इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए।