स्याउ खेती बिमामा किसानको आकर्षण
१६ चैत्र २०७७
•
२ मिनेट पाठ
स्याउ खेती बिमामा किसानको आकर्षण
मौसममा आधारित स्याउ खेती बिमा गर्न कर्णालीका किसान हौसिएका छन्। मौसमका कारण स्याउमा हुने क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुँदै स्याउ खेतीको बिमा गर्न थालेका हुन्।  




यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।

तत्कालीन कर्णालीका जुम्ला, कालिकोट र मुगुका १ हजार ३ सय ९१ किसानले २ करोड ५५ लाख रूपैयाँ क्षतिपूर्ति रकम पाएका छन्। प्रतिविरुवा ४२ रूपैयाँमा बिमा गरेका किसाले प्रतिविरुवा २ सय ७० रूपैयाँका दरले रकम प्राप्त गरेका हुन्।  

जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार विरुवाको बिमा गराएका थिए। प्रतिविरुवा २ सय ७० रूपैयाँका दरले १ करोड ३३ लाख बिमा रकम प्राप्त गरेको बताइएको छ। जिल्लामै सबैभन्दा बढी ७ सय विरुवाको बिमा पातारासीका किसान अधिराज विष्ट गराएका थिए। उनले १ लाख ८९ हजार भुक्तानी पाएका छन्।

असिना, पानीबाट हुने क्षतीबाट आजित भएका किसान वर्षेनी स्याउको बिमा गर्दै आएका छन्। बिमा कम्पन्नीले पनि गाउँगाउँमा पुगेर स्याउ खेती बिमा बारेमा किसानलाई जानकारी गराउँदै आएका छन्। स्याउ उत्पादनमा गिरावट आउँदा निराश बनेका किसान बिमा रकम पाउँदा भने खुसी भएका छन्।  

कर्णालीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याउ बिमा गरिरहेको छ। कालीकोट जिल्लाका ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए। यहाँका किसानले ७० लाख २० हजार क्षतिपूर्ति रकम भुक्तानी पाएको इन्स्योरेन्स कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिए।

यस्तै मुगु जिल्लाका ३ सय १८ जना किसानले १ हजार ९ सय विरुवाको बिमा वापत ५१ लाख ३० हजार भुक्तानी पाएको उनले बताए। आगामी दिनमा साविक कर्णालीका पाँचै जिल्लाका गाउँगाँउमा बिमाको पहुँच विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। स्याउ फल्ने बेला परेको असिनाले बढी क्षति भएको थियो। कोरोनाका कारण केही ढिला क्षतिपूर्ति वितरण गरिएको शिखर इन्स्योरेन्सका प्रदेश इन्चार्ज पाण्डेले बताए। 
अर्को समाचार
मार्सी धानको बिमा गर्दै किसान
२३ असार २०७९
•
२ मिनेट पाठ
मार्सी धानको बिमा गर्दै किसान
जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बिमा गर्न थालेका छन्।  




पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन्। दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उनले धानखेतको बिमा  गरेका छन्। अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बिमाबापत २६ हजार ५०० उनले प्राप्त गर्नेछन्।  

सोही वडाका  पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बिमा गरेका छन् । २६० प्रिमियम रकम तिरेर बिमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन्। मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ। केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बिमा कार्यक्रम ल्याइएको हो।  

मार्सी धानमा रोगकीराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमासमेत कमी आउन थालेको किसान बताउँछन्। बिमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिए।  

कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बिमा गरेका छन्। छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ। दुई हजार ८५० मिटर उचाइमा फल्ने सो धानको पहिचान बचाउन पनि बिमा थालिएको कम्पनीले जनाएको छ। कृषि क्षेत्रको बिमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ। बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बिमा गरेको शिखर बिमाले जनाएको छ।

मार्सीधान जुम्लाको पहिचान भएकाले बिमा कार्यक्रम सुरुआत गरिएको छ। जिल्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको चार हजार ९६५खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। बिमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए। जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार ५०० हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ। रासस
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस