काठमाडौं - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग लगायत निकायले गरेको अनुगमनले थुप्रै अनियमितता भेटे पनि कमैमाथि मात्र कारबाही हुने गरेको छ। विभागले गत साउनदेखि वैशाखसम्म गरेको १५ सय ५९ पटकको अनुगमनमा ५ सय कसुर पाइएका थिए। ती पाँचै सयमाथि कारबाही भएको छैन।
विभागका अनुगमन अधिकृत रत्नेश शशी धेरैलाई पहिलोपटक भन्दै चेतावनी दिएको बताउँछन्। गुणस्तर नभएका, समयसीमा सकिएका र लेबल नभएका वस्तु संकलन गरेर नष्ट गरेको जानकारी दिँदै त्यो पनि कारबाहीको प्रक्रिया भएको उनले बताए।
विभागले ठूलो कारबाहीका लागि ६ वटा कम्पनीमाथि मुद्दा चलाएको छ। पानी, सिमेन्ट, चकलेटका एकएक उद्योग र ग्यासका २ तथा अन्य १ कम्पनीमाथि मुद्दा चलिरहेको अधिकृत शशीले जानकारी दिए। कारबाहीको चरणमा रहेकाले ती कम्पनीको नाम भने खुलाइएको छैन। थप ४ कम्पनीमाथि मुद्दा लगाउने तयारी गरेको जानकारी अधिकृत शशीले दिए।
उनका अनुसार विभागले बौद्धनाथ घिउ उद्योगको उत्पादनमाथि रोक लगाएको छ। क्षेत्रीय कार्यालयबाट धेरै कम्पनीलाई कारबाहीका लागि सिफारिस भए पनि विभागले कारबाहीको दायरामा ल्याउन सकेको छैन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइराला आफूहरुको काम अनुगमन गरेर कारबाहीका लागि वाणिज्य विभाग र प्रशासनमा सिफारिस गर्ने हो भन्छन्। उनका अनुसार वस्तुमा गुणस्तर नभएको तथ्य प्रयोगशालाबाट पत्ता लगाइन्छ भने लेबल नभएका, मिति सकिएका वस्तु ठाउँको ठाउँ नष्ट गरिन्छ। 'प्रायजसो त सुधारकै लागि निर्देशन हुन्छ,' उनले भने, 'हामीले ५० वटा ठाउँबाट नमुना संकलन गरेर परीक्षणका लागि पठाएका छौं। त्यसपछि कारबाही प्रक्रिया अघि बढ्छ।' १४ वटा ठाउँमा बेचखिन गर्न नपाइने गरी तत्काल सिलबन्दी नै गरेको उनले बताए।
ठोस कारबाही नभएकैले बजारमा लापरवाही बढेको बताउँछन् उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ। कारबाहीका लागि वाणिज्य विभागले नै पहल गर्नुपर्ने उनको भनाइ छ। 'विभागले कारबाहीका लागि चासो दिएको पाइँदैन। अनुगमन गर्दा बेथिति भेटिए पनि कारबाही भएको सुनिँदैन। यसले त कालोबजारी गर्नेलाई छुट दिएजस्तै भएको छ,' उनले भने।
मञ्चका ललितपुर शाखा सचिव किशोरकुमार विष्ट पनि अनुगमनमा आफूलाई विश्वास नभएको बताउँछन्। 'मासु पसलमा जाँच गर्दा नियमविपरीत कार्य गरेको भेटियो तर, विभागले चिटसम्म काटेन। मौखिक निर्देशन मात्रै दिएर छाड्यो,' उनले हालैको एक घटना सुनाए।
औषधी व्यवस्था, नेपाल गुणस्तर तथा नापतौल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि स्वतन्त्र रुपमा गरेको अनुगमनपछि उल्लेखनीय कारबाही भएको छैन। साउनयता औषधी व्यवस्था विभागले ८ सय ५, जिल्ला प्रशासन कार्यालयले १५ सय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १ सय २५ पटक अनुगमन गरेका थिए। तीन निकायले गरेको अनुगमनमा ८ सयभन्दा बढी कसुर पाइए पनि २ सय पसलका सामान नष्ट गर्नेबाहेक ठूलो कारबाही भएको छैन।