कोरोना प्रभावले थलिएको बजारमा दशैं र तिहारमा पनि आपेक्षित कारोबार नभएको व्यवसायीहरुले बताइरहेको बेला छठ पर्वले भने बजार गुल्जार भएको छ। यसपाली सोमबार नहाएखाए के बिधिसंगै छठ उपासनाको उपक्रम सुरु भएको छ। यससंगै बजारमा पनि छठ केन्द्रित किनबेच बढेको हो।
रेडिमेड कपडादेखि घ्यू, चिनी, आटाजस्ता सामग्री बेच्ने पसलहरुमा व्यवसायीहरुलाई ग्राहक सम्हाल्न हम्मेहम्मे छ। बिशेष गरेर छठ पर्वकै अवसरमा किनबेच हुने बाँसले र माटोबाट बनेका परम्परागत हस्तशील्पका समानहरुको किनबेच बढेको छ। फल, मिष्ठान र छठपूजामा लाग्ने सामग्रीको बिक्री पनि बढेको छ। छठको बजारमा बिशेष रुपमा प्रयोग हुने स्तशील्पका समानहरु र अन्य सामग्रीका सयौं पसलहरु छठ केन्द्रित बजारकै लागि घण्टाघरदेखि माइस्थानसम्म सडक किनारमा थापिएका छन्। अन्य चोकहरुमा पनि यस प्रकारका समान बेच्न पसल देखिन्छन्।
कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सि, पानको पात, केरा, उखु जस्ता समान बेच्ने सयौं पसलहरुमा भिडभाड छ। वीरगन्जको मुख्य बजार क्षेत्रमा छठले गर्दा किनमेल गर्नेको घुइँचो छ। बाँसको कम्चीबाट बनेका सामान खासमा मधेसका दलित समुदायले पुस्तैनी पेश र सिपको आधारमा तयार गर्छन्। अरु बेला यसको खासै माग हुँदैन। छठको बेला भने यस्ता बस्तुहरुको माग उच्च छ। करिब हरेक हिन्दु परिवारमा छठ हुने गरेकोले पूजा सामग्री राख्न, अर्घ्य दिन र बोकेर छठ घाटसम्म लैजान घरघरमा बासका भाँडाहरु चाहिने भएपछि त्यसको बिक्री समेत बढेको हो।
‘यस्ता समान वर्ष दिनमा हुने जती बिक्री छठ बेला ३/४ दिनमैं हुन्छ’, घण्टाघर चोकमा बाँसका कम्चीले बनेको ‘छैंटी र दउरा’ लिएर बेच्न बसेका हिरा राउतले भने, ‘सयदेखि ७ सय रुपैयाँसम्ममा समानहरु छन्।’ छठमा माटोको हात्ती, कलस, दियो, ढकनी, चैमुखजस्ता माटोका भाडाको पसलमा दिन भरी नै किन्नेहरुको भिड रह्यो। कुम्हाल जातिले परम्परागत रुपमा बनाउँदै आएका माटाबाट बनेको सामानको माग बिहेवारी, पूजाआजामा मात्र हुँदै आए पनि तिहार र छठमा भने मुख्य रुपमा यसले बजार लिएको हुन्छ। माटोका भाडाका पसल तिहार अगाडि शुरु भएर छठको दिन फर्किने गरेका छन्।
‘अब दुई दिन मात्र हो यि सबै समानको व्यापार हुने, त्यसपछि बिहेवारीमा छिटफुट बिक्री हुन्छ,’ घण्टाघर नजिकै माटोको भाँडाकुडा, दियो र कलशजस्ता सामान लिएर बेच्न बसेका रामायन पँडितले भने, ‘खेती गृहस्थी बाहेक वर्षमा एक पटक आउने तिहारदेखि छठसम्मको सिजने हामीलाई माटोको समान बेच्ने अवसर हो।’ फलफूल, चिनीको बातासा, झुत्रोसहित नारिवल, अगरबत्ती, सुकमेल, ल्वाङ्ग, अर्घौतिजस्ता पूजा सामग्रीको बिनबेच पनि भएको छ।
छठको बिशेष प्रसाद ‘ठेकुवा’ बनाउनमा प्रयोग हुने सामग्रीहरु चिनी, मैदा, घ्यू, बनस्पति घ्यू, खानेतेलको बिक्री पनि तुलनात्मक रुपमा बढेको व्यवसायीले बताए। छठ घाटमा नयाँ लुगा लगाएर जाने चलनले गर्दा सारी, सलवार कुर्ता, जिन्स पैन्ट, टि–सर्ट र अरु ‘रेडिमेड’ कपडा पसलमा बिक्री बढेको छ। यसपाली मंगलबार रसियावरोटी र बुधबार सँझिया घाट मनाइने छठ बिहीबार बिहानको सूर्य अर्घ्य दानपछि उद्यापन हुनेछ।