सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक
२३ पौष २०७७
•
३ मिनेट पाठ
सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक
भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो। तर नीतिनिर्माताहरू महामारी रोक्नेतर्फ प्रतिबद्धताका साथ नलागेको र लगानी बढाउने खालको सुधार नगरेको खण्डमा अर्थतन्त्रको पुनरुत्थान मन्द रहने विश्व बैंकले उसको जनवरी २०२१ ग्लोबल इकोनोमिक प्रस्पेक्टसमा उल्लेख गरेको छ।  




सन् २०२० मा ४.३ प्रतिशतको संकुचनपछि विश्व अर्थतन्त्र पुनः विस्तार भइरहे पनि ठूलो संख्यामा मानिसको ज्यान लिएको र बिरामी बनाएको यो महामारीले लाखौंलाई गरिबीमा धकेलेको छ। यसले आर्थिक गतिविधि र आम्दानीलाई लामो समयसम्म घटाउन सक्ने आशंका उसले गरेको छ।  

विश्वको तत्कालको उच्च नीतिगत प्राथमिकता कोभिड १९ नियन्त्रण र तीव्र तथा व्यापक स्तरको खोप परिचालन सुनिश्चित गर्नु रहेको छ। आर्थिक पुनरुत्थानलाई सघाउन अधिकारीहरूले सरकारी ऋणमा कम निर्भर चीरस्थायी वृद्धि लक्षित पुनःलगानी चक्रलाई सहजीकरण गर्नुपर्ने आवश्यकता विश्व बैंकले औंल्याएको छ।  

‘विश्व अर्थतन्त्र मन्द गतिको पुनरुत्थानको चरणमा प्रवेश गरेको जस्तो देखिएका बेला अझै कमजोर विश्वव्यापी पुनरुत्थानले पकड कायम गर्ने र सशक्त वृद्धिको जग बसाउने कुरो सुनिश्चित गर्न प्रयासरत नीतिनिर्माताहरूले जनस्वास्थ्य, ऋण व्यवस्थापन, बजेट नीति, केन्द्रीय बैंकिङ र संरचनागत सुधारका क्षेत्रमा कठिन चुनौतीको सामना गरिरहेका छन्,’ विश्व बैंक ग्रुपका प्रेसिडेन्ट डेभिड मालपासले भने, ‘महामारीको असरलाई जित्न र लगानीका अवरोधहरूलाई प्रतिवाद गर्न, व्यावसायिक वातावरण सुधारतर्फ महŒवपूर्ण काम गर्नुपर्ने, श्रम र उत्पादन बजार लचकता बढाउनुपर्ने र पारदर्शिता र सुशासनलाई बलियो बनाउनुपर्ने आवश्यकता छ।’

सन् २०२० मा विश्वको आर्थिक गतिविधिमा देखिएको विनाश यसअघि पूर्वानुमान गरिएभन्दा थोरै कम गम्भीर देखिएको छ। यसको मुख्य कारण उन्नत अर्थतन्त्रमा आएको कम संकुचन र विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको सशक्त पुरुत्थान हो। त्यसको विपरीत अन्य बहुमत उदीयमान बजार तथा विकासशील अर्थतन्त्रमा आर्थिक गतिविधिमा आएको अवरोध भने अनुमान गरेभन्दा बढी घातक रहेको विश्व बैंकले उल्लेख गरेको छ।  

अल्पकालीन परिदृश्य अझै अनिश्चित रहे पनि वृद्धिका विभिन्न परिणामहरू अझै सम्भव रहेको विश्व बैंकको प्रतिवेदनमा औंल्याइएको छ। खराब सम्भावनातर्फ हेर्दा खोप अभियानमा ढिलाइ भएको खण्डमा संक्रमण अझै बढ्ने र विश्व अर्थतन्त्रको विस्तार १.६ प्रतिशतमा सीमित रहन सक्ने बताइएको छ। महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न सकेको र तीव्र गतिमा खोप अभियान सञ्चालन गर्न सकेको खण्डमा विश्वव्यापी वृद्धि पाँच प्रतिशतको नजिकै पुग्ने बताइएको छ।  

यो वर्ष अमेरिकी अर्थतन्त्रको वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकको छ। सन् २०२० मा अमेरिकी अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चने अनुमान छ। युरो क्षेत्रमा यो वर्षको वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ। सन् २०२० मा युरो क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ। जापानी अर्थतन्त्र ५.३ प्रतिशतले खुम्चिएको छ, सन् २०२१ मा जापानी अर्थतन्त्रले २.५ प्रतिशतको प्रगति हासिल गर्ने अनुमान छ।

चीन सहित उदीयमान बजार र विकासशील अर्थतन्त्रको समग्र जिडिपी सन् २०२१ मा ५ प्रतिशतले बढ्ने अनुमान छ। सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा २.६ प्रतिशतको संकुचन आएको थियो। चीनको अर्थतन्त्र भने २०२१ मा ७.९ प्रतिशतले विस्तार हुने अनुमान छ।  

अघिल्लो वर्ष यसको वृद्धि २ प्रतिशत थियो। चीनबाहेकको उदीयमान बजार र विकासशील अर्थतन्त्र भने सन् २०२१ मा ३.४ प्रतिशतले विस्तार हुने अनुमान छ। सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा ५ प्रतिशतले संकुचन आएको छ।न्यून आय भएका अर्थतन्त्रको गतिविधि भने सन् २०२१ मा ३.३ प्रतिशतले बढ्ने अनुमान छ। अघिल्लो वर्ष यस क्षेत्रमा ०.९ प्रतिशतको संकुचन आएको थियो।
अर्को समाचार
गण्डकी प्रदेशः २०८५ सम्म आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य
२० चैत्र २०८०
•
४ मिनेट पाठ
गण्डकी प्रदेशः २०८५ सम्म आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य
गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र तयार गरेको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी पाँचवर्षका लागि बनाउँदै गरेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।  




देशको सोह्रौं योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पुर्याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना बनाइरहेको आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए। उक्त सोंच पूरा गर्न उत्पादकत्व बृद्धि, सामाजिक न्याय र समुन्नती हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उनको भनाई छ। 

गण्डकीले उक्त लक्ष्य पूरा गर्न ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्रहरु पहिचान गरेको अवधारणा पत्रमा उल्लेख छ। ३ उद्देश्यहरुमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय बृद्धि गर्नु, मानव पुँजी निर्माण, विकासका लाभको समन्यायीक वितरण र सामाजिक न्याय स्थापित गर्ने तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिबृद्धि गर्नुरहेको उनले प्रष्ट्याए। 

गण्डकीले लिएको समष्टिगत रणनीतिहरुमा उत्पादन तथा उत्पादकत्व र दीगो आर्थिक बृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना, दीगो तथा उत्थानशील समाजको स्थापना, हरित, कार्वन तथा जलवायुमैत्री कार्य र स्वच्छता अभिबृद्धि गर्नेलगायतका रहेका छन्। यसैगरी प्रथामिकताका क्षेत्रहरुमा सुदृढ प्रादेशिक अर्थतन्त्र, प्रभावकारी आर्थिक नीति तथा आत्मनिर्भरता, व्यवासायीक कृषि तथा आत्मनिर्भरता, दीगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमुखी उत्पादन र दीगो पर्यटनलगायत रहेको उपाध्यक्ष डा.देवकोटाले जानकारी दिए। 

दोश्रो पञ्चवर्षीय योजनाले २०८५ सालसम्ममा ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको अवधारणा पत्रमा उल्लेख छ। जबकी हाल गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत मात्र छ। प्रथम पञ्च वर्षिय योजना शुरु हुँदा २०७५÷७६ मा ७.१ प्रतिशत रहेकोमा कोभिड, आर्थिक मन्दीलगायतका कारण अहिले गण्डकीको आर्थिक बृद्धिदर बढ्नुको सट्टा झन् घट्दो अवस्थामा रहेको बेला दोश्रो पञ्चवर्षीय योजनाले महत्वकांक्षी ८ प्रतिशत आर्थिक बृद्धिदर पु¥याउने लक्ष्य लिएको हो। 

त्यस्तै, दोश्रो पञ्चवर्षी योजनाले गरिवी ८ प्रतिशतमा झार्ने लक्ष्य लिने अवधारणा पत्रमा उल्लेख छ। जबकी गण्डकी प्रदेशमा हाल गरिवी ११ प्रतिशत छ। प्रथम पञ्चवर्षीय योजनाले ७.३ प्रतिशतमा झार्ने लक्ष्य राखेपनि विविध कारणले त्यो महत्वकांक्षी योजना पूरा हुन सकेन। त्यसैले आयोगले दोश्रो पञ्चवर्षीय योजनाले गरिवी ८ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य लिने भएको छ। 

गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना सकिदासम्म गण्डकी प्रदेशको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राख्ने भएको छ। जुन महत्वकांक्षी योजना हो। यसअघि प्रथम पञ्चवर्षीय योजनाले १ हजार ९ सय ५६ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेपनि त्यो अहिले १ हजार ५ सय ९६ अमेरिकी डलरमा सिमित छ। 
गण्डकीले श्रमशक्ति सहभागिता दर ७५ प्रतिशत पुर्याउने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५५ प्रतिशत पुर्याउने, विद्याुतमा पहुँच प्राप्त परिवार शत प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। गण्डकीमा साक्षरता दर ५ वर्षमाथि ८५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ। गण्डकीवासीको औषत आयु ८० वर्ष पुर्याउने लक्ष्य लिइने उल्लेख छ भने मातृ मृत्यूदर शून्यमा झार्ने, बाल मृत्यूदर प्रति हजारमा १४ जनामा झार्ने लक्ष्य लिइने जनाइएको छ। 

आयोगका उपाध्यक्ष डा.देवकोटाले आर्थिक बृद्धिदर न्यून हुनु, उत्पादन क्षेत्रको तुलनामा सेवा क्षेत्रको बिस्तार उच्च हुनु, न्यून उत्पादन तथा परनिर्भरता बढ्दै जानु, वित्तीय श्रोत परिचालन सबल नहुनु, पुँजीगत खर्चमा कमी हुनुलगायतका कारण प्रथम पञ्चवर्षीय योजनाले अपेक्षित लक्ष्य हाँसिल नगरेको बताए। 

तर कोभिडको असर कमहुँदै गएको, आर्थिक चलायमान बढ्दै गएको तथा पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा कृषिलाई औद्योगिकरण र व्यवसायीकरण गर्ने, पर्यटनको राजधानी घोषणा भइसकेकाले सोहि अनुसारको लगानी बृद्धि र पर्यटन आगमनमा बृद्धि गर्दै दोश्रो पञ्चवर्षीय योजनाको लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ। ‘हामीले योजना तर्जुमा गर्ने तयारी गरेका छौं । अब बजेट र कार्यक्रम त्यहि अनुसार छुट्टिन्छ। यसले हाम्रो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने विश्वास छ’–उनले भने।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस