न कारबाही हुन्छ न सुधार
१६ कार्तिक २०७६
•
५ मिनेट पाठ
न कारबाही हुन्छ न सुधार
धनुषा – धनुषामा सरोकारवाला निकायले पछिल्लो दुई महिनामा तीन पटक बजार अनुगमन गर्‍यो। खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, उपभोक्ता हकहित संरक्षण मञ्च, जनकपुर भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरीलगायतका सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए।

गत असोज २४ गते जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पर्ने दर्जनौं खाना खाने होटल, कात्तिक ८ गते जनकपुर क्षेत्रमा रहेको स्टिल उद्योग, केही होटल र कात्तिक १५ गते जनकपुरकै एक पानी उद्योग गरी निकायले दुई महिनामा तीन पटक अनुगमन गरिसकेको छ।

असोज २४ गते बजार अनुगमन गर्दा जनकपुरको राजदरबार एण्ड नवरंग रेष्टुरेण्टसहित दर्जनौं होटलमा निकै कमी कमजोरी पाइएको थियो। होटलमा म्याद नाघेका सामान, सरकारले प्रतिबन्ध गरेको पाउडर, फोहोर व्यवस्थापन नगरेको लगायतको कमी–कमजोरी पाइएको थियो। 

त्यतिबेला अनुगमनको नेतृत्वकर्ता खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवीण तिवारीले सुधार गर्ने निर्देशन दिएका थिए तर, कारबाही नहुँदा होटलको अवस्था अहिले पनि त्यस्तै रहेको उपभोक्ताहरू बताउँछन्। त्यस दिन गरेको अनुगमनमा करिब दुई दर्जन होटलमा निकै कमी–कमजोरी पाइएको थियो। 

जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पर्ने दर्जनौं होटलमा म्याद नाघेको सामान प्रयोगमा ल्याएको, अखाद्य वस्तु बिक्री गरेको, अधिकतम मूल्यभन्दा बढी मूल्य लिएको, राजस्व नतिरी सामान बिक्री गरेको, बिना दर्ता व्यवसायी सञ्चालन गरेको, नवीकरण नगराएको, मूल्यसूची नराख्ने, बिल नदिने, खरिद बिल नदेखाउनेलगायतको कमजोरी पाइएको थियो। 

कात्तिक १५ गते शुक्रबार भएको बजार अनुगमनमा एक पानी उद्योगमा शिलबन्दी गरिएको छ। जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित धर्मलाल मण्डलले सञ्चालन गरेको गंगाजल पानी उद्योगमा निकायले शिलबन्दी गरेको छ। उनले जारका लागि अनुमति लिए पनि बोतलका लागि अनुमति लिएका थिएनन्। दर्ता नभएको, ल्याब नभएको, म्याद नाघेको र जारमा मूल्य नदेखिएको कमजोरी पाइएको थियो। निकायले उद्योगमा शिलबन्दी गरी छिटो प्रक्रिया पुर्‍याउन निर्देशन दिएको छ। 

बजार अनुगमन गरी निकायले व्यवसायीभित्र रहेको कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको थियो। तर, पटक–पटक अनुगमन भए पनि निकायले त्यो लक्ष्य भेटाउन सकिरहेको छैन। स्रोत, साधन र जनशक्ति अभावमा लक्ष्य भेटाउन नसकेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रवीण तिवारीले स्वीकार गरे।

‘अनुगमन हुन्छ, तर त्यसको निरन्तरता हुन नसक्दा हामीले चाहेअनुरुप बजार सुधार हुन सकेको छैन,’ उनले भने, ‘प्रत्येक व्यवसायीमा केही न केही कमजोरी पाइन्छ। त्यो सबैलाई कारबाही गर्ने कुरा भएन। कतिपयलाई सुधार गर्ने मौका पनि दिनुपर्छ। अत्यधिक कमी कमजोरी पाइएको व्यवसायीलाई कारबाही भएकै छ।’ पछिल्लो पटकको अनुगमनमा कमी कमजोरी पाइएको व्यवसायीमा छठ पर्वपछि पुनः अनुगमन गरी फेरि पनि पहिलेकै अवस्थामा पाएपछि कारबाही गर्ने उनले जनाए। 

बजार अनुगमनकर्ता व्यवसायीको प्रलोभनमा पर्दा उपभोक्ता भने सधैं उपहासको पात्र हुने गरेको जनगुनासो छ। बजार अनुगमन गरी कमी कमजोरी भए पनि व्यवसायीलाई कारबाही नहुँदा उपभोक्ता सधैं मर्कामा पर्ने गरेका छन्। ‘अनुगमन कागजमा मात्रै सीमित भएको छ ।

कर्मचारी बजार डुल्ने र घुम्ने काम मात्रै भएको छ,’ उपभोक्ता सरोज यादवले भने, ‘औपचारिकताका लागि मात्र बजार अनुगमन भएको छ। कमी कमजोरी पाइएको व्यसायीलाई जरिवानासहित कारबाही हुनु पर्छ। मुद्दामा पनि जानु पर्छ।’
अर्को समाचार
प्रमुख नहुँदा चक्रपथ सुधार आयोजना अलपत्र
२३ भदौ २०७३
•
१० मिनेट पाठ
प्रमुख नहुँदा चक्रपथ सुधार आयोजना अलपत्र
ललितपुर- एक महिनादेखि कार्यालय प्रमुख नहुँदा चक्रपथ सडक सुधार आयोजना अलपत्र परेको छ। प्रमुख नहुँदा आयोजनाका सबै काम कारबाही सुस्त भएपछि चक्रपथ सुधार समयमै नहुने सम्भावना बढेको छ।

आयोजना प्रमुख नहुँदा चालु आर्थिक वर्षको योजना अनुसारका सबै काम रोकिएका, लागत अनुमान स्वीकृत नभएको र चिनियाँ निर्माण कम्पनीसँग हुने सम्झौतासम्बन्धी निर्णय हुन नसकेको निमित्त आयोजना प्रमुख रमेश द्रिष्टीले जानकारी दिए। उनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बेवास्ताका कारण आयोजना एक महिनायता प्रमुखविहीन भएको आरोप लगाए।

यातायात मन्त्रालयका प्रशासन शाखाप्रमुख विश्वकुमार केसीले आयोजना प्रमुखमा ज्ञानेन्द्र झालाई खटाउन विभागबाट मन्त्रालयमा पत्र आएको जानकारी दिए। तर सडक विभागप्रमुख देवेन्द्र कार्कीले मन्त्रालयमा यस्तो कुनै पनि पत्र विभागले नपठाएको बताए। आयोजना प्रमुख नियुक्त गर्ने काम मन्त्रालयकै भएकाले प्रमुख नियुक्तीमा विभागले कुनै निर्णय गर्न नसक्ने उनी बताउँछन्।

यसअघि आयोजन प्रमुखमा राजेशकुमार दास थिए। तर सडक निर्माणमा उनको कार्यक्षमता कमजोर भएको भन्दै उनलाई मन्त्रालयले सरुवा गरेेको चक्रपथ सडक सुधार आयोजनाका एक कर्मचारीले बताए। तर आयोजना प्रमुख सरुवा गरेको एक महिना बित्दा पनि मन्त्रालयले अर्को प्रमुख नियुक्त गर्न चासो दिएको छैन। 

सडक सुधारको लागि अनुमानित ४ अर्ब ९९ करोड २० लाख नेपाली  रकम छुट्याएको छ। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु भएको कोटेश्वर कलंकी सडक सन् २०१८ जुलाई ३१ सम्म सक्नुपर्ने म्याद छ। तर योजना सुरु भएको ३ बर्षको अवधिमा ४२ प्रतिशत मात्र काम हुँदा बाँकी २ बर्षमा योजना नसकिने देखिएको हो।

उक्त सडक निर्माणको लागि सन् २०१२ डिसेम्बर १८ मा चिनिँया सरकार र नेपाल सरकारबीच सडक निर्माणबारे द्धयपक्षिय सम्झौता भएको थियो। सम्झौता अनुसार उक्त सडक निर्माणको लागि चिनिँया निर्माण कम्पनी (साङघाई कन्ट्रक्सन गु्रप) लाई जिम्मा दिएको थियो। तर उक्त कम्पनीसँग सडक विभाग र चक्रपथ सुधार योजनाले उचित समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा योजना सुस्ताएको निर्माण कम्पनीको भनाई छ।

सडक निर्माणको लागि चिनिँया टोलीमा ६० जना इन्जिनियर तथा कर्मचारीहरु छन्। साङघाई कम्पनीले निर्माणको लागि १२० जना चिनिँया निर्माण कर्मचारीहरु ल्याउने भनेतापनि ६० जना मात्र कर्मचारी ल्याएका कारण पनि काम तीब्र रुपमा हुन नसकेको निमित्त प्रमुख द्रिष्टी बताउँछन्।

१०.३९ किमी दुरी रहेको सडक सुधार योजना अर्न्तगत हालसम्म छेउछाउका टहरा भत्काउने, सडक पेटी र ढल निकासको काम समेत सकिएको छैन।

बर्षाको समय भएकोले योजना पुरा गर्नको लागि अप्ठेरा परेको निमित्त प्रमुख द्रिष्टीले जानकारी दिए। उनले असोजसम्म दायाँवायाँका खाल्डाखुल्डी पुर्ने, ढल व्यवस्था गर्ने र टहरा भत्काउने काम सकिसक्नुपर्ने सम्झौता भएको थियो तर उक्त काम कार्यालय प्रमुख नभएको कारणले चिनिँया कम्पनीसँग समन्वय गर्न नसक्दा काम सुस्ताएको बताए। उनले भने, 'चिनिँया कम्पनीले सडक निर्माणको लागि दुईवटा चरण छुट्याएको छ, पहिलो चरण– कोटेश्वरदेखि नक्खुसम्म ५ किमी सकाउने र दोश्रो चरण– बाँकी ५ किमी सक्नेगरी योजना बनाएको छ।'

चिनिँया कम्पनीले गर्ने उक्त योजनामा चक्रपथ सडक सुधार योजनाले सहजकर्ताको भूमिका निर्वाह गर्ने सम्झौता भएतापनि कार्यालय प्रमुख नहुँदा निर्णयका कामहरु रोकिएका छन्।

चक्रपथ सडक सुधार आयोजनाले चाइनिज कम्पनीले सडक विस्तार गर्दा खानेपानीका पाइप सारिदिने, पुल भत्काउने, बिजुली पोल सार्ने जस्ता कामको जिम्मा लिएको छ।

त्यस्तै बाटो छेउका विद्युतका लाइन हटाउन अप्ठेरो परेको र बारम्बार आग्रह गर्दा पनि नक्खु क्षेत्रमा रहेको पटीपाचोकमा रहेको इलेक्ट्रोनिक टावर हटाउन नेपाल विद्युत प्राधिकरण पुल्चोक शाखासँग पटकपटक आग्रह गर्दा पनि प्राधिकरणले अटेर गरेको निर्माणमा संलग्न कर्मचारीहरुले जानकारी दिए।

सडक सुधार योजनाले सडक विस्तारको क्रममा अप्ठेरो पर्ने विषयलाई मध्यनजर गर्दै उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमलाई सडक निर्माण गर्दा आइपर्ने पोल तथा पाइप एक ठाउँबाट निकालेर अर्को स्थानममा सिफ्ट गर्नको लागि सडक विभागबाट रकम समेत दिएको योजना विभाग प्रमुख देबेन्द्र कार्की बताउँछन्।

त्यस्तै चाइनिज कम्पनीले गुणस्तरीय गिटी, वालुवा, ग्राभेल नपाएकोले निर्माण कार्य ढिला भएको जनाएको छ। कलंकीको आकाशे पुल समयमै भत्काउन नसक्नु, सवारी जाम तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम र विद्युत प्राधिकरणले समयमै खानेपानीका पाइप तथा सिफ्ट गर्न ढिलाई गरेको कारण पनि कामका अवरोध पुगेको निमित्त प्रमुख बताउँछन्।

सडक निर्माण प्रक्रृयाबारे चिनिँया प्रतिनिधिसँग कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्।

त्यस्तै सडक सुधार अर्न्तगत कोटेश्वरदेखि कलंकीसम्म ३ वटा आकाशेपुल चिनिँया कम्पनी र ३ वटा पुल सडक विभागले निर्माण गर्न लागेको छ।  चिनिँया कम्पनीले कोटेश्वर, ग्वार्को र धोविघाटमा आकासे पुल निर्माणको ५० प्रतिशत काम सकाएको छ भने सडक पुल राख्ने भनेको स्थान सातदोबाटो, एकान्तकुना र बल्खुमा राख्ने निर्णय भएतापनि विभागले पुल निर्माणको लागि जग समेत बसाल्न सकेको छैन। पुल निर्माणको लागि सडक विभागले १० करोड रकम विनियोजन गरेको छ।

त्यस्तै सडक निर्माण गर्दा स्थानीयको अवरोध भएका कारण चक्रपथ सुधार योजनाले छेेकबार लगाएर काम सुरु गर्न लागेको निमित्त प्रमुख द्रिष्टीले जानकारी दिए। उनले चिनिँया कम्पनीले नै सडक छेउमा भएका टहरा र अनावश्यक रुपमा आउजाउ गर्ने व्यक्तिले काममा अवरोध खडा गरेकोले छेकबार लगाउन थालिएको पनि जानकारी गराए।

६२ मिटरको चौडाईमा निर्माण हुन लागेको उक्त सडकको मेनलेन १५ मिटर, ६/६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायावायाँ ट्रयाक सर्भिस, अन्य स्थान पर्खाल र हरितले ओगटेको छ।

त्यस्तै बालकुमारीदेखि ग्वार्कोसम्म सडक पेटीमा ओछ्याइएको सल्याव फुटेको छ। उक्त सल्याव फुट्नुमा प्राविधिक र गुणस्तरहिन कमजोरी नभएको भन्दै निमित्त प्रमुखले धेरै निर्माण गर्दा सामान्य कमजोरी देखा पर्ने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस