दुई महिनाभित्र निगमलाई दुई नयाँ जहाज
११ फागुन २०७०
•
७ मिनेट पाठ
दुई महिनाभित्र निगमलाई दुई नयाँ जहाज
काठमाडौं- आन्तरिक उडानमा एउटा जहाजमा खुम्चिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई महिनाभित्र थप दुईवटा नयाँ जहाज पाउने भएको छ। चीनमा निर्मित ती जहाज आगामी चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र निगमले पाउने छ। ती जहाज उडाउन तथा प्राविधिक कामका लागि आवश्यक तालिम लिन पाइलट र इन्जिनियरहरूको एक टोली अहिले चीनतिर गएको छ। टोलीमा दुई क्याप्टेन र दुई को–पाइलट तथा नौजना इन्जिनियर छन्।'अबको दुई महिनाभित्र ५६ सिटको एउटा र १९ सिटको एउटा गरी दुइटा जहाज ल्याउँछौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, 'तीनै जहाजलाई आवश्यक इन्जिनियर र पाइलटको टोली चीन गएको छ।'
उनका अनुसार पाइलट र इन्जिनियरको १३ सदस्यीय टोलीले डेढदेखि दुई महिनासम्म चिनियाँ जहाजका उडान र इन्जिनियरिङ पक्षबारे तालिम लिनेछन्। उताबाट फर्केपछि टोलीले यहाँ अनुभव बाँड्नेछन्। 
पहिलो चरणमा एउटा एमए–६० र एउटा वाई१२–ई सिरिजका जहाज काठमाडौं आइपुग्ने शर्माले बताए।। ती दुई जहाज आएको ६ महिनाभित्र बाँकी एउटा एमए–६० र तीनवटा वाई१२–ई आउनेछन्।
'छोटो अवधिमै हामीसँग आन्तरिक उडान गर्न ६ वटा चिनियाँ र दुईवटा टि्वनअटर गरी आठ जहाज हुनेछन्,' उनले भने, 'यति जहाज भएपछि आन्तरिक उडानमा हामी बलियो हुने विश्वास छ।'
सरकारले २०६८ कात्तिक १७ मा चीनसँग एकैपल्ट ६ जहाज किन्ने निर्णय गरेको थियो। चीनले ५६ सिट क्षमताको 'मोडर्न आर्क' (एमए)–६० मोडेलका दुई र १९ सिटयुक्त वाई१२–ई सिरिजका चार जहाज दिनेछ। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदानमा तथा बाँकी एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा दिनेछ।
वाई१२–ई जहाजलाई नेपालमा उडान गर्न विगतमै अनुमति दिइएको थियो भने एमए–६० लाई नेपाल नागरिक उड्डयन प्राधिकणले हालै उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिएको थियो। 
निगमले एमए–६० मोडेलका जहाजलाई माउन्टेन फ्लाइटदेखि पोखरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, भद्रपुरलगायत सहरी भेगका विमानस्थल तथा वाई १२–ईलाई दुर्गम भेगमा उडाउने योजना बनाएको छ। 'छोटो अवधिमै धेरै जहाज आउने भएपछि पाइलटदेखि अन्य जनशक्ति तयारीका लागि युद्धस्तरमा काम अगाडि बढाइएको हो,' प्रवक्ता शर्माले भने। 
निगमका लागि चिनियाँ जहाज प्राप्त गर्न गत मंसिर १३ मा नेपाल र चीनबीच ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ (४० करोड ८० लाख युआन) बराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। 
सम्झौताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूले जहाजको भाउ घटाउनैपर्ने अडान लिएपछि चिनियाँ पक्षले १६ करोड रुपैयाँ कम गरेका थिए। अब चीनको ऋण सहयोग भने ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँमात्र हुनेछ। यति रकममात्र नेपालले चुक्ता गरे हुन्छ। 
सरकारले गत कात्तिक २८ मा चीनसँग ऋण तथा अनुदान सम्झौता गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो। त्यसपछि भएको सम्झौताअनुसार चीनबाट चारवटा खरिद र दुईवटा अनुदान गरी ६ थान चिनियाँ जहाज ल्याइने छ। नेपालले पाएको सहुलियत ऋणको वार्षिक ब्याज दर १ दशमलव ५ प्रतिशतमा रहेको छ। चीनसँग ऋण तथा अनुदान सम्झौता गरिए पनि रकम भने आउँदैन। त्यसको सट्टा चीनले ६ वटा जहाज दिनेछ।
अहिले अर्थसँग सम्झौता भए पनि अर्थले ऋण तथा अनुदानलाई चीनबाट ल्याइने जहाजको सञ्चालक वायुसेवा निगमलाई केही दिनभित्र हस्तान्तरण गर्नेछ। त्यहीअनुसार प्रक्रिया अगाडि बढाएको अर्थले निगमलाई बढीमा एक प्रतिशतसम्मको ब्याज दरमा ऋण स्थानान्तरण गर्नेछ। 
यसअघि २०६९ मंसिर १४ मा भएको सम्झौतामा ऋणको ब्याज दर १ दशमलव ७५ प्रतिशत तोकिएको थियो। चिनियाँ 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकको सेवा शुल्क र व्यवस्थापन लागत कुल ऋणको एक प्रतिशत लिने विगतको सहमतिलाई पनि चिनियाँ पक्षले शून्य दशमलव ४ प्रतिशतमात्र लिने सहमति गरेका थिए। 
त्यसैगरी ऋण चुक्ता गर्ने 'ग्रेस पिरियड' पनि सात वर्ष तोकिएको छ। आठौं वर्षबाट मात्र ऋण चुक्ता अवधि सुरु हुने र २०औं वर्षसम्म तिर्न सकिने सम्झौता भएको छ।
हाल निगमसँग आन्तरिक उडान गर्न १९ सिट क्षमताको क्यानडामा निर्मित एउटामात्र टि्वनअटर जहाज बाँकी छ। दुईमध्ये अर्को गत साता अर्घाखाँचीमा र्दुघटनामा परेको थियो। निगमले भने आगामी चैत तेस्रो साताभित्र अर्को टि्वनअटर उडाउन गरी इन्जिन उपलब्ध गराउन ग्लोबल टेन्डर आह्वान गरिसकेको छ। त्यसैगरी नयाँ १६ पाइलट पनि मागेको छ।


अर्को समाचार
दुई वर्षमा निगमलाई दुई नयाँ जहाज
१० चैत्र २०६९
•
७ मिनेट पाठ
दुई वर्षमा निगमलाई दुई नयाँ जहाज
सुशील भट्टराई, काठमाडौं, चैत ११ - साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्न आगामी २३ महिनाभित्र दुई नयाँ जहाज हात पार्ने भएको छ।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग जहाज खरिद गर्न लागेको हो। यसका लागि पछिल्लो ६ महिनामा निगम र एयरबसका उच्च अधिकारीहरूबीच कम्तीमा आधा दर्जन पटक वार्ता भइसकेको छ। पछिल्लो वार्ताको नतिजा लगभग मूर्तरूप लिने अवस्थामा पुगेपछि जहाज आपूर्ति मिति सार्वजनिक भएको हो।




'एयरबसले हामीलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ,' निगमका महाप्रबन्धक मदन खरेलले शनिबार नागरिकसँग भने, 'पहिलो आएको दुई महिनापछि दोस्रो जहाज दिने एयरबसले प्रतिबद्धता जनाएको छ।'

जहाजको मूल्य कति पर्छ भन्ने अहिले थाहा नहुने उनले बताए। जुन दिन निगमका लागि जहाज उताबाट उड्छ, त्यही दिनमात्र जहाजको वास्तविक मूल्य थाहा हुने उनले जानकारी दिए। 'जति चाँडो खरिद-बिक्री सम्झौता गर्न सक्यो, त्यत्ति चाँडो जहाज आउँछ,' खरेलले भने, 'ढिलो गर्नु भनेको जहाजको भाउ महँगिदै जानु हो।'

खरेलका अनुसार एयरबसले दिएको जहाज आपूर्ति मिति अन्य कम्पनीले पाएका मितिभन्दा चाँडै हो। एयरबस अधिकारीहरूले निगमलाई सहयोग स्वरूप चाँडै जहाज आपूर्ति गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघि गत कात्तिकमा भएको वार्तामा एयरबसले २०१४ डिसेम्बरमा पहिलो जहाज दिने मिति दिएको थियो।

निगमले अहिले किन्न लागेका जहाज एयरबस ए३२०-२०० सिरिजका हुन्। यसमा १ सय ५० सिट हुन्छन्। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

उड्डयन विज्ञहरूका अनुसार यो सिरिजका जहाजको हालको आधार मूल्य एउटाको ७ करोड ९० लाख अमेरिकी डलर (६ अर्ब ८७ करोड ३० लाख रुपैयाँ) रहेको छ। निगमले यो मूल्यमा घटेर ४ करोड ९० लाख डलर (४ अर्ब २६ करोड ३० लाख रुपैयाँ) मा जहाज पाउन सक्छ।

'निगम अधिकारीहरूले एयरबससँग जति 'बार्गेनिङ' गर्न सक्छन्, त्यत्ति भाउ घट्न सक्छ,' एक उड्डयन विज्ञले भने, 'तर, सन् २००८ डिसेम्बरमा एयरबसले टेन्डरमा उल्लेख गरेकै भाउमा जहाज पाउन मुश्किल छ। त्यसयता जहाज बजारमा उल्लेख्य दरमा मूल्य वृद्धि भइसकेको छ।'

निगमसँग जहाज खरिद-बिक्री सम्झौता गर्न एयरबसका उच्च अधिकारीहरू केही दिनभित्रै काठमाडौं आउने निगमका महाप्रबन्धक खरेलले जानकारी दिए। सम्झौता हुनासाथ एयरबसलाई 'कमिटमेन्ट फी' (प्रतिबद्धता रकम) पठाइने उनले बताए।

'एयरबसलाई दुई जहाजका लागि प्रतिबद्धता रकमवापत् ५ लाख अमेरिकी डलर (४ करोड ३५ लाख रुपैयाँ) पठाउँछौं,' खरेलले भने, 'न्यारो बडी जहाज भएकाले प्रतिजहाज साढे २ लाख डलरका दरले प्रतिबद्धता रकम दिन्छौं।' साढे तीन वर्षअघि निगमले एउटा न्यारो र अर्को 'वाइड बडी' (२ सय ७० सिटे) जहाज किन्ने समझदारी गरेपछि एयरबसलाई साढे ७ लाख डलर प्रतिबद्धता रकम पठाएको थियो।

जहाज किन्न आवश्यक झन्डै ९ अर्ब रुपैयाँ जोहो गर्नतिर निगम व्यवस्थापन लागिसकेको छ। निगमसँग कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) जस्ता विकल्प रहेको खरेलको भनाइ छ।

'जहाज किन्न पैसाले समस्या पार्दैन, हामी आन्तरिक रूपमै रकम जोहो गर्छौं,' उनले भने, 'पैसा प्रशस्त छ, तालमेल मिलाउनमात्र केही समय लाग्ने हो। सबैतिर संयोजन र सहकार्य गरिरहेका छौं। चाँडोभन्दा चाँडो काम फत्ते गर्नतिर लागेका छौं।'

एयरबसलाई पहिलो चरणमा कूल मूल्यको करिब ३० प्रतिशत तथा बाँकी जहाज आएकै दिन चुक्ता गर्नुपर्ने उनले जानकारी दिए। आन्तरिक ऋणदातालाई भने जहाज सञ्चालनमा आएपछि किस्ताबन्दीमा तिर्दै जाने योजना उनले सुनाए।

निगमले हाल १ सय ९० सिट क्षमताका दुई बोइङ ७५७ जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर गइरहेको छ। दुबई र नयाँदिल्ली उडान भने स्थगन गरेको छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको साङ्घाईसहित मध्यम दुरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।

महाप्रबन्धक खरेलका अनुसार न्यारोपछि वाइड बडी जहाज ल्याएर लामो दुरीमा उडाउने योजना बनिरहेको छ। यहाँबाट अस्ट्रेलिया, लन्डन, पेरिस, फ्र्यांकफर्ट, कोरियालगायत गन्तव्य जाने योजना छ। अस्ट्रेलिया र गन्तव्य नयाँ गन्तव्य हुनेछन् भने लन्डन, पेरिस र फ्र्यांकफर्टमा निगले डेढ दशकअघिसम्म उडान गरेको थियो।

'ठूलो सोच नराखेसम्म हामीले प्रगति गर्न सक्दैनौं, सबैको सहयोग आवश्यक छ,' खरेलले भने, 'निगमले गरी खाँदैन, खत्तम छ भन्ने प्रवत्तिले सधैं हामी हतोत्साही हुँदै आएका छौं।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस