२२ वर्षमा १० किलोमिटर
१८ कार्तिक २०६६
•
३ मिनेट पाठ
२२ वर्षमा १० किलोमिटर
बरुण पनेरु, बैतडी, कात्तिक १९ - सडक खन्न शुरु गरेको बाईस बर्ष बित्दा पनि पाटन पञ्चेश्वर सडक खण्ड दश किलोमिटर मात्र निर्माण कार्य सम्पन्न भएको छ। बैतडीको पाटन देखि ६५ किलोमिटर टाढा रहेको पञ्चेश्वरसम्म मोटरबाटो पुर्‍याउन २०४२ सालमा सडक खन्न शुरु गरिएको हो।

बाईस बर्ष पहिले देखी बैतडीको उपेक्षित क्षेत्र मानिने तल्लो स्वराडका बासिन्दाहरुलाई सेवा पुर्‍याउने उद्देश्यले निर्माण थालनी गरिएको पाटन-पञ्चेश्वर सडक निर्माण हुन सकेको छैन्। पाटन-पञ्चेश्वर सडक कछुवा गतिमा निर्माण कार्य भइरहदा तल्लो सोराड क्षेत्रका चौध गाविसका झण्डै १५ हजार घरघुरी वासिन्दाहरु सदरमुकामबाट दैनिक उपभोग्य बस्तु खरिदगरि खच्चरबाट ढुवानी गर्न बाध्य छन्। 'बिरामी हुँदापनि सडक अभावमा अस्पताल पुगाउन कठिनाई छ।' पञ्चेश्वर गाविसका सुरज महताले भने।

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासंग जोडिएको पाटन-पञ्चेश्वर सडकका लागि सरकारले न्यून बजेट विनियोजन हुने गरेको र वर्षेनी असार लागेपछि पछि मात्रै ठेक्कापट्टा हुने गरेकाले निर्माणमा ढिलाई भइरहेकोे नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि प्रेमबहादुर चन्दले बताए।

सरकारी उदाशिनताका कारण बाईस बर्षमा पच्चीस प्रतिशत पनि काम हुन सकेको चन्दले बताए। यसैबर्ष सर्बदलीय समितिले पाटन-पञ्चेश्वर सडकमा पहिलो ग्राहयता दिई तत््काल सडक निर्माण कार्य सुचारु गराउन सडक डिभिजन कार्यालयलाई पत्र समेत लेखेको जिल्ला विकास समिति बैतडीमा सर्वदलीय सयन्त्रका सदस्य तथा एमाले जिल्ला सचिव महादेब भट्टले जानकारी दिए। उनले भने- 'सडक निर्माण गर्दा प्रतिस्प्रर्धा नअपनाई मिलोमतोमा ठेक्का दिइने र बीसदेखि तीस प्रतिशत रकम प्राविधिकहरुले अनियमितता गर्ने गरेका कारण सडक निर्माणको काम प्रभावित भइरहेको छ।'

सो सडक निर्माणमा अहिले सम्म करोडौं रुपैँया लगानी गरिएको जनाईएको छ। यस बर्षपनि ट्र्याक खोल्न थप ७५ लाख रकम बिनियोजित भएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख भुवनेश्वर देवले बताए। 'यस बर्ष थप दश किलोमिटर सडक निर्माण गर्न लक्ष्य लिएका छौ। उनले भने। बार्षिक करोडौं रुपैया लगानी गरेर निर्माण हुन लागेका अधिकाशं सडकहरु अधुरा नै भएका छन्। ती सडकहरुमा प्रत्येक बर्ष जसो लाखौं रुपैया लगानी लाग्ने गरेको छ।
अर्को समाचार
गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन
०७ साउन २०८३
•
३ मिनेट पाठ
गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन
गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका ११ जिल्लामा ८६ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले बिहीबार पोखरामा आयोजित समीक्षा गोष्ठीमा दिएको हो।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै कास्कीमा २७ किलोमिटर सडक कालोपत्र भएको छ भने गोरखामा भने एक किलोमिटर पनि सडक कालोपत्र हुन सकेन। गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृहजिल्ला हो।

त्यसैगरी, लमजुङमा १७ किलोमिटर, स्याङ्जामा १० किलोमिटर, नवलपुरमा ८ किलोमिटर, पर्वतमा ७ किलोमिटर, बागलुङमा ६ किलोमिटर, मनाङमा ५ किलोमिटर, म्याग्दीमा ३ किलोमिटर, मुस्ताङमा २ किलोमिटर र तनहुँमा १ किलोमिटर सडक कालोपत्र भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका अतिरिक्त सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।

यस अवधिमा ९ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। गण्डकीका ११ जिल्लामध्ये स्याङ्जामा ४ वटा, तनहुँमा ३ वटा तथा लमजुङ र म्याग्दीमा १/१ वटा झोलुङ्गे पुल निर्माण भएको घिमिरेले बताए।

त्यसैगरी, २४ वटा मोटरेबल सडक पुल निर्माण भएका छन्। गोरखा र स्याङ्जामा ४/४ वटा, लमजुङ, नवलपुर, बागलुङ र कास्कीमा २/२ वटा, तनहुँमा ३ वटा तथा पर्वत, मुस्ताङ र मनाङमा १/१ वटा सडक पुल निर्माण भएको उनले जानकारी दिए।

गण्डकीमा पछिल्लो एक वर्षमा ७ वटा भवन निर्माण भएका छन्। पर्वतमा ५ वटा तथा तनहुँ र मनाङमा १/१ वटा भवन निर्माण भएको अतिरिक्त सचिव घिमिरेले बताए।

हाल गण्डकी प्रदेशमा ३५ वटा योजना रुग्ण अवस्थामा रहेका छन्। उनका अनुसार तनहुँमा ७ वटा, गोरखामा ६ वटा, स्याङ्जा र मुस्ताङमा ४/४ वटा, कास्की, पर्वत र बागलुङमा ३/३ वटा, मनाङ र म्याग्दीमा २/२ वटा तथा एउटा प्रदेशस्तरीय योजना रुग्ण अवस्थामा छन्।

‘बजेट अभाव, निर्माण व्यवसायीको लापरवाही, प्राकृतिक प्रकोप, बहुवर्षीय योजनामा अपर्याप्त बजेट, वन तथा जग्गा प्राप्तिमा समस्या, रकमान्तर र अदालतका फैसलाजस्ता कारणले योजना रुग्ण भएका हुन्,’ घिमिरेले भने।

गत आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले ६५ प्रतिशत बजेट खर्च गरेको थियो। चालुतर्फ ५४ प्रतिशत र पुँजीगततर्फ ६५ प्रतिशत बजेट खर्च भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार जेनेजी आन्दोलनका कारण भएको आगजनी तथा तोडफोड, मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्माण सामग्रीको लागत बढेकाले लक्ष्यअनुसार बजेट खर्च गर्न कठिन भएको थियो।

‘यी विविध कारणले प्रभाव परे पनि हाम्रो निरन्तर प्रयासले यतिसम्म गर्न सकेका छौँ। यो पनि ठूलो उपलब्धि हो,’ उनले भने।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खर्च गर्ने क्षमता बढाउन निर्देशन दिए। ‘यो वर्ष मौज्दात रकम पनि झन्डै ५ अर्ब रुपैयाँ छ, राजस्व पनि ४ अर्ब पुग्ने निश्चित छ। बजेट पुग्दैन भनेर डराउनुपर्दैन। रकमान्तरका लागि पनि पहिलेजस्तो आर्थिक मामिला मन्त्रालयको स्वीकृति लिन नपर्ने भएकाले ढुक्क भएर काम गर्नुहोस्,’ उनले भने।

उनले साउन महिनाभित्र फिल्ड भिजिट र लागत अनुमानको काम सक्न तथा भदौदेखि टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिए। साथै, दुई वर्ष नपुगेका कर्मचारीलाई सरुवा नगर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सरुवा हुन्छ कि भनेर अहिलेबाटै काम छाडेर नबस्नुस्। दुई वर्ष पुगेकालाई पनि सबैलाई सरुवा गरिँदैन, नपुगेकालाई त झन् सरुवा गरिँदैन,’ उनले भने।

कार्यक्रममा समयमै योजना सम्पन्न गर्ने एक दर्जन निर्माण कम्पनीलाई दोसल्लासहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस