नागरिक शैक्षिक मेलाको उद्घाटन गर्दै चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी। तस्बिर : नागरिकन्युज
अर्को समाचार
नागरिक शैक्षिक मेला सुरु
अर्को समाचार
नागरिक शैक्षिक मेलाको तयारी पूरा
काठमाडौं - विद्यार्थीको शैक्षिक जिज्ञासा समाधान गर्न बिहीबार सुरु हुने 'नागरिक एडु फेयर' (नागरिक शैक्षिक मेला)को सबै तयारी पूरा भएको छ। दि ब्रिटिस कलेजसँगको सहकार्यमा नेपाल रिपब्लिक मिडियाद्वारा बिहीबारदेखि शनिबारसम्म हुने मेला तयारीसँगै आयोजकले विद्यार्थीलाई जिज्ञासासाथ मेलामा आउन आग्रह गरेको छ।शिक्षण संस्था तथा भविष्यका विषयमा जिज्ञासा बोकेर भांैतारिइरहेका विद्यार्थीले फेयरमा एकै थलोबाट सबै जिज्ञासाको जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।
दि ब्रिटिस कलेजका मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले मेलाको सबै तयारी पूरा भएकाले पढाइसँगै जीवनका लक्ष्य र आफूले रोजेको क्षेत्रका विषयमा परामर्श नपाएका विद्यार्थीलाई सही जानकारी दिन मेला उपयुक्त थलो हुने दाबी गरे। उनले 'नागरिक एडु फेयर'मा विद्यार्थीका सबै जिज्ञासा एकै छातामुनि समाधान हुने भएकाले विद्यार्थीले जिज्ञासा समाधान हुँदैन भन्नेमा कुनै शंका लिन नपर्ने दाबी पनि गरे।
उनले भने, 'विद्यार्थीको सबै जिज्ञासा सुनेर सही जानकारी प्रदान गर्न मेलामा हरेक क्षेत्रका विज्ञ परामर्शदाता र शिक्षा क्षेत्रका विज्ञलाई सहभागी गराइएको छ।' उनका अनुसार मेलामा जीवनका लक्ष्यका विषयमा सही जानकारी प्रदान गर्न सक्ने शिक्षण संस्था, परामर्शदाता तथा शिक्षा क्षेत्रका विज्ञ सहभागी हुनेछन्।
एरे इन्टरनेसनलसँगको समन्वयमा हुन लागेको उक्त एडु फेयरमा विद्यार्थी तथा अभिभावकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विश्वविद्यालय, कलेज, शिक्षण संस्था र पाठ्यक्रमबारे जानकारी दिइनेछ। यसका साथै मेलामा करिअरलक्षित वर्कसपसमेत हुनेछन्।
फेयरमा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको अनुभव साटासाट गर्ने, विदेशी शिक्षण संस्थाबाट आएका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत हुनेछन्।
एसएलसी परीक्षा सकेर कलेज तथा विषय छनौटको अन्यौलमा परेका विद्यार्थीहरु तथा प्लसटु तहमा अध्ययन गरिरहेका विद्यार्थीलक्षित मेलामा उनीहरुको रुचि र इच्छा पहिचान गरी परामर्श दिइने भएकाले फलदायी हुने आयोजकको दाबी छ।

ट्रेन्डिङ