मदन भण्डारी राजमार्गकाे खट्टार धुराबजार सडकखण्ड चौडा घटाएर निर्माण सुरु
२२ मंसिर २०७८
•
३ मिनेट पाठ
मदन भण्डारी राजमार्गकाे खट्टार धुराबजार सडकखण्ड चौडा घटाएर निर्माण सुरु
मदन भण्डारी राजमार्गको पश्चिम खण्ड अन्र्तगत खट्टार धुराबजार क्षेत्रमा सडक विस्तारको काम हुदै।तस्बिर: अनिल /नागरिक
मदनभण्डारी राजमार्ग अन्र्तगत सिन्धुली सदरमुकामको ६ किलोमिटर सडकको चौडाइ साघुरो बनाएर निर्माण गरिने भएको छ। राष्ट्रिय गौरबको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौडा–सिन्धुली–चतरा-मदन भण्डारी राजमार्ग) को रुट सिन्धुली सरमुकामस्थित ६ किलोमिटर सडक निर्माण गर्न स्थानीयले अवरोध गरेपछि सडकको चौडाइलाई कम गरि निर्माण गर्न थालिएको छ।  




लामो समयदेखि विवादित रहेको पश्चिमखण्ड अन्तर्गत खट्टारदेखि धुराबजारसम्मका स्थानीयले जग्गा जमिनको मुआब्जाको माग गर्दै क्षतिपुर्ति नभए सडक अवरुद्व गर्ने चेतावनी दिएसँगै राजमार्गको निर्माण कार्य अवरुद्व भएको थियो। तर सर्वपक्षिय भेलाले सडकको चौडाई खुम्चाएर नालासहित ११ मिटरमात्रै सडक निर्माण गर्ने सहमती भएपछि निर्माण गर्न स्थानीयले सहमती दिएका थिए। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलन चोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङ्कन तथा विस्तृत अध्यन प्रतिवेदन तयार भई ठेक्का लागेको भएपनि स्थानीयले राजमार्ग निर्माण गर्दा क्षति धेरै हुने भन्दै अवरुद्व गर्दै आएका थिए। 

राजमार्गको क्षेत्राधिकार दाया/बाँया गरि ३० मिटर नेपाल सरकारले कायम गरेको भएपनि यस क्षेत्रमा ११ मिटर चौडा बाहेक अन्य जग्गा जमिन सडकलाई नदिने स्थानीयले बताउँदै आएका छन्। डिपिआर तयार भई ठेक्का लागेको रुटको धुराबजार क्षेत्रका केहि घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भन्दै त्यस क्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरि अन्यत्र डाइभर्ट गर्न भन्दै यहाँका स्थानीयले निर्माणमा अवरोध गर्दै आएका थिए।  

मदनभण्डारी राजमार्गको पश्चिम खण्डमा पर्ने धुराबजारदेखि खट्टारसम्म विवाद भइ सडक निर्माण नभएपछि धुराबजारको सिरानदेखि खट्टारसम्म नालासहित ११ मिटर सडक बनाउने सहमती अनुसार धमाधम काम भइरहेको आयोजनाले जनाएको छ। यस्तै धुराबजार हुँदै विपी राजमार्गमा जोडिने सडक हाल जति कायम छ सोही सडकलाई ओभरले (कालोपत्रेमाथि थप कालोपत्रे) गर्ने सहमती भइ काम अगाडी बढेको मदनभण्डारी राजमार्ग आयोजनाका पश्चिम खण्डका आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बताए। यस खण्ड अन्तर्गत सिन्धुलीको बसपार्कबाट धुराबजार जोड्ने गरि ग्वाङ खोलामा पक्कि पुल निर्माण गर्न बाकी रहेको र हाल कायम भएको पक्कि पुल भत्काएर सोही ठाँउमा अर्को पुल निर्माण हुने आयोजना प्रमुख दासले बताए।  

मदन भण्डारी राजमार्गको यस क्षेत्र बाहेक अन्य क्षेत्रमा नालाबाहेक पिच मात्रै ११ मिटर कायम भएको भएपनि यस क्षेत्रमा ९ मिटरमात्रै कालोपत्रे  र दुई मिटर नाला निर्माण हुने भएको छ। सडक डबल लेनकै हुन्छ तर अन्यन्त्र भन्दा खट्टार धुराबजार क्षेत्रमा चौडाई कम हुनेछ आयोजनाका इन्जिनियर निरञ्जन थापाले भने धुराबजारदेखि विपी राजमार्गको शान्तिनगरचोकसम्म सडक फराकिलो पार्ने काम हुनेछैन सोही सडकमा ओभरले हुन्छ। 

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। यस खण्डमा ९० प्रतिशत काम सम्पन्न भइसकेको र अब विवाद नआए चैतसम्म धुराबजार खट्टारको काम समेत भइसक्ने आयोजनाले जनाएको छ। 

११ मिटर चौडाई भएको सडक निर्माणभएपश्चात बाँकी जग्गामा घर नक्सा पास गर्न खुल्ला हुनुपर्ने र बैकिङ कारोबारका लागि समेत खुल्ला हुनुपर्ने स्थानीय छत्र बम्जनको भनाई छ। ११ मिटर चौडा कायम गरि सडक निर्माण गर्न हामी सहमत भएका छौं तर सडकले कायम गरेको बाहेकको जग्गा जमिन समेत हामीले आफ्नै तरिकामा काम गर्न सक्ने अवस्था छैन, यो समस्याको तत्काल समाधान हुनुपर्छ उनले भने।
अर्को समाचार
६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव
१४ वैशाख २०८१
•
३ मिनेट पाठ
६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव
फाइल तस्वीर
पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ। समयमा आयोजनाको काम पूरा नहुने निश्चित भएको छ भने भइरहेको काम पनि सुस्त छ।




आयोजना प्रमुख दीप बाराहीका अनुसार आयोजनाले थप तीन वर्ष म्याद थप गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ। पठाइएको प्रस्तावलाई मन्त्रालयले स्वीकृति जनाएमा २०८५ साल असार मसान्तसम्म मात्र आयोजना पूरा हुने भएको छ।

‘बन, जग्गामा विवाद, बजेट अभाव, कोरना महामारीलगायतका विभिन्न कारणले तोकिएको समयभित्र यस आयोजनाको काम पूरा हुन सकेन,’ बाराहीले भने, ‘अहिलेसम्म आयोजनको समग्र भौतिक प्रगति करिब ५२ प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ।’

ठेकेदारलाई दिने पैसा अर्थ मन्त्रालयले निकासा नगरेकाले वित्तीय प्रगति भौतिकभन्दा कम देखिएको उनको भनाइ छ।

२०७५ जेठ ६ देखि आयोजनाको काम सुरु गरिएको थियो। सुरुमा २०८२ असार मसान्तभित्र आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य राखिएको थियो। तर समयमा काम हुन नसक्दा अबको एक वर्षभित्र सबै काम पूरा हुने सम्भावना छैन। आयोजनाका अनुसार अहिलेसम्म करिब ३६ अर्ब रूपैयाँ खर्च भइसकेको छ।

चालु आर्थिक वर्षमा मात्र आयोजनाका लागि दुई अर्ब ५५ करोड रूपैयाँ छुट्टयाइएको छ। त्यसमध्ये अहिलेसम्म एक अर्ब ९४ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत ७५ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

आयोजनाका अनुसार राजमार्ग झापाको बाहुनडाँगीदेखि सुरु भएर डडेलधुराको रूपालसम्म पुग्ने छ। त्यस बेलासम्म यस राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० किलोमिटर हुनेछ। त्यसमध्ये सात सय ४० किलोमिटर दुरी मदन भण्डारी राजमार्गले मात्र छुनेछ।

‘राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० भए पनि केही ठाउँमा यो अन्य राजमार्गसँग जोडिएको छ। अन्य राजमार्गसँग जोडिएको लम्बाइ घटाई मदन भण्डारी राजमार्गलाई मात्र जोड्ने हो भने यसको लम्बाइ सात सय ४० किलोमिटर हुनेछ,’ आयोजनाका इन्जिनियर कृष्णबहादुर कँुवरले भने।

उनका अनुसार राजमार्गको कुल लम्बाइमध्ये तीन सय १७ किलोमिटर बाटोमा अहिलेसम्म कालोपत्र भइसकेको छ। चार सय ५४ किलोमिटर दुरीमा कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको छ भने बाँकी दुई सय ८६ किलोमिटर दुरीमा ठेक्का सम्झौता हुन सकेको छैन। बजेट अभावमा सबै ठाउँमा ठेक्का सम्झौता हुन नसकेको आयोजनाले जनाएको छ।

राजमार्गमा निर्माण हुने एक सय ८५ वटा पुलमध्ये अहिलेसम्म एक सय २७ वटा बनिसकेका छन्। करिब एक सय ८० वटा पुल बनाउन ठेक्का सम्झौता भइसकेको छ। बाँकी करिब २५ वटा पुलको ठेक्का सम्झौता नभएको आयोजनाले जनाएको छ। राजमार्गले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम गरी ६ वटा प्रदेशलाई पूर्व–पश्चिम राजमार्गसँज जोड्ने भएको छ।

यसैगरी, यसले झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुर गरी १८ वटा जिल्लाई जोड्नेछ। यस आयोजनाबाट ८४लाख ३३ हजार नागरिक प्रत्यक्ष्य लाभान्वित हुने अनुमान गरिएको छ। यस आयोजनाले चुरेको वन क्षेत्र भन्दा तल रहेका क्षेत्रमा औद्यौगकि तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अनुमान गरेको छ। सरकारले यस आयोजनालाई राष्ट्रिय प्राथमिक आयोजनाको रूपमा राखेको छ। तर काम भने निकै ढिलो भइरहेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस