काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार सुरु हुने नेपाल भ्रमण क्रममा दुई देशबीच ‘विद्युत व्यापार सम्झौता' (पिटिए) हुने पक्कापक्की भएको छ।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि आइतबार नेपाल–भारत द्विपक्षीय वार्ताका बेला सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। ‘हामी पिटिएमा हस्ताक्षर गर्ने अवस्थामा पुगेका छौं। अहिले केही प्रक्रियागत काम मात्र बाँकी छन्,' मोदीको नेपाल भ्रमणबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले भने, ‘यसपटक हस्ताक्षर हुन्छ भन्ने हाम्रो बुझाइ छ र हुन्छ पनि।'
पिटिएमा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच छलफल भइरहेको उनले जनाए। भारतले पेस गरेको प्रस्ताव विवादास्पद बनेपछि त्यसलाई फेरबदल गरी दुवै देशको हितमा हुने गरी नयाँ प्रस्ताव तयार पारिएको हो। नयाँ प्रस्ताव शनिबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्तुत गरी पास गरेपछि हस्ताक्षर गर्न तयार हुने उनले जनाए। यसबाहेक अन्य ठूला सहमति तथा सम्झौता भने यो भ्रमण क्रममा हुने छैन।
नेपालले परिमार्जन गरेको मस्यौदामा पिटिए विद्युत व्यापारसँग मात्र सम्बन्धित हो भन्ने खुलाइएको छ। पिटिए मस्यौदा तयार पार्ने कार्यदलका एक सदस्य एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार पिटिए ऊर्जा उत्पादनसँग सम्बन्धित छैन।
‘भारतले पेस गरेको प्रस्तावमा रहेका कतिपय अनावश्यक कुरा हटाएका छौं,' उनले भने, ‘भारतीय कम्पनीले मात्र लगानी तथा उत्पादन गर्न पाउने भन्ने कुरा हटाएका छौं। मूल्य समायोजन खुला राखिएको छ। त्यो बजारअनुसार हुन्छ।'
परिमार्जन गरिएको पिटिए प्रस्ताव बिहीबार ऊर्जा मन्त्रालयले भारतसमक्ष पेस गरेकोमा भने परराष्ट्रमन्त्री पाण्डेले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाए। ऊर्जा मन्त्रालयले परिमार्जित प्रस्ताव परराष्ट्रमार्फत नपठाई सीधै काठमाडौंस्थित भारतीय दूतावासलाई बिहीबार बुझाएको थियो। दूतावासले ‘उपयुक्त च्यानल' मार्फत आउन भनेपछि मात्र ऊर्जाले परराष्ट्रलाई प्रस्ताव बुझाएको थियो। त्यसपछि परराष्ट्रले प्रस्ताव शुक्रबार भारतीय दूतावासलाई पठाएको हो।
‘आधिकारिक बाटो भनेको परराष्ट्र मन्त्रालय हो। यो कसरी पठाउने भन्ने एउटा प्रक्रिया हुन्छ। मन्त्रिपरिषदले यसलाई स्वीकृत गरेपछि मात्र यो कागजात आधिकारिक हुन्छ। हामी अहिले त्यो लेभलमा आइपुगेका छौं,' परराष्ट्रमन्त्री पाण्डेले भने।
मोदीको भ्रमण बेला केही सम्झौतापत्रमा दुई देशबीच हस्ताक्षर हुन सक्ने परराष्ट्रमन्त्री पाण्डेले जनाए। हस्ताक्षर हुने अन्य विषयको अझै टुंगो लागिनसकेको उनले बताए। ‘दुई–तीनवटा सम्झौतापत्रमा हस्ताक्षर हुनसक्छ। हामी तयारी गर्दैछौं,' उनले भने।
भ्रमण बेला गलगाँणसम्बन्धी सहमतिपत्र, नेपाल टेलिभिजन र भारतीय दूरदर्शन टेलिभिजनबीच सहमतिपत्रमा हस्ताक्षर हुनसक्ने जनाइएको छ। केही दिनअघि काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहमति भएका विषयलाई पनि मोदीको नेपाल भ्रमणका बेला अनुमोदन गराइने छ।