काठमाडौं-वर्षौदेखि विवाद र छलफलमा सीमित भारतसँगको विद्युत व्यापार सम्झौता (पिटिए) अन्ततः टुंगो लागेको छ। दुई देशका ऊर्जासचिवले विद्युत आदानप्रदान, अन्तरदेशीय प्रसारण लाइन र ग्रिड सञ्जाल निर्माण गरी दुवैतर्फ बिजुली प्रसारण र वितरणको बाटो खोल्ने गरी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्।
भारतको नयाँदिल्लीमा बिहीबार सुरु दुईदिने बैठकको पहिलो दिन चार घन्टाको छलफलपछि नै भारतीय पक्ष नेपालले पठाएको पिटिए मस्यौदामा राजी भएपछि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा नेपालतर्फबाट ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय समकक्षी प्रदीपमान सिन्हाले हस्ताक्षर गरेका छन्।
ऊर्जामन्त्री राधा ज्ञवालीले भारतको नयाँ सरकारले नेपालप्रति राख्ने दृष्टिकोणमा परिवर्तन आएकाले सजिलै सम्झौता भएको बताइन्। 'तीन राजनीतिक दलले तय गरेको मस्यौदाको आधार र बुँदामै सम्झौता भएको छ,' उनले बिहीबार नागरिकसँग भनिन्, 'यो सम्झौताले जलविद्युत विकासमा नयाँ आयाम थपेको छ।' दुवै देशका सरकारले अनुमोदन गरेपछि मन्त्रीस्तरमा अन्तिम सम्झौता हुने उनले जानकारी दिइन्।
भारततर्फबाट गत साउन २ गते आएको मस्यौदामा शतप्रतिशत भारतीय वा नेपालका कम्पनीसँग सहकार्य गरेर मात्र जलविद्युत आयोजना बनाउन सकिने उल्लेख थियो। नेपाली पक्षले यो बुँदा हटाएर सम्झौताको संशोधित मस्यौदा पठाएको हो। भारतले त्यसैमा हस्ताक्षर गर्न सहमति जनाएको छ। सम्झौताअनुसार अब जुनसुकै देशका कम्पनीले नेपालका जलविद्युतमा लगानी गर्न सक्नेछन्।
सम्झौतापत्रको अनुच्छेद ८ अनुसार दुई देशबीचको यो सम्झौता सुरुमा २५ वर्षका लागि लागू हुनेछ। त्यसपछि हरेक १० वर्षमा स्वतः नवीकरण भएको मानिनेछ। कुनै पक्षले सम्झौता बीचमै खारेज गर्न चाहे अर्को पक्षलाई तीन महिनाअघि लिखित सूचना वा जानकारी दिनुपर्नेछ।
सम्झौताअनुसार हरेक जलविद्युत आयोजना नेपालको प्रचलित कानुनअनुसार छुट्टाछुट्टै मापदण्डका आधारमा निर्माण गर्न सकिने मन्त्री ज्ञवालीले बताइन्। 'यो काम देश बिस्तारै राजनीतिक स्थिरतातिर उन्मुख भएको संकेत हो,' उनले थपिन्। बिजुली आयात–निर्यातमा साझा बजार बन्दै गएको पनि उनको भनाइ छ।
मन्त्री ज्ञवालीका अनुसार पिटिए भइसकेपछि अबको चुनौती बिजुली उत्पादनको हो। छिटो, सस्तो र तोकिएको लागतमा बिजुली उत्पादन गर्न जरुरी रहेको उनको धारणा छ। राज्यले उत्पादनसँग जोडिएका जग्गा अधिग्रहण, प्रसारण लाइन निर्माण तथा आयोजनामा उत्पन्न हुने समस्यालाई समयमै सल्टाउनुपर्ने उनले बताइन्।
विद्युत क्षेत्रमा सहकार्य गर्नुका साथै प्रसारण लाइन निर्माण, ग्रिड कनेक्सन, विद्युत आदानप्रदान र व्यापार दुई देशका सरकारलाई मान्य हुने गरी सरकारी र निजी कम्पनीले गर्न सक्ने सम्झौतामा छ। यसअनुसार कुनै भेदभावविना एकले अर्को देशको विद्युत बजारमा सहज पहुँच पाउनेछ।
भारतले यसअघि पठाएको मस्यौदामा नेपाललाई आवश्यक बिजुलीको ग्यारेन्टी भइसकेकाले बढी भएको बिजुली भारतकै सर्तमा बेच्नुपर्ने र त्यसको मूल्य भारतको चलनचल्तीको भन्दा कम हुनुपर्ने उल्लेख थियो। सम्झौताअनुसार अब बिजुली निर्यात वा आयात गर्दा दुवै देशले कर, भ्याट वा अन्य कुनै पनि शुल्क लगाउन पाउने छैनन्।
एकले अर्को देशमा अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली निर्यात वा आयात गर्दा सम्बन्धित देशको कानुनलाई समेत ख्याल गर्नुपर्नेछ। पिटिए हस्ताक्षरपछि नेपाले भारतलगायत, बंगलादेश, पाकिस्तान वा भुटानसँग पनि बिजुली किनबेच गर्न सक्नेछ। यसअघि नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्न नदिने बताउँदै आएको थियो।
'प्रसारण लाइन निर्माण तथा क्षमता विस्तार गर्दै सार्क क्षेत्र र उप–क्षेत्रसम्म बिजुलीको साझा बजार विस्तार गर्न सकिने परिकल्पना गरिएको छ,' सम्झौतामा भनिएको छ, 'दुवै देशका विद्युत व्यापार कम्पनीले दुवै देशको उत्पादन र मागका आधारमा बिजुली किन्न र बेच्न सहजीकरण गर्न सक्नेछन्।' नेपाल–भारतबीचको यो सम्झौताले नेपाललाई अन्य देशसँग कुनै सम्झौता गर्न अवरोध हुनेछैन।
भारतले ऊर्जा मन्त्रालयलाई पठाएको मस्यौदामा विभिन्न राजनीतिक दलले असहमति जनाएपछि उक्त मस्यौदा ती राजनीतिक दलकै कार्यदल गठन गरेर संशोधन गरिएको थियो। भारतले मस्यौदामा समावेश गरेको शतप्रतिशत भारतीय कम्पनीले जलविद्युत आयोजना बनाउन सक्ने, उत्पादनमा सहकार्य गर्न सकिनेलगायत बुँदा नेपालले हटाएको थियो।
उत्पादन र पानी उपयोगका बुँदा हटाएपछि सम्झौता हुन नसक्ने सरकारी तथा निजी क्षेत्रका व्यक्तिले टिप्पणी गर्दै आएका थिए। भारतमा मोदी सरकारको आगमनकै कारण नेपालले तयार पारेको मस्यौदामा भारत पूर्ण सहमत भएको जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए। 'बिजुली नेपाललाई मात्र होइन, भारतलाई पनि चाहिएको छ, त्यसैले ऊ लचिलो भएको हो,' उनले भने।
सन् १९९६ मा नेपाल र भारतबीच पहिलो ऊर्जा सम्झौता भएको थियो। नेपालको संसदले अनुमोदन नगरेपछि उक्त सम्झौता कार्यान्वयनमा आएन। सन् २०१० मा नेपालले पहिलो मस्यौदा पठाएपछि यो प्रक्रिया फेरि अघि बढेको हो।