नाकाबाट गाडी प्रवेशमा 'भन्सार बाधक'
१२ असोज २०७८
•
२ मिनेट पाठ
नाकाबाट गाडी प्रवेशमा 'भन्सार बाधक'
डेढ वर्षदेखि यात्रुबाहक सवारी साधन प्रवेश रोक भएको वीरगन्ज नाका । तस्बिरः रितेश/ नागरिक
नेपाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको हप्ता दिन बितिसक्दा पनि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न पाएको छैन। यसमा अब भन्सार मात्र बाधक देखिएको छ। गृह मन्त्रालयले मातहतका जिल्लाहरुका पठाएको पत्रको आदेशबाट नाका औपाचरिक रुपमा खुल्ला भइसकेको हो। कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा सीमा बन्द थियो।




असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले पत्र जिल्लामा पठाएको थियो। नाकामा आवागमन पुनः साबिक सरह सुचारु गर्न सहजीकरणको लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि भन्सार विभागले भारतीय सवारीलाई अस्थायी प्रवेशको लागि भन्सार प्रक्रिया सुरु गरेपछि भारतीय सवारी साधन आगमन सुरु हुने जानकारी दिए। वीरगन्ज भन्सार कार्यालयले निर्देशन पर्खेको उनले जनाए।  

‘सरकारको निर्णयपछि नाका खुल्ला भइसकेकै हो, अस्थायि रुपमा प्रवेश अनुमति दिइने भारतीय सवारी साधनका लागि हामीसंग माथिको कुनै निर्देशन आएको छैन,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले नागरिकलाई भने, ‘अर्थ मन्त्रालयबाट भन्सार विभाग हुँदै यस्तो आदेश हामी कहाँ आउने हो, त्यो आएपछि मात्र सवारीहरुको अस्थायी प्रवेशको लागि प्रक्रिया खुल्छ।’ देशकै सबैभन्दा बढी आवागमन हुने ठूलाे नाका वीरगन्जमा भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको थियो।  

‘भन्सारमा विभागबाट भारतीय गाडीहरूको अस्थायी भन्सार काट्नु भनेर पत्र आउन बाँकी रहेकोले प्रमुख भन्सार प्रशासकज्यूले हामीलाई पनि भन्नु भएको हो, ‘संघका अध्यक्ष हरी पन्तले भने, ‘हामीले कुरा गर्नका लागि भन्सार विभागका महानिर्देशकको सम्पर्क नम्बर लिएर फोन गर्‍यौं, २० औ पटकमा पनि उठेको छैन।’ कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ९ गतेको नेपाल सरकारको निर्णय अनुसार त्यसको २ दिनपछि चैत्र ११ देखि सरकारले लकडाउनसंगै सीमामा आवागमनमा रोक लगाएको थियो। बिभिन्न देशहरुमा सरकारले सीमाबाट आवागमन तथा अध्यागमन बन्द गरिरहेको तत्कालीन अवस्थामा नेपाल र भारत दुवै तर्फका सरकारले पनि नाका बन्द गरे। अवस्था सामान्यतर्फ उन्मुख रहेको बेला गत २०७७ कात्तिक ५ गतेदेखि भारत सरकारको केन्द्रीय गृह मन्त्रालयले परिपत्र गर्दै सबै सीमानाका र अध्यागमन कार्यालयहरू खोल्ने आदेश दिएको थियो।  

भारतको तर्फबाट सीमानाकामा आवागमन गत वर्षको कात्तिक पहिलो सातादेखि खुल्ला नै छ। नेपाल सरकारले पनि गत मंगलबार सीमानाका खोल्ने निर्णय गरिसकेपछि यताबाट पनि औपचारिक रुपमा सीमानाका खुलिसकेको हो। केवल भन्सारको कारणले अब समस्या भएको छ। डेढ वर्ष अगाडि आवागमन रोकिएको भारतीय गाडीको आवागमन दुई देशको सरकारले निर्णय गरेको एक साता उपरान्तसम्म पनि खुल्न सकेको छैन। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५८ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस