चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।
तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ। छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार रूपैयाँको विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।
नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ। यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिँदै गएको देखिन्छ। नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा आर्थिक वर्ष २०७७/७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्को छिमेकी मुलुक भारत हो। चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्यबराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।
विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्यबराबरको स्याउ आयात भएको छ। समग्रमा चालु आवको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार ६ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ। नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ। सो अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६ सय मूल्यबराबरका कुल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ। पाँच प्रकारका फलपूmलमा कागतीको आयात तेस्रो स्थानमा छ। कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ। पहाडी डाँडाकाँडामा उत्पादन गरी राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ।
१ सय मिटरको उचाइदेखि दुई हजार ४ सय मिटरको उचाइमा ८ सय मिलिमिटरदेखि १ हजार २ सय मिलिमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ। कागतीलाई सुन खेतीका नामले पुकारिन्छ। झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख रूपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ।
नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ। तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ। तर आयात भने रोकिएको छैन। चालु आवको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ।
त्यस्तै सोही अवधिमा अंगुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अंगुरको आयात हुने गर्दछ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरको सुक्खा र ताजा गरी कुल ४८ लाख ९३ हजार आठ किलोग्राम अंगुर आयात भएको तथ्यांक छ।
यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट दुई करोडको एभोकाडो, भारतबाट १६ करोडको खर्बुजा, चीनबाट १३ करोडको नासपाती, भारतबाट चार करोडको किबी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एवं विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्ब रूपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।