तरकारी मूल्य दोब्बर
३१ भदौ २०७१
•
३ मिनेट पाठ
तरकारी मूल्य दोब्बर
काठमाडौं- दुई दिनको अन्तरालमै कालीमाटीमा केही तरकारीको भाउ दोब्बर भएको छ। किसान र उपभोक्ता अधिकारकर्मी यसलाई त्यहाँका कर्मचारी र बिचौलिया 'मिलेमतोको नतिजा' भन्छन्।

भदौ २८ मा प्रतिकिलो ४० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य ७० पुगेको छ। ४५ को काउलीलाई अहिले ९० रुपैयाँ तिर्नुपर्छ। लौकाको ३० रुपैयाँ प्रतिकिलोबाट बढेर ५५ पुगेको छ

किसान र उपभोक्ता अधिकारकर्मी बिचौलिया र कालीमाटी फलफूल तथा तरकारी बजारका कर्मचारीको मिलेमतोमा मूल्य बढाइएको आरोप लगाउँछन्। किसानका अनुसार यतिबेला तरकारी आपूर्ति घटेको छैन। पर्याप्त मात्रामा उत्पादन भइरहे पनि तरकारीमा बिचौलियाले एकाधिकार जमाइसकेकाले मूल्य बढाएका हुन्।

'हामीले गोलभेंडा प्रतिकेजी ३० रुपैयाँमा बेचिरहेका छौं,' काठमाडौंमा टनेल प्रविधिबाट खेती गरिरहेका रणबहादुर तामाङले भने। उनका अनुसार बिचौलियाले बारीमै पुगेर मूल्य तोक्छन्।

उपभोक्ता अधिकारीकर्मी भने बजार अनुगमनमा जाँदा पनि तरकारीको चर्को मूल्यवृद्धिलाई कसैले वास्ता नगरेको आरोप लगाउँछन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँ भन्छन्, 'अनुगमनमा जानेसँग कालिमाटीका कर्मचारीले सेटिङ मिलाउँछन्।' बिचौलियाले तरकारी ल्याएर चल्तीको मूल्यभन्दा दोब्बरमा बेचेको थाहा पाउँदा पनि नियामक निकाय मूकदर्शक बनेको उनको आरोप छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ भने आपूर्ति घटेकाले मूल्य बढेको बताउँछन्। 'हामीले कमिसन खाएर मूल्य बढाएको छैन,' उनले भने, 'तरकारी अभाव भएपछि बढेको हो।' अहिले बर्खे सिजनमा हुने तरकारी सकिएको र हिउँदे सिजनको नआएकाले मूल्य केही बढेको उनको भनाइ छ। निर्देशक श्रेष्ठका अनुसार काउली, गोलभेंडा, लौका, कागतीलगायतको मूल्य बढेको छ।

कृषि विकास मन्त्रालयका सहसचिव मोहन चापागाईं पनि तरकारी आपूर्ति घटेकाले मूल्य बढेको बताउँछन्। 'कालीमाटीमा दैनिक ६ सय टन माग छ, आपूर्ति चार सय ५० टनमात्रै,' उनले भने, 'मागअनुसार नआएपछि मूल्य स्वाभाविक रुपमा बढ्छ।'

कालिमाटी फलफूल तथा बजार विकास समितिमार्फत कृषि विकास मन्त्रालयमा समेत कमिसन आउने गरेकाले बिचौलियाको रजाइँ चल्ने बानियाँ दाबी गर्छन्। काठमाडौंमा पर्याप्त मात्रामा तरकारी नभित्रिएको बहाना पार्दै बिचौलिया र बजारका कर्मचारीले दुई दिनमै अधिकांश तरकारीको मूल्य दोब्बर बनाएको उनले दाबी गरे।
अर्को समाचार
तरकारीको मूल्य छोइनसक्नु
२१ कार्तिक २०७४
•
७ मिनेट पाठ
तरकारीको मूल्य छोइनसक्नु
काठमाडौं- काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको भएको छ । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य अाकासिएको हो ।

सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दसैंअघिको तुलनामा दोब्बरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य अाकासिएको उनले जानकारी दिए ।

‘कालीमाटी फलफूल तरकारी बजारमा अहिले दैनिक तीन सय ५० मेट्रिक टन मात्रै तरकारी आपूर्ति हुने गरेको छ । ५० प्रतिशत मात्रै आपूर्ति भएका कारण तरकारीको मूल्यमा प्रभाव परेको हो,’ उनले भने, ‘नेपालमा तरकारी उत्पादन कम छ । भारतबाट आउने तरकारीमा पनि मूल्यवृद्धि भएको छ । यसले गर्दा तरकारीको मूल्य बढेको हो ।’

थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा एक सय १० रुपैयाँ छ । गत वर्ष कात्तिकमा सानो गोलभेंडाको सरदर मूल्य ३७ रुपैयाँ किलो थियो । प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि रहेको उपभोक्ता बताउँछन् । गत वर्ष कात्तिकमा प्याजको सरदर मूल्य २३ रुपैयाँ किलो थियो ।

थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ । तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ ।

गाँजर  प्रतिकेजी ९१ रुपैयाँ छ । बन्दा ६७ रुपैयाँ छ । यसको मूल्य आइतबारको तुलनामा २० प्रतिशतले बढेको व्यवसायी बताउँछन् । स्थानीय काउलीको मूल्य आइतबारको तुलनामा २३ प्रतिशतले घटे पनि बजारमा किलोको सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सोमबार बोडी प्रतिकेजी थोक मूल्य एक सय पाँच रुपैयाँ छ । बजारमा एक सय ३० रुपैयाँमा बिक्री भइरहेको छ । मटरकोसा आइतबार एक सय ३५ किलो थियो भने सोमबार एक सय पाँच रुपैयाँ थोक मूल्य भए पनि बजारमा एक सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

हरियो फर्सीको थोक मूल्य ५७ रुपैयाँ किलो छ । बजारमा ९० रुपैयाँ हारहारीमा किनबेच भयो ।  तामा थोक मूल्य किलोको एक २५ रुपैयाँ छ । सुकेको नेपाली लसुन प्रतिकेजी एक ९५ रुपैयाँ छ । हरियो धनिया प्रतिकेजी दुई २५ रुपैयाँ छ । कागती प्रतिकेजी पाँच सय २५ रुपैयाँ छ । सुकेको खुर्सानी प्रतिकेजी एक सय ९५ रुपैयाँ छ । तिते करेला प्रतिकेजी ९२ रुपैयाँ मूल्य छ । च्याउ किलोको एक सय ५५ रुपैयाँ मूल्य छ ।

तरकारीको थोक र खुद्रा मूल्यको अन्तरको यो एउटा सामान्य उदाहरण मात्र हो । सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दा पनि उपभोक्ता ठगिएका छन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेका छन् । थोकमा किनेको तरकारीको मूल्य खुद्रा व्यवसायीले बेच्दा बढीमा २० प्रतिशत नाफा खानुपर्ने हुन्छ । तर व्यवसायीले मनलाग्दी लिने गरेका छन् ।

‘थोक बजारमा किनेको तरकारीको बढीमा २० प्रतिशतसम्म मूल्य बढ्नुपर्ने हो । तर, कतिपय तरकारीको मूल्य शतप्रतिशत बढाएर बेच्ने गरेका छन्,’ धितालले भने । थोक मूल्यमा किनेको तरकारीको केही भाग बिग्रने र बिक्री नहुँदा नोक्सान हुने भएकोले पनि व्यवसायीले थप नाफा राखेर बेचेको हुन सक्ने तरकारी विकास समितिका वरिष्ठ अधिकृत धितालको भनाइ छ ।

उनका अनुसार खुद्रा व्यवसायीले पनि महँगोमा तरकारी किनेका कारण बजारमा मूल्य बढी जस्तो देखिएको हो ।

असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको तरकारी व्यवसायी जीवन श्रेष्ठले बताए । उनका अनुसार कालीमाटीमा दसैंअघिको जस्तो चाप छैन । ‘आपूर्ति कम भएका कारण तरकारी मूल्य फरक पर्न गएको हो,’ उनले भने ।

कालीमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा तरकारी आपूर्तिमा कमी आएको व्यवसायी बताउँछन् ।

राज्यले कृषि उपजमा कति नाफा लिन पाउने भन्ने नीति नबनाएकोले पनि मूल्य निर्धारण गर्न सकिने अवस्था नरहेको धितालको भनाइ छ । ‘यसमा सरकारी अनुगमनकै अभाव हो । मूल्य तोक्ने अधिकार हामीलाई छैन,’ उनले भने, ‘कृषि उपजमा तोकिएभन्दा बढी नाफा लिन मिल्दैन भनेर सरकारले नीति ल्याउने हो भने मूल्यमा मनपरी हुन पाउँदैन ।’

खुद्रा व्यवसायी भने थोकमा किनेको तरकारीमा केही नाफा राखेर बेच्दै आएको बताउँछन् । ‘हामीले भन्दा धेरै नाफा त किसानसँग किनेर बजार ल्याउने बिचौलियाले लिएका छन्,’ जोरपाटीस्थित खुद्रा तरकारी व्यवसायी माया अधिकारीले भनिन्, ‘तरकारी किन्दा नै महँगो हुन्छ । हामीले जति मूल्यमा ल्याएका छौं । यसमा गाडी भाडा र केही नाफा मात्रै राखेर बेच्छौं ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस