति संभव छ त्यतिसम्म समावेशिता आपेक्षित छ,’ वीरगन्जको ठाकुरराम बहुमुखि क्याम्पस कि उपप्रध्यापक रहेकी द्विवेदीले भनिन, ‘नेपाल उद्योग बाणिज्य महासङ्घ भएका ब्यक्तिहरु प्रायः बौद्धिक र सचेत हुनुहुन्छ, उहाँहरुले कतिको समावेशिता कायम गर्ने, के सन्देश दिने भन्ने चाँसो पनि हो।  

सिंगै मोफसलबाट रचना एक्लो

राजधानी काठमाडौं बाहिर, सिंगै मोफसलबाट नेपालगञ्ज कि रचना श्रेष्ठ एक मात्र उम्मेदवार छिन्। नेपालगञ्ज उद्योग बाणिज्य संघले लुम्बिनी प्रदेश क्षेत्रका लागि आफ्नो उम्मेदवार बनाएको हो।  

उद्योग वाणिज्य महासंघको भुमिकामा लामो समयदेखि सक्रिय नेपालगन्जकी उद्यमी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा चन्द्रौटा उद्योग बाणिज्य संघका जमशेर मिँया र दाँग उद्योग बाणिज्य संघका हेमराज बञ्जाडेसंग भिड्दै छिन्। उनी निर्वाचित भएको खण्डमा राजधानी बाहिरबाट महासंघको नेतृत्व पंक्तिमा प्रतिनिधित्व गर्ने एक्लो महिला हुने छिन्। निर्वाचित नभएमा राजधानी बाहिरबाट महिला प्रतिनिधित्व शुन्य नै रहनेछ।  

नेपालगन्जको उद्यामी व्यवसायिहरुको राजनीतिमा सक्रिय महिलाको सूचीमा श्रेष्ठकै नाम अगाडी आउँछ। दुई पटक नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, एकपटक उपमहासचिव हुँदै यसअघि क्षेत्रीय समिति सदस्यमा चुनाव लडेर निर्वाचित भएकी थिइन्। नीजि क्षेत्रका उद्योग र प्रतिष्ठानहरुमा लैगिक संवेदनशीलताको वकालत गर्ने उनी महिलाहरुको उद्यमशीलता बिकासमा पनि जोड दिन्छिन्।  

बस्तुगत र एशोसिएटबाट महिला उम्मेदवार

सदस्यमा आगामी कार्यकालमा स्वतः अध्यक्षको कार्यभार सम्हाल्ने बरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्ष उद्योग बाणिज्य समुह, बस्तुगत र एशोसिएटका गरी मुख्य चार पदमा आठ जनाको उम्मेदवारी परेकोमा एक जना पनि महिला परेनन्। जिल्ला नरगर उद्योग बाणिज्य संघको तर्फबाट निर्वाचित हुने १८ जनामा प्रतिस्पर्धी खेमाहरुबाट ३८ जनाले उम्मेदवारी दिएकोमा त्यसमा समेत महिला छैनन्। ७ प्रदेशबाट एकएक जना निर्वाचित हुने सदस्य पदका लागि प्रदेश १ बाट मोरङ्ग ब्यपार संघका राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् भने बाँकी ६ वटा प्रदेशबाट एकएक जना निर्वाचित हुनेमा १४ जनाको उम्मेदवारी परेको छ। यसै अन्तरगत लुम्बिनी प्रदेशबाट रचना श्रेष्ठ भिड्दै छिन्।  

त्यसतै वस्तुगत संघको तर्फबाट निर्वाचित हुने १४ सदस्य पदका लागि उम्मेदवारी दिएका २८ जनामा २ जना महिलाहरु रहेका छन्। सौन्दर्य कला ब्यवसायि संघले कमला श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनी निजी क्षेत्रमा सक्रिय ब्यवसायि महिलामध्ये चिनिएका नाम हुन्। त्यसतै महिला उद्यमी महासंघ नेपालले निवर्तमान अध्यक्ष शारदा रिजाललाई उम्मेदवार बनाएको छ। सक्रिय र नेतृत्व क्षमता भएकी महिलामा रिजालको नाम आउँछ। हस्तकलाका सामग्रीहरुको निर्यातको ब्यवसाय संचालनको ३० वर्षको अनुभवी रिजाल महिला उद्यमी महासंघको कार्यसमिति सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी बसेर निजी क्षेत्र सम्बद्ध क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव बोकेकी छन्।

ठूला ब्यवसायि घारानाहरुको प्रतिनिधित्व गर्ने एशोसिएट क्षेत्रबाट १९ वटा सदस्य पदका लागि ३१ ज्नाको उम्मेदवारी परेकोमा २ जना महिलाहरु पनि यसमा उम्मेदवार भएका छन्। सयपत्री (मेरीगोल्ड) ज्वेलर्स कि ज्योत्सना श्रेष्ठले यसमा उम्मेदवारी दिएकी छिन्। क्रियाशील र चर्चित महिला उद्यमीमा उनी गनिन्छन्। त्यसतै कन्टिनेटल ट्रेडिङ्ग प्रालि कि रेखा घिमिरे पनि एशोसिएट क्षेत्रबाट १९ मध्ये एक सदस्य पदको उम्मेदवार छिन्। निजी क्षेत्रमा सक्रिय र धेरैले चिनेको प्रतिष्ठित महिला उद्यामीमा घिमिरेको नाम पनि आउँछ।  

महासंघमा महिला प्रतिनिधित्वको सवालमा उम्मेदवारहरु आआफ्नो क्षेत्रबाट प्रतिस्पर्धाबाट आउने भएकोले खास संख्या वा प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित नरहेको बस्तुगततर्फ उम्मेदवारी दिएकि रिजालले बताइन्। ‘पहिले त महिला नै हुदैनथिए उद्योग बाणिज्य महासंघमा, महिला उद्यमी महासंघबाट एक जनालाई मनोनयन गरेर राख्ने चलन थियो, पछि महिला उद्यमी महासंघबाट नै भवानी राणा प्रतिस्पर्धामा आएर ठाउँ बनाउनु भयो, अरु महिलाहरुलाई पनि आँट भयो,’ रिजालले भनिन, ‘पछिल्लो कार्य समितिका हामी पाँच जना महिलाहरु थियौं, त्यो अहिलेसम्मको ठूलो संख्या हो।’  

विक्रम सम्बत २०२२ साल पुस ११ देखि काठमाडौंमा आयोजित ‘प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलन’को निर्णयानुसार सम्मेलनको समापनका दिन १४ गते स्थापना भएको उद्योग वाणिज्य क्षेत्रको केन्द्रीय संस्था हो महासंघ। नेपाल उद्योग वाणिज्य महासंघले नेपालको उद्योग वाणिज्यको प्रवद्र्धन र निजी क्षेत्रका सरोकारहरुमा काम गर्दछ। साथै यसले नेपाली उत्पादनको वैदेशिक व्यापार प्रवद्र्धनमा पनि गर्दछ। यसले अन्य मुलुकका उद्योग वाणिज्य सम्बघ संगठनहरुसंग सम्पर्क सम्बन्ध कायम पनि गर्ने गर्दछ। स्थापनाको ५५ वर्षमा पनि महासंघ समावेशी बन्न निकै पछाडि देखिन्छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस