कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका अन्नपूर्ण आधारशिविर क्षेत्रका होटल असोज पहिलो सातादेखि खुल्ने भएका छन् । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकका होटल भने असोज १ देखि नै खोल्ने तयारी स्थानीय व्यवसायीले गरेका छन् । एबिसीका होटल भने असोज ५ देखि खुल्नेछन् ।
कोरोना संक्रमण केही कमजोर भएको र घुमघामको सिजन सुरु भएकोले पनि होटल खोल्ने तयारी गरेको व्यवसायीले बताएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले असोज १ देखि घान्द्रुकका होटलमा पाहुना राख्न थाल्ने बताए । ‘संक्रमण केही कम पनि भएको छ । घुमघामको सिजन सुरु भएको छ । मौसमले साथ दिएको छ,’ गुरुङले भने, ‘सधैं बन्द गरेर मात्र भएन । त्यही भएर असोज १ देखि होटल खोल्ने तयारी व्यवसायीले गरेका छन् ।’
सरकारले पर्यटकीय क्षेत्रका व्यवसायीलाई लक्षित गर्दै कोरोना विरुद्धको खोप लगाएपनि अन्नपूर्ण क्षेत्रका व्यवसायीले भने खोप लगाउन पाएका छैनन । खोप लगाउन नपाएपनि व्यवसाय खोल्न बाध्य भएको उनले बताए । ‘हामीले सरकारी निकायसँग खोपका लागि अनुरोध गरेका हौ । तर, अहिलेसम्म पाएका छैनौ । खोप लगाउन पाएको भए व्यवसायीले ढुक्कले व्यवसाय खोल्ने थिए,’ उनले भने, ‘तर अब खोप नपाएपनि व्यवसाय भने खुल्छ ।’ खोप लगाउन नपाउँदा केही त्रास भने कायमै रहेको उनले बताए । काठमाडौं, सौराहा, पोखरा सहितका गन्तव्यका पर्यटन व्यवसायीले खोप लगाइसक्दा अन्नपूर्ण क्षेत्रका व्यवसायी भने बञ्चित रहेको उनले सुनाए ।
अन्नपूर्ण क्षेत्रमै पर्ने पर्यटकीय गाउँ घोरेपानीका व्यवसायी भीम पुनले पनि होटल खोल्ने तयारी भईरहेको बताए । उनले पनि असोज १ देखि होटल खोल्ने तयारी भएको बताए । केही व्यवसायीले अहिले नै पाहुना राख्न थालिसकेको उनले जानकारी दिए । घोरेपानीमा हंग्री आई होटल संचालन गरिरहेका पुनका अनुसार होटल खुलाउने तयारी भएपनि काम गर्ने कामदार भने छैनन ।
कोरोना संक्रमणको त्रासले होटल बन्द भएपछि घर फर्केका कामदारलाई अब काममा बोलाउने उनले बताए । ‘कर्मचारीलाई काममा बोलाउन पनि सकस छ । असोज १ देखि होटल खुलाउने तयारी छ । तर, कामदार छैनन,’ उनले भने, ‘जसोतसो भएपनि कामदारलाई बोलाउनै प¥यो । यो बेला केही आन्तरिक पाहुना आए भने पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ ।’
छोमरोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङ पनि पदयात्रा क्षेत्र चलायमान बनाउने तयारी भएको बताए । छोमरोङदेखि आधारशिविरसम्मका होटल असोज ५ गतेदेखि संचालनमा आउने उनले जानकारी दिए । ‘घान्द्रुक असोज एकगते देखि नै खुल्ने भनिएको छ । छोमरोङदेखि एबिसीसम्मका होटल भने असोज ५ गतेदेखि संचालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘केही तयारी अपुग भएकोले असोज एकगते खोल्न सकिएन । असोज पाँचपछि पाहुनाले सेवा पाउनेछन् ।’
उनले पनि कोरोना विरुद्ध खोप नलगाएको अवस्थामा पनि व्यवसाय सुचारु गर्ने तयारी भएको बताए । ‘सिजन पनि सुरु भएको छ । मौसाान सुधार आएको छ । अब आन्तरिक पाहुना पनि आउलान,’ उनले भने, ‘यो बेला संक्रमण कम भएकोले पनि पाहुना आउनेमा आशावादी छौ ।’ संक्रमण केही घटेको र पर्यटकीय सिजन तथा चाँडबाँड सुरु भएकोले पनि आन्तरिक पाहुना आउनेमा आफुहरु आशावादी भएको उनले बताए ।

घान्द्रुक सहित घोरेपानी, टाढापानी, छोमरोङ हुँदै एबिसीसम्मका सबै ठाउँका होटल असोज पहिलो साताभित्र खुलिसक्ने उनले बताए । ‘सबैतिरका गन्तव्य खुलिसक्दा अन्नपूर्ण क्षेत्रभित्रका होटल नखोल्दा सन्देश पनि नराम्रो जान्छ । यता आउन चाहेका पाहुना अन्यत्र डाइभर्ट हुनसक्छन,’ उनले भने, ‘त्यही भएर होटल खोल्ने निर्णय गरेका हौ ।’होटलमा काम गर्ने सबै कामदारलाई काममा फर्किन भसिकेको पनि उनले बताए । उनका अनुसार अन्नपूर्ण क्षेत्रका होटलमा अहिले पाहुनाले सोधपुछ थालिसकेका छन् । केही आन्तरिक पाहुना त घुमघामका लागि पनि जान थालिसकेका छन् । पछिल्लो तीदिनदेखि मौसम खुलेकोले पनि हिडडुल सहज भएको उनले बताए ।
सरकारले पर्यटकीय क्षेत्रका व्यवसायीलाई लक्षित गर्दै कोरोना विरुद्धको खोप लगाएपनि अन्नपूर्ण क्षेत्रका व्यवसायीले भने खोप लगाउन पाएका छैनन । खोप लगाउन नपाएपनि व्यवसाय खोल्न बाध्य भएको उनले बताए । ‘हामीले सरकारी निकायसँग खोपका लागि अनुरोध गरेका हौ । तर, अहिलेसम्म पाएका छैनौ । खोप लगाउन पाएको भए व्यवसायीले ढुक्कले व्यवसाय खोल्ने थिए,’ उनले भने, ‘तर अब खोप नपाएपनि व्यवसाय भने खुल्छ ।’ खोप लगाउन नपाउँदा केही त्रास भने कायमै रहेको उनले बताए । काठमाडौं, सौराहा, पोखरा सहितका गन्तव्यका पर्यटन व्यवसायीले खोप लगाइसक्दा अन्नपूर्ण क्षेत्रका व्यवसायी भने बञ्चित रहेको उनले सुनाए ।
अन्नपूर्ण क्षेत्रमै पर्ने पर्यटकीय गाउँ घोरेपानीका व्यवसायी भीम पुनले पनि होटल खोल्ने तयारी भईरहेको बताए । उनले पनि असोज १ देखि होटल खोल्ने तयारी भएको बताए । केही व्यवसायीले अहिले नै पाहुना राख्न थालिसकेको उनले जानकारी दिए । घोरेपानीमा हंग्री आई होटल संचालन गरिरहेका पुनका अनुसार होटल खुलाउने तयारी भएपनि काम गर्ने कामदार भने छैनन ।
कोरोना संक्रमणको त्रासले होटल बन्द भएपछि घर फर्केका कामदारलाई अब काममा बोलाउने उनले बताए । ‘कर्मचारीलाई काममा बोलाउन पनि सकस छ । असोज १ देखि होटल खुलाउने तयारी छ । तर, कामदार छैनन,’ उनले भने, ‘जसोतसो भएपनि कामदारलाई बोलाउनै प¥यो । यो बेला केही आन्तरिक पाहुना आए भने पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ ।’
छोमरोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङ पनि पदयात्रा क्षेत्र चलायमान बनाउने तयारी भएको बताए । छोमरोङदेखि आधारशिविरसम्मका होटल असोज ५ गतेदेखि संचालनमा आउने उनले जानकारी दिए । ‘घान्द्रुक असोज एकगते देखि नै खुल्ने भनिएको छ । छोमरोङदेखि एबिसीसम्मका होटल भने असोज ५ गतेदेखि संचालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘केही तयारी अपुग भएकोले असोज एकगते खोल्न सकिएन । असोज पाँचपछि पाहुनाले सेवा पाउनेछन् ।’
कोरोना विरुद्धको खोप नपाएपनि व्यवसाय खोल्ने निर्णय भएको उनले पनि बताए । अन्यत्रको पर्यटन क्षेत्र चलायमान भएपनि अन्नपूर्ण क्षेत्र बन्द भईरहँदा सन्देश गतिलो नजाने भएकोले खोल्ने तयारी भएको उनले बताए । वर्षायाममा बाटोघाटो बिग्रेकोले मर्मत गर्न थालेकोले पनि केहीदिन ढिला गरेर खोल्ने उनले बताए ।महिनौदेखि रित्तै रहेका एबिसी, माछापुच्छ«े आधारशिविर (एमबिसी) लगायतका क्षेत्रका होटलका कामदार अहिले होटल खोल्ने तयारी गर्दै आधारशिविरतिर उक्लिने क्रममा रहेको उनले बताए । ‘आजको भोलि पाहुनाले सेवा पाउन सक्दैनन । महिनौेदेखि बन्द रहेका होटलमा पनि तयारी गर्नुपर्छ,’ छोमरोङका सचिव गुरुङले भने, ‘अहिले कामदार उक्लेर तयारी गरिरहेका छन । केहीदिनको तयारीपछि पाहुना जान थाल्नेछन् ।’ छोमरोङदेखि एबिसीसम्म ६२ वटा होटल छन् ।