इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइस्पानले बुधबार एक विज्ञप्ति जारी गरी प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काट्नुको साथै दूरसञ्चारको उपकरणमा क्षति पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले अति आवश्यक इन्टरनेटको तार काटिदिँदा सेवाग्राहीले समस्या भोग्नुपरेको जनाएको छ।