तेस्रो मुलुकबाट कन्टेनरमा बन्द भई नेपाल आयात हुने मालबस्तुको ब्यापार २०.४१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। नेपालका लागि कन्टेनर बन्द मालबस्तु भारतीय बन्दरगाहहरु पश्चिम बंगालको कोलकाता बन्दरगाह, कोलकता मातहतकै हल्दिया बन्दरगाह र निजी क्षेत्रबाट ब्यवस्थापन गरिएको आन्ध्र प्रदेशको विशखापटनम बन्दरगाहबाट भएर नेपाल आउने गरेको छ। ति बन्दरगाहको पछिल्लो तथ्यांकअनुसार विदेशाट नेपालका लागि आउने कन्टेनर कार्गोको आयात घटेको देखिएको छ।
अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को २ चौमासिकअर्थात ८ महिनामा कोलकाता बन्दरगाहबाट चौंतिस हजार १७ वटा र विशखा पटनमबाट एक्काइस हजार ६४७ कन्टेनर (२० फिट इकाईमा) नेपालका लागि आएका छन्। अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा समग्रमा तेस्रो समुद्रपारका मुलुकहरुबाट ५५ हजार ६ सय ६४ ओटा कन्टेनर मालसामान नेपाल आएको यस तथ्यांकले देखिन्छ। पोहोर यसै अवधीमा भारतको कोलकाता र विशाखापटनमबाट नेपालका लागि ६७ हजार ९ सय ४५ कन्टेनर आएका थिए। यस वर्ष आएका कन्टेनरको संख्या गत वर्षको भन्दा २०.४१ प्रतिशतले कम हो।
भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका शाखा प्रमुख लक्ष्मण खड्काले समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी हुनुले विदेशबाट हुने आयात घटेको देखिएको बताए। उनकाअनुसार कोलकाता र बिशाखापटनम बन्दरगाहबाट ३ सय ७३ र्याक कन्टेनर मालवाहक रेलमा वीरगन्ज सुक्खा बन्दरगाहमा आएको छ। एक र्याकमा २० फिट इकाइको ९० वटा कन्टेनर आउने गर्छ। यस हिसाबले ३३ हजार ५ सय ७० वटा कन्टेनर भारतीय बन्दरगहहरुबाट रेलमा नेपालका लागि आएका छन्। अरु २२ हजार ९४ कन्टेनर सडक मार्गबाट नेपाल भित्रिएका छन्।
विश्वब्यापी कोरोना संक्रमणको महामारीको प्रभावले नेपालको उद्योग र ब्यपार क्षेत्र पनि प्रभावित भएको यो तथ्यांक सूचक भएको नेपाली आयातकर्ता ब्यापारीले बताएका छन्। उनीहरुकाअनुसार लकडाउन र निषेधाज्ञा हटे पनि उद्योग व्यापारमा कोरोनाको अझ कायमै छ। उद्योगहरुले आयात गर्ने कच्चा पदार्थ, अद्र्ध तयारी कच्चा पदार्थ र नेपाली बजारमा उपभोग हुने तयारी मालबस्तु तेस्रो मुलुकबाट आयात हुने गरेको छ। अहिले बजार खुम्चिएपछि उद्योगहरुले पनि उत्पादन कटौति गरेको अवस्था रहेको आयातकर्ता गणेशप्रसाद लाठ बताउँछन्। महामारीको प्रभावबाट थलिएको व्यापार साबिक लयमा फर्किन समय लाग्ने उनी बताउँछन्। त्यस्तै मानिसहरुको खर्च गर्ने क्षमता घटेका कारण बजारमा कारोबार हुन नसक्दा तयारी मालसामानको खपत नेपालमा घटेको देखिन्छ।
गत चैत ११ देखि नेपालमा बन्दाबन्दी सुरू भएको थियो। झण्डै ६ महिनापछि बन्दाबन्दी हटेपनि वीरगन्जलगायत कतिपय ठाउँमा निषेधाज्ञा भने थप २ महिनाजति रह्यो। बन्दाबन्दी लगत्तै निषेधाज्ञा लगाइएपछि ५० भन्दा बढी जिल्लामा करीब २ महिना बजार र यातायात ठप्प भएको थियो। कोरोना महामारीको कारण उद्योग र व्यापारमा परेको असर वैदेशिक व्यापारमा देखिएको आयातबर्ता समेत रहेका उद्योगी प्रदीप केडियाले बताए। अहिले पनि कोरोना संक्रमण र बन्दाबन्दीको त्रास हटिनसकेकोले चाहेर पनि उद्योग ब्यापार क्षेत्रले गति लिन नसकेको उनको बिश्लेषण छ।