नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने
१८ चैत्र २०७८
•
२ मिनेट पाठ
नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने
आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई) बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ।




नेपाल हवाई खेलकुद संस्था (ना) द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी थालिएको जानकारी गराइयो। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिए।

एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। महिलातर्फ भने सो विद्याअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन्।

अन्य विधातर्फको एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रो हुनेले नगद पाँच हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन्। त्यसैगरी वेष्ट कस्टुयुमतर्फ पुरस्कार प्रदान गरिने छ। उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ।

कोरोनाका कारण दुई वर्षदेखि स्थगित प्रतियोगिता यसवर्ष सञ्चालन हुन लागेको र प्रतियोगितामा महिला र पुरुष गरी करिब १०० जना खेलाडीको सहभागिता रहने नेपाल हवाई खेलकुद संस्था९ना०का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

उनका अनुसार पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ५०० को हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरू छन्। कोरोनाका कारण प्रभावित पर्यटनलाई अघि बढाउन प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ। प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराई, सह संयोजक अनिल केसी, नेपाल पर्यटन बोर्डका प्रबन्धक नवीन पोखरेल, संस्थाका सचिव माधव तिवारीलगायतले साहसिक खेल र यसले पर्यटनमा पार्ने प्रभावलगायतमा बोलेका थिए। रासस
अर्को समाचार
पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै
०२ चैत्र २०८२
•
२ मिनेट पाठ
पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै
फाइल।
देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१ औं संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ।




नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएको आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए।

प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन्। कोभिड-१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विसं २०७८ मा देशभर ‘सोलो’ उडानमा रोक लगाएका कारण २०औँ संस्करणसम्म भएको च्याम्पियनसिप स्थगित भएको थियो।

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाएपछि प्रतियोगिता स्थगित भएको संयोजक भट्टराईले बताए। नेपालले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जित्न सफल भएको थियो।

नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा सो उपलब्धि हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए। 

‘खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो’, उनले भने, ‘अहिलेको विषम अवस्थामा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म भए पनि माथि उठाउन सक्ने विश्वास लिएका छौं।’

च्याम्पियनसिपबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरूमा भाग लिन सक्नेछन्। यसैगरी, यस खेलबाट आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङ विधाका गण्डकी प्रदेशस्तरीय खेलाडीसमेत छनोट गरिने अध्यक्ष केसीले बताए।

च्याम्पियनसिपमा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले एक लाख ५० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

त्यसैगरी द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ५० हजार पुरस्कार पाउनेछन्। महिलातर्फ च्याम्पियनले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउनेछन्।

त्यसैगरी, टिम ओभरअल विधामा पहिलो हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार पुरस्कार पाउने नाका महासचिव बलराम आचार्यले जानकारी दिए।

च्याम्यिनसिपमा मौसमको अवस्था महत्त्वपूर्ण हुने भएकाले उडान अघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरेर मात्र खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

खेलाडीहरूलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे जानकारीसहितको ब्रिफिङ गरिने र कार्यक्रमस्थलमा आवश्यक मात्रामा स्वयंसेवक, आकस्मिक उद्धार टोली सशस्त्र प्रहरी बल र नेपाली सेना मोटरबोटसहित आवश्यक उद्धार उपकरणसहित तैनाथ गरिने अध्यक्ष केसीले जानकारी दिए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस