खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान
१४ असोज २०७८
•
२ मिनेट पाठ
खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान
क्याप्शन
चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।




सरकारले तोकेको शिर्षकभन्दा बाहिर गएर खर्च गर्न नपाउने भएपछि करोडौँ रुपैयाँ अनुदान फिर्ता हुने गरेको छ। सरकारले हरेक आर्थिक वर्षमा अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार शिर्षकमा एकमुष्ट अनुदान दिने गर्छ। आर्थिक वर्षभित्र खर्च हुन नसकेको समानीकरण बाहेकका सबै अनुदान रकम साउन मसान्तभित्र संघीय सरकारलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाले खर्च गर्न नसकेको त्यस्तो अनुदान फिर्ता गरेका छन्। ६ पालिकाले ३५ करोड सात लाख ६९ हजार ७९२ रुपैयाँ अनुदान फिर्ता गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरले जानकारी दिएको छ।

खर्च हुन नसकेको त्यस्तो अनुदान स्थानीय तहले अर्काे आर्थिक वर्षको साउनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्माले बताए। ६ पालिकाले निर्धारित समय भन्दापछि गएर मात्रै अनुदान फिर्ता गरेका हुन्।

‘निश्चित कामका लागि भनेर दिएको अनुदान खर्च नभएपछि फिर्ता गर्नुपर्छ।  फिर्ता गर्नुपर्ने अनुदान फिर्ता नहुँदासम्म उनीहरुको बजेट निकासा दिन्नौँ’, उनले भने, ‘महालेखाले नै निकासा नदिनु भन्ने आदेश दिन्छ। फिर्ता भएपछि मात्रै महालेखाले चौमासिकका हिसाबले निश्चित रकम निकासा दिनु भनि पत्र पठाउँछ ।’

शर्माका अनुसार भरतपुर महानगरले १३ करोड तीन लाख ८१ हजार, रत्ननगरले चार करोड ६१ लाख ९३ हजार, कालिकाले छ करोड ८२ लाख ६० हजार र माडीले चार करोड २० लाख ९१ हजार रुपैयाँ अनुदान फिर्ता गरे। त्यसैगरी, राप्तीले तीन करोड ७० लाख ८७ हजार र इच्छाकामनाले दुई करोड ६७ लाख ५५ हजार रुपैयाँ फिर्ता गरे। खैरहनीले कति खर्च हुन सकेन भन्ने विवरण नै नदिएको उनले बताए।

सरकारले समानीकरण बाहेक गत आवमा भरतपुर महानगरलाई एक अर्ब नौ करोड ९५ लाख, रत्ननगरलाई ३२ करोड ९३ लाख, कालिकालाई २२ करोड ९९ लाख र माडीलाई ३० करोड ५९ लाख अनुदान दिएको थियो। त्यसैगरी, राप्तीलाई २९ करोड ३७ लाख, खैरहनीलाई २० करोड ५१ लाख र इच्छाकामनालाई २० करोड ९८ लाख रुपैयाँ अनुदान दिएको थियो।
अर्को समाचार
साढे पाँच खर्ब लगानी, प्रतिफल न्यून
१५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
साढे पाँच खर्ब लगानी, प्रतिफल न्यून
सरकारले सार्वजनिक संस्थानमा साढे पाँच खर्ब लगानी गरे पनि त्यसको प्रतिफल निरासाजनक रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७९ अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा सार्वजनिक संस्थानमा लगानी पाँच खर्ब ६७ रूपैयाँ पुगेको छ। हरेक वर्ष लगानी वृद्धि हुँदै गए पनि प्रतिफल न्यून छ।




१९ संस्थानले घाटा व्यहोरेका छन्। दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट, बुटवल धागो कारखाना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयल निगम, नेपाल वन निगम लिमिटेड, नेपाल वायु सेवा निगम, नेपाल पूर्वाधार निर्माण कम्पनी लगायतका संस्था घाटामा रहेका छन्। त्यसैगरी, सांस्कृतिक संस्थान, गोरखा पत्र संस्थान, नेपाल टेलिभिजन, नेपाल रेल्वे कम्पनी पनि घाटामा रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा अस्तित्वमा रहेकामध्ये २२ संस्थान नाफा आर्जन गर्न सफल देखिए पनि खुद नाफा ४०.३० प्रतिशतले घटेको छ।

नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रूपैयाँ मात्र लाभांश प्राप्त गरेको छ। आव २०७६/७७ मा यस्तो नाफा १४ अर्ब ९ करोड ९५ लाख रूपैयाँ थियो।

सार्वजनिक संस्थानहरूको नाफा दुई वर्षयता निरन्तर घटेको प्रतिवेदनमा उल्लेख छ। कोभिड संक्रमणले गर्दा नाफा घटेको हो। राष्ट्रिय विपद्को समयमा अत्यावश्यक वस्तुको वितरण, बजारमा हुन सक्ने कृत्रिम अभाव, कार्टेलिङ, सिन्डिकेट र कालोबजारी नियन्त्रण गर्न स्थापना भएका डेढ दर्जन संस्थान घाटामा देखिएका छन्।

दूर सञ्चार कम्पनी, कृषि विकास वैंक, राष्ट्रिय बिमा कम्पनी, नागरिक लगानी कोष, नेपाल बैंक लगायतका संस्थान नाफामा रहेका छन्। ४४ संस्थान मध्ये सरकारको पूर्ण स्वामित्वमा २१ र सरकार लगायत अन्य निकायको समेत लगानी रहेका २३ वटा रहेका छन्। सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रूपैयाँ पुगेको छ। संस्थानबाट संकलित आयकरको योगदान ६.४९ प्रतिशत छ।

अत्यावश्यक सेवा बाहेकका संस्थानमा गरेको लगानीको प्रतिफल आउनुपर्ने भए पनि अपेक्षित प्रतिफल आउन सकेको छैन। सार्वजनिक संस्थानहरूले न गुणस्तरीय सेवा दिन सकेका छन् न त लाभांश नै।

लगानीका आधारमा सेवा तथा प्रतिफल दिन नसकेपछि सार्वजनिक संस्थानको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ। सरकारी लगानीका आधारमा प्रतिफल चिन्ताजनक छ। सरकारले स्थापना गरेका निकै थोरै संस्थाले मात्र प्रतिफल दिने गरेका छन्।

सरकारले लगानी गरेका सार्वजनिक संस्थानको लगानीमा औचित्य पुष्टि हुन नसकेको अर्थक्षेत्रका जानकार बताउँछन्। लगानीका आधारमा प्रतिफल तथा सेवा दिन नसकेपछि अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक संस्थानको भूमिकामाथि प्रश्न उठ्दै आएको छ।

पेट्रोलियम पदार्थ, विद्युत्लगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न संस्थान घाटामा जाँदा राज्यले व्ययभार लिएर सञ्चालन गर्नुपर्ने भए पनि कतिपय संस्थानहरू औचित्य नै नभईकन पनि सरकारको लगानीमा सञ्चालित छन्। लगानीका आधारमा प्रतिफल नदिएर सार्वजनिक संस्थाको अवस्था कमजोर भएको भन्दै अर्थ मन्त्रालयका अधिकारीले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानहरूसमेत नोक्सानीमा रहेको भन्दै सुधारका लागि नीतिगत परिवर्तन आवश्यक देखिएको छ।

आधारभूत वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने, बजारमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने, उपलब्ध साधन, स्रोतको समुचित उपयोग गरी आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सार्वजनिक संस्थान स्थापना गरिएको हो। राष्ट्रिय विपद्को समयमा अत्यावश्यक वस्तुको वितरण, बजारमा हुन सक्ने कृत्रिम अभाव, कार्टेलिङ, सिन्डिकेट र कालोबजारी नियन्त्रण गर्न सार्वजनिक संस्थानले उल्लेख्य भूमिका खेल्नुपर्ने भए पनि उपभोक्ताको चाहनाअनुसार काम गर्न सकेका छैनन्। विभिन्न संकटका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयल निगम, नेपाल वायु सेवा निगम, नेपाल दूरसञ्चार कम्पनी, साल्ट ट्रेडिड कर्पोरेसनले भने वस्तु तथा सेवाको आपूर्तिमा योगदान पुर्‍याएका छन्।

नीतिगत तथा व्यवस्थापकीय कमजोरीले धेरै संस्थान समस्याग्रस्त भई निरन्तर घाटामा छन्। सार्वजनिक संस्थानको व्यवस्थापकीय, प्राविधिक, व्यावसायिक र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए पनि सुधार हुन सकेको छैन।

सरकारको संरक्षण र लगानीमा सञ्चालित सार्वजनिक संस्था आर्थिक उदारीकरणपछि प्रतिस्पर्धात्मक वातावरणमा व्यावसायिक कुशलता अनुरूप सञ्चालनमा आउन नसकेपछि सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्।

खुला बजार अर्थनीति अवलम्बन गरेपछि सार्वजनिक संस्थानमा सरकारको लगानी विनिवेश गर्ने नीतिअनुरूप ३० वटा संस्थान निजीकरण गरिएको थियो। निजीकरण गरेपछि लगानी बढ्ने, उत्पादन तथा रोजगारी बढ्ने र समग्रमा कार्य सम्पादन अपेक्षित रूपमा सुधार हुने अपेक्षा गरिए पनि सार्थकता पाउन सकेको देखिँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस