५० करोड विकासे रकम कोरोना नियन्त्रणमा
१७ वैशाख २०७८
•
३ मिनेट पाठ
५० करोड विकासे रकम कोरोना नियन्त्रणमा
कर्णाली प्रदेश सरकारले विकासे रकम कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि खर्च गर्ने भएको छ। कर्णालीले तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ।




स्वास्थ्य संकटका बेला अन्य खर्चभन्दा जनताको जिउज्यानको सुरक्षाका लागि प्रदेश सरकारले विकासे रकम रकामान्तर गरेको प्रदेश सरकारले जनाएको छ। कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि थप एक अर्ब बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिइन्।

दोस्रो लहरको कोभिड नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पतालहरुलाई १२ करोड बजेट निकासा गरी पठाइएको छ।

प्रदेश भित्रिने चारवटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले जनाइन्। ‘हालसम्म एक लाख दुई सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये आठ हजार तीन सय दुईजना संकमित देखिएको र हाल सक्रिय संक्रमित सात सय ६० जना रहेका छन्,’ उनले भनिन्, ‘प्रदेशभर स्वास्थ्यतर्फ स्वीकृत दरबन्दीको एक तिहाईमात्र जनशक्ति पदपूर्ति भएको अवस्थामा प्रदेश सरकारले विभिन्न मितिमा करार प्रक्रियामार्फत् एक सय नौजना चिकित्सकसहितको स्वास्थ्यकर्मी भर्ना गरी परिचालन गरिएको छ।’

उनले थप एक सय ५० जना सहायकस्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको बताउँदै थप जनशक्ति आपूर्तिका लागि संघीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गरिएको बताइन्।

कोभिड नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक मास्क, सेनिटाइजर, पीपीई तथा पीसीआर सञ्चालनका लागि रिएजेण्ट, विन्टलगायतका सामाग्रीहरु आवश्यक संख्यामा व्यवस्था गरिएको भन्दै उनले भनिन्, ‘हाल प्रदेशभर रहेका सम्पूर्ण सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालमार्फत् कोभिड संक्रमित बिरामीहरुको उपचार व्यवस्था मिलाइएको छ। जसमध्ये प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रूकुम पश्चिमलाई हब अस्पतालको रुपमा र अन्य सबै अस्पतालहरुमा अक्सिजनसहितको आइसियु र आइसाेलेसन सुविधाको व्यवस्थापन गरिएको छ।’

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरुमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० बेड रहेका छन्। आवश्यक थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ। कोभिड संक्रमितहरुको उपचारका लागि अक्सिजनको आपूर्ति चुनौतिपूर्ण बनेको छ।

अक्सिजन आपूर्तिका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूला अप्सिजन प्लाण्ट सञ्चालनमा ल्याइएको छ भने १० वटै जिल्लामा मिनि अक्सिजन प्लाण्टको लागि ४०/४० लाखको दरले बजेट विनियोजन गरी कार्य प्रारम्भ गरिएको मन्त्रीले केसीको भनाइ छ।

प्रदेशको आन्तरिक क्षमताले नभ्याउने अवस्थामा नेपालगन्जबाट दैनिक एक सय ५० सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको छ। हाल प्रदेशभर चार सय ठूला अक्सिजन सिलिण्डर रहेको र संघीय सरकारको मापदण्डबमोजिम अस्पतालहरुमा सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको छ। ‘कोभिड संक्रमित बिरामीकी प्रेषणका लागि आवश्यक एम्बुलेन्स सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुको साथै एम्बुलेन्स सेवा व्यवस्थापन प्रणाली स्थापना गर्न पहल भएको छ। विकट क्षेत्रका लागि हवाइ उद्दारको व्यवस्थापनका लागि पहल गरिएको छ,’ उनले भनिन्, ‘गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि निःशुल्क व्यवस्थापन गरिने छ।’
अर्को समाचार
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
०३ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ। यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो।  




हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित हुनेछन्। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो। 

यसपटक चैते दसैं वैशाख ४ गते परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० चैत २९ गतेको निर्णयबाट चैते दसैंको बिदा नदिइने भएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस