फेरि पछि धकेलियो मेलम्ची सपना
१८ साउन २०७८
•
३ मिनेट पाठ
फेरि पछि धकेलियो मेलम्ची सपना
मेलम्ची नदीमा बारम्बार आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको भविष्य फेरि पछि धकेलिदिएको छ। लामो प्रतीक्षापछि सम्पन्न आयोजनामा गत असार १ र त्यसपछिका बाढीले ठूलो क्षति पुर्‍याएपछि मेलम्चीको पानी फेरि उपत्यकाको धारामा झर्ने कहिले भन्नेमा अन्योल उत्पन्न भएको हो। असार १ को बाढीपहिरोले यो आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग, अस्थायी बाँधसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍यायो। फेरि साउन १५ गते आएको बाढीपहिरोले थप संरचनामा क्षति पुर्‍याएको छ।  




साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।  

आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भागबाट ढुंगा, गिट्टी, बालुवा, माटो मिसिएर आएको बाढीले संरचनामा एकपछि अर्कौ गर्दै क्षति पुर्‍याइरहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार आयोजनाको जलाधार क्षेत्रबाट बारम्बार लेदोसहितको बाढी आउँछ।

‘मेलम्ची आयोजनाको जलाधार क्षेत्रबाट निरन्तर रूपमा लेदोसहितको बाढीपहिरोले हेडवक्र्स क्षेत्रमा कटान गर्नुको साथै ग्रेगान थुपार्ने र आयोजनाको पहुँचमार्ग तथा अन्य संरचनामा क्षति पु¥याइरहेको छ,’ उनले भने, ‘त्यसैले कति क्षति भयो भन्ने कुरा अनुमान गर्न सकिने अवस्था छैन।’  

प्रवक्ता पन्तले बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनस्र्थापनाको लागि एक अर्ब ८८ करोड रूपैयाँको लागत इस्टिमेट तयार पारेको बताए। ‘अब आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो जलाधार क्षेत्रमा बाढीपहिरो नियन्त्रणको कामसँगै हेडवक्र्स संरचनाको मर्मतसम्भार गर्नुपर्छ,’ उनले भने, ‘हेडवक्र्स क्षेत्रमा बालुवा, गिट्टी, गेग्रानले पुरिए पनि सुरुङमार्गमा भने केही क्षति भएको छैन।’ बारम्बार बाढीपहिरो आइरहको र नदीमा पानीको सतह नघटेकाले आयोजनाको मर्मतसम्भार कहिलेदेखि सुरु गर्ने भन्ने अन्योल छ। बाढीपहिरोले करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलको संरचनामा क्षति पुर्‍याएको छ। ‘पहुँचमार्गमा क्षति हुँदा आयोजनास्थल पुग्न सकेका छैनौं,’ उनले भने, ‘निरन्तर वर्षा र बाढीपहिरोका कारण पहुँचमार्ग निर्माणको कामले पनि गति लिन सकेको छैन।’

समितिले तयार पारेको कार्ययोजनामा असोजको पहिलो सातासम्म बाढीपहिरो रोकिएर नदीमा सङ्लो पानी बगेसँगै हेडवक्र्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउने काम सुरु गर्ने उल्लेख छ। तर पछिल्लो समय बाढीपहिरो नियन्त्रण नभएकाले कार्ययोजनाले तोकेको मिति तलमाथि हुने सम्भावना छ। असार १ मा बाढीपहिरोसँगै आएको बालुवा, गिट्टी र ग्रेगानले हेडवक्र्सका संरचनाहरू १५ मिटरभन्दा धेरै पुरिएको छ। मेलम्ची आयोजनाको पहुँचमार्गमा रहेका दुईवटा, हेडवक्र्ससँगै रहेका र चनौटेको सहित ६ वटा पुल क्षतिग्रस्त भएका छन्। मेलम्ची नदीको पानी डाइभर्सन गर्न निर्माण गरिएको अस्थायी बाँधसमेत गेग्रानले पुरिएको छ।  

हेडवक्र्समा रहेको अस्थायी बाँधदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा धेरै ढुंगा, गिट्टी र ग्रेगान भरिएको छ। अम्बाथान पोर्टलदेखि तल मेलम्ची बजारसम्मको भागमा ढुंगा, गिट्टी, बालुवा र माटो थुप्रिएको छ। समितिले आगामी कात्तिक दोस्रो सातादेखि अम्बाथान पोर्टल खुला गरी टनेल डिवाटरिङ कार्य गर्ने कार्ययोजना तयार पारेको छ।  

त्यसैगरी, पुस दोस्रो सातासम्म बाढीपहिरोले क्षतिग्रस्त अस्थायी बाँध पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समितिले सोचेअनुसार काम भएको खण्डमा अस्थायी बाँधबाट आगामी माघमा मेलम्चीको सुरुङमा पानी पथान्तरण गरिनेछ। समितिले बाढीपहिरोले क्षतिग्रस्त आयोजना पुनस्र्थापनाको कामको लागि एक अर्ब ८८ करोड रूपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ। मेलम्चीमा आएको बाढीपहिरोमा परेर मेलम्ची आयोजनामा कार्यरत चानजना कामदानको ज्यान गएको छ। त्यत्तिकै संख्यामा बेपत्ता छन्।  
अर्को समाचार
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
०६ फागुन २०८०
•
१ मिनेट पाठ
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
मेलम्ची खानेपानी आयोजनामा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।




आयोगले आयोजनामा  ७ अर्ब ७२ करोड भ्रष्टाचार भएको भन्दै आइतबार तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भ्क्तान गरेकोलगायतका गुनासोउपर उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस