आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’
०८ कार्तिक २०७८
•
२ मिनेट पाठ
आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’
पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ। दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।




उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए। 'अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ।' उनले भने। गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ।'गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ।' उनले लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि  नयाँ खरिद गर्नुपर्ने भएकाले पनि  अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको बताए।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिए।'साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ।' उनले भने। 'गत वर्ष असोजमा पनि बन्दाबन्दि खुकुलो पछि प्याराग्लाइडिङ गर्ने सङ्ख्या निकै राम्रो थियो, कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ।' पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए। उनीसँग ७५ वर्ष सम्मकालाई उडाएको अनुभवसमेत छ। पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन्। सरकारी कर्मचारी भने अलि कम छन्। उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन्।

दसैंको तिहारको समयलाई सदुपयोग गर्दै यहाँ घुम्न आएका हेटौँडाका सिजन र  रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताए। 'पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो।' सिजनले भने। यहाँ हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् यसमा १२ महिला छन्। यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन्। 

यस क्षेत्रमा करिब रु एक अर्बको लगानी छ। अहिले छ हजार शुल्कमा  उडानको मजा लिन सकिन्छ। हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको जानकारी दिए। विगतमा प्यारा पाइलटबाट भएका कमिकमजोरी र लापर्बाहीका कारण केही दुर्घटना भएका घटना सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए।  उनले भने 'विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो, तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सेक्युरिटीका साथ उडान गरिएको छ।' प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्णरुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ।  रासस
अर्को समाचार
पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार
२३ पौष २०८०
•
५ मिनेट पाठ
पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार
पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक
प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।  




प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।

‘मैले नै ४ हजार रुपैयाँमा पाहुना उडाएको छु। किनकी प्रतिश्पर्धात्मक बजारमा मूल्य घटेपछि सस्तो बनाएको हुँ,’ हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनिका संचालक शैलेन्द्र रावतले भने, ‘सबैतिर सस्तो परेपछि मैले पनि सस्तैमा उडाएको हुँ।’ उनका अनुसार यो मूल्य १५ देखि २० मिनेटसम्म अवधिका लागि मात्र हो।  

‘पहिला यही मूल्य १२ हजार रुपैयाँ थियो। छाता संस्था (ना) ले नै १२ हजार भन्दा कम लिन नपाउने गरि मूल्य तोकेको थियो, तर, अहिले यो मुल्य घटेर ३ देखि ४ हजार रुपैयाँमा झरेको छ,’ उनले भने, ‘खुला र प्रतिश्पर्धी बजार अनुरुप उडान संचालन गर्नुपर्ने भन्ने निर्णय भएपछि व्यावसायीले पाहुना तान्नका लागि आफु खुसी शुल्क लिएर उडाएका छन्।’
रावतका अनुसार व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो। ‘प्राधिकरणले ना लाई मूल्य तोक्न नपाउने भनेर खुला गरिदियो। त्यसपछि खुला बजार प्रतिश्पर्धामा जान बाध्य हुँदा मुल्य घटेको हो। कार्टेलिङ भएको गुनासो भएपछि खुला बजारमा जानुपर्छ भन्ने भयो,’ उनले भने, ‘जसले गर्दा मूल्य घट्न पुग्यो।’  

ब्लू स्काई प्याराग्लाइडिङ कम्पनिका संचालक नारायण पराजुलीले पनि अरु व्यावसायी सरह मूल्य तय गर्ने तयारी गरेको बताए। ‘केहीदिन अघिसम्म हामीले ८ हजार रुपैयाँमा उडाएका थियौ। तर, अरु कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा उडाएपछि हामी पनि मूल्य घटाउन बाध्य हुनेछौ,’ पराजुलीले भने, ‘तर कति लिने भन्ने निर्णय भईसकेको छैन। पाइलटसँग बसेर मूल्य तय गर्ने हो। अरु कम्पनि सरह मूल्य कम हुन्छ, तर, हामी गुणस्तर र सुरक्षाको विषयमा सम्झौता गर्दैनौ।’

सबै कम्पनिले मूल्य घटाएपछि आफुहरु पनि बाध्य भएको उनले बताए। ‘पहिला १२ हजार रुपैयाँ थियो। आन्तरिक पाहुनाका लागि यो शुल्क अधिक हो, विदेशीका लागि उपयुक्त भएपनि आन्तरिक पाहुनाका लागि महंगो थियो,’ पराजुलीले भने, ‘तर, अब प्रतिश्पर्धात्मक बजार अनुसार मुल्य सस्तो हुन्छ।’ पाइलटले आम्दानीको ६० प्रतिशत रकम लिने भएकोले पनि अबको नयाँ मूल्यमा पाइलटको आम्दानी खुम्चने उनले बताए। प्याराग्लाइडिङ उडान गर्दा यात्रुले तिरेको मुल्यको ६० प्रतिशत पाइलट र ४० प्रतिशत कम्पनिले लिने गरेको थियो। ‘बजारीकरण गरेर आफ्ना पाहुनालाई आफैले सेवा दिँदा खासै समस्या आउँदैन,’ उनले भने।  

अस्वस्थ प्रतिश्पर्धाको चिन्ता

प्याराग्लाइडिङ उडानमा प्रतिश्प्र्धात्मक तरिका अपनाउन पाउने भएपछि अहिले कम्पनिले मूल्य घटाएका छन। तर, केही व्यावसायीले यसरी मुल्य घटाएर उडान गर्न खोज्दा प्रतिश्पर्धा बढेर झनै दुर्घटना बढ्ने जोखिम रहेको बताए। ‘मूल्य घटाएपछि अस्वस्थ प्रतिश्पर्धाको डर हो, किनकी कम्पनिले पाहुना उडाउने हतार गर्दा जोखिम थपिने चिन्ता छ,’ ना का सल्लाहकार समेत रहेका रावतले भने, ‘खुला बजारमा प्रतिश्पर्धा हुन स्वभाविक हो, तर, प्रतिश्पर्धा अस्वस्थ हुने त्रास छ। सुरक्षाको चूनौती बढेको छ।’

उनका अनुसार यसअघि पोखराको सराङकोटमा ४ र तोरीपानीमा १ गरि ५ वटा टेकअफ पोइन्ट थिए। ल्याण्डिङ पोइन्ट ४ वटा थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि सराङकोटबाट हुने उडान रोकिएको थियो। अहिले प्याराग्लाइडिङको तोरिपानी र मान्द्रेडुंगामा गरि २ वटा टेकअफ र पामेको पुल छेउमा एउटा मात्र ल्याण्डिङ पोइन्ट छ। ल्याण्डिङ र टेकअफ पोइन्ट भाडामा लिइएका हुन्।  

‘बजार प्रतिश्पर्धात्मक तरिकाले खुलेको छ। तर, धेरै कमाउन खोज्दा आकाशमा भीड बढ्ने डर छ,’ रावतले भने, ‘टेकअफ र ल्याण्डिङ पोइन्ट पनि कम छन्। आकाश साँघुरो हुने डर छ।’ बिहान ११ बजेदेखि साढे २ बजेभित्र मात्र उड्नुपर्ने भएकोले पनि भीडभाड बढ्ने त्रास रहेको उनले बताए। 
‘आकाशमा पनि असुरक्षा हुने भयो। ५२ वटा कम्पनिको गाडी दौडदा बाटोको पनि व्यस्तता हुन्छ,’ उनले भने। अहिले पोखराको प्याराग्लाइडिङमा टेण्डम (व्यावसायिक) उडानका लागि ४ सय १ जना लाइसेन्स लिएका छन् भने २ सय ६० जना उड्ने पाइलट रहेको उनले बताए।  

छाता संस्था ना अध्यक्ष सुनिल भट्टराईले पनि खुला बजारमा जाँदा व्यावसायीले मुल्य ३ देखि ४ हजार रुपैयाँमा झारेको बताए। ‘खुला बजारमा जाँदा त राम्रो हो, तर अस्वस्थ प्रतिश्पर्धाको डर छ,’ भट्टराईले भने, ‘अस्वस्थ प्रतिश्पर्धाले गर्दा मूल्य घटेको छ। तर कम मुल्यमा धेरै पाहुना पायौं भनेर हतारमा उडान गर्न खोज्दा जोखिम  बढ्न सक्छ।’ 

त्यसबाहेक कम मुल्यमा उडाउँदा पाइलटले पारिश्रमिक पनि कम पाउँछन्। धेरै कमाउने नाममा उडानको चाप पाइलटलाई पर्न जाँदा समस्या बढ्ने चिन्ता रहेको उनले बताए। ‘सुरक्षामा चूनौती थपिन्छ की भन्ने मात्र हो। स्वस्थ प्रतिश्पर्धा नराम्रो होईन, तर, प्रतिश्पर्धाका नाममा गुणस्तर खस्किने त्रास बढेको छ,’ उनले भने, ‘व्यावसायीलाई बजारीकरणमा बाटो खुलेको छ।’  
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस