दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्
२० फागुन २०७७
•
३ मिनेट पाठ
दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन्। दुबईको सिल्यान ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट–८ मेहलकुनाका रमेश बस्यालले बताए। ‘पर्खंदापर्खंदै आठ महिना बित्यो,’ उनले बुधबार नागरिकसँग भने, ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन मान्दैनन्।’ 




पारिश्रमिक नपाएपछि उनले युएईस्थित नेपाली राजदूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे। ‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिँदैनन्,’ उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि काठमाडौंमा रहेका विभिन्न निकायमा सहयोगको याचना गरिरहेका छौं।’  

दुबईबाट पटकपटक अबुधाबी जान नसकिने उनी बताउँछन्। पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए। उनले आफ्नो मासिक पारिश्रमिक दुई हजार दुई दिराम (करिब ७० हजार रूपैयाँ) रहेको बताए।  

सात वर्षदेखि सोही रेस्टुरेन्टमा काम गर्दै आएका बस्याल पछिल्लो समय कोरोना महामारी सुरु हुनुअघि दुबई गएका थिए। ‘अहिलेसम्म काम र पारिश्रमिकमा कुनै समस्या थिएन,’ उनले भने, ‘कोरोना महामारीले ठूलो समस्या निम्त्यायो। यस्तो बेला सबै निकायबाट सहयोग नहुने हो भने श्रमिक थप मारमा पर्छन्।’ आठ महिनामा रेस्टुरेन्ट कहिले खुल्ने र कहिले बन्द हुने गरेको पीडितहरूको भनाइ छ।

 कोरोना महामारीले समस्या बढायो

यसैबीच, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई कानुनी लगायत सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्चले कोरोना महामारीले पारिश्रमिक पाउन नसक्ने समस्या झनै बढेको जनाएको छ। बुधबार सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा श्रमविज्ञ तथा अधिवक्ता सोम लुइँटेलले कोरोना महामारीका कारण जागिर गुमाउने, पारिश्रमिक कटौती तथा अन्य आर्थिक सहायता नपाउनेको संख्या ३६ प्रतिशत पुगेको विभिन्न अध्ययनबाट देखिएको बताए।  

कोरोना महामारी सुरु हुनुअघि वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने तथा पारिश्रमिक नपाउने समस्या २५ प्रतिशत हाराहारी थियो। कोरोना महामारीमा वैदेशिक रोजगारीको क्रममा रहेका नेपालीले पाउने पारिश्रमिकमा परेको असरबारे अहिलेसम्म कुनै पनि निकायले गहन अध्ययन गरेका छैनन्।  

लुइँटेलले कोरोनाका कारण श्रमिकलाई पारिश्रमिक पाउन समस्या भएकाले सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताए। गन्तव्य मुलुकमा पीडितले मात्र आवाज उठाएर पारिश्रमिक पाउन कठिन हुने भएकाले कूटनीतिक नियोग, नागरिक समाज तथा सरकारी निकायको विशेष पहल हुनुपर्ने माग गरिएको छ।

 रोजगारी गुमाउनेले सोधभर्ना पाएनन्

कोरोना महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क उद्धार गर्न तथा आफ्नै खर्चमा फर्कनेलाई खर्चको सोधभर्ना गर्न सर्वोच्च अदालतले आदेश दिए पनि कार्यान्वयन भएको छैन। विदेशबाट रोजगारी गुमाएर फर्केकामध्ये वैदेशिक रोजगार बोर्डले अहिलेसम्म एक सय ५६ लाई निःशुल्क उद्धार गरेको छ।  

त्यस्तै, आफ्नै खर्चमा घर फर्केकामध्ये एक सय ३९ ले शोधभर्नाका लागि निवेदन दिएका छन्। कोरोना महामारीबाट प्रभावित भएर वैदेशिक रोजगारीबाट फर्कनेको संख्या दुई लाख बढी पुगिसकेको छ। अधिवक्ता लुइँटेल निःशुल्क उद्धार र शोधभर्नाबारे अझै पनि धेरैलाई थाहा नभएकाले जनचेतना कार्यक्रम आवश्यक रहेको बताउँछन्।  

ठग्ने म्यानपावर सञ्चालक पक्राउ  

रोजगारीका लागि सिंगापुर पठाउन भन्दै ठगी गरेका एचआर सोलुसन प्रालिका सञ्चालक गुरुदत्त पौडेल पक्राउ परेका छन्। भोलाप्रसाद सेढाईंले दिएको मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले पौडेललाई एक वर्ष ६ महिना कैद तथा २५ हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही फैसला अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। पौडेलले आकर्षक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै सेढाईंसँग चार लाख ५० हजार रूपैयाँ लिई दुबई पठाएका थिए। 
अर्को समाचार
एसिसी प्रिमियर कप सेमिफाइनल: भोलि नेपाल र युएई भिड्दै, कसले मार्ला बाजी?
०६ वैशाख २०८१
•
२ मिनेट पाठ
एसिसी प्रिमियर कप सेमिफाइनल: भोलि नेपाल र युएई भिड्दै, कसले मार्ला बाजी?
एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलहरू भोलि हुँदैछ। भोलि हुने पहिलो सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ।




ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

नेपाल र युएईबीचको खेल अल अमेरात क्रिकेट ग्राउन्डमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

गत सिजनमा नेपालले फाइनलमा युएईलाई पराजित गरेर विजेता बनेको थियो। साविक विजेता समेत रहेको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै फेरि एसिया कप खेल्ने लक्ष्य नजिक पुग्न चाहन्छ।

एसिसी प्रिमियर कपको विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउने छ। त्यसकारण पनि नेपालका लागि जित महत्त्वपूर्ण छ। गत सिजनमा नेपालसँग पराजित भएको युएईले भोलिको खेलमा हारको बदला लिँदै उपाधि रक्षाका लागि अघि बढ्न चाहन्छ।

तर, दुबै टोलीका लागि भने जित सहज छैन। नेपालले जारी सिजनमा खेलेको ४ खेलमा सबैमा सानदार जित हात पारेको छ भने युएईले ४ खेलमा १ खेल गुमाउँदै ३ मा जित हात पारेको छ। त्यसकारण पनि साविक विजेता र उपविजेताबीच भोलिको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

भोलिको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, आशिफ शेखसहित दिपेन्द्रसिंह ऐरीमाथि विशेष नजर रहने छ। समूह चरणको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्न नसकेका यी खेलाडीहरूले भोलिको खेलमा कस्तो प्रदर्शन गर्छन् भन्नेमा सबैको चासो हुनेछ।

त्यस्तै अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, करण केसी, ललित राजवंशी र सोमपाल कामीमाथि पनि नजर रहने छ। युएईका सुरुआती ब्याट्सम्यान अलिशान सराफु, आशिफ खानलाई रोक्न सके धेरै रन बन्न पाउँदैन। त्यसकारण पनि नेपालको बलिङ्ग र ब्याटिङ्ग दुबैमा विशेष ध्यान दिनु पर्नेदेखिन्छ।

भोलि नै हुने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता ओमानले समूह ‘ए’ को उपविजेता हङकङको सामना गर्नेछ। अमेरात क्रिकेट ग्राउन्डमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस