चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च सरकारले राखेको लक्ष्यभन्दा निराशाजनक भएपछि पहिलो पटक अर्थमन्त्री बनेका जनार्दन शर्माको आलोचना सुरु भएको छ।
अर्थमन्त्री शर्माले चालु आवको बजेट सार्वजनिक गर्दा पुँजीगत खर्च ४ खर्ब ३९ अर्ब रूपैयाँ गर्ने लक्ष्य राखेका थिए। यो वर्षका ५ महिना (साउन–मंसिर) सम्म सरकारले जम्मा २८ अर्ब ६३ करोड रूपैयाँ खर्च गरेको छ। यो लक्ष्यको साढे ६ प्रतिशत मात्र हो।
कोभिड–१९ ले समस्याग्रस्त बनेका अघिल्ला २ वर्षको तुलनामा यो वर्ष पुँजीगत बजेट खर्च कम भएको हो। यही कारण अर्थमन्त्री शर्माको आलोचना हुन सुरु भएको छ।
अर्थमन्त्री शर्माले बजेटमा राखेको लक्ष्य फेला पार्न दैनिक औसतमा एक अर्ब २१ करोड रूपैयाँका दरले पुँजीगत बजेट खर्च हुनुपर्छ। तर,अहिलेसम्मको तथ्यांक हेर्दा सरकारको दैनिक औसत खर्च १९ करोड रूपैयाँ मात्र छ।
बजेटमा राखिएको लक्ष्यअनुसार खर्च नभएर आफ्नो आलोचना सुरु भएपछि अर्थमन्त्री शर्माले खर्च बढाउन विभिन्न उपाय अपनाउन खोजेका छन्। तर उनी सफल हुन सकेका छैनन्।
केही दिनअघि मात्र उनले प्रतिमहिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएका थिए। जबकि अहिलेसम्म खर्च ७ प्रतिशत पनि पुगेको छैन।
यसै क्रममा शर्माले शुक्रबार आफ्नै मन्त्रालयमा पुँजीगत बजेट धेरै भएका मन्त्रालयका मन्त्री र सचिव राखेर छलफल गरे। ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव,स्वास्थ्यमन्त्री विरोध खतिवडा,खानेपानी मन्त्री उमाकान्त चौधरीलगायतलाई मन्त्रालयमै बोलाएर उनले खर्च बढाउन आग्रह गरे।
यो छलफलमा सहभागी अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार गठबन्धनको सरकार भएकाले शर्माले कुनै पनि मन्त्रीलाई खर्च गर्न दबाब दिन सकेनन्। विगतमा कतिपय अर्थमन्त्रीले आयोजना गर्ने यस्तो छलफलमा लक्ष्यअनुसार खर्च नगर्ने मन्त्री र सचिवलाई दबाब दिने गर्थे।
अर्थका ती अधिकारीका अनुसार शर्माले पुसभित्र आ–आफ्नो मन्त्रालयको बजेटमध्ये ३० प्रतिशत रकम खर्च गर्न मन्त्रीहरूलाई आग्रह गरे। सहभागी मन्त्रीहरूले पनि बजेट खर्च गर्न विभिन्न समस्या भएको जानकारी दिँदै सकेसम्म खर्च बढाउन प्रयास गर्ने बताएका थिए।
अर्थमन्त्री शर्माले समयमा पुँजीगत खर्च हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता अभाव भएको बताएका थिए। ‘बजेटको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन,गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ शर्माले भने,‘यहाँहरूको पनि आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत यो महिनाभित्र खर्च भएको हुनुपर्छ।’ उनले समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वयलगायत कार्य समयमै गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अर्थमन्त्री शर्माले बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए बजेटलाई रकमान्तर गर्ने भन्दै घुमाउरो किसिमले खर्च बढाउन दबाब दिए।
‘बजेट त्यहीँ बसिराख्दैन। यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिनेछैन,’शर्माले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन। जे निकासा हुने हो पहिले नै हुन्छ। खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौं।’
अर्थमन्त्री शर्माले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गर्ने समेत बताए। ‘खर्च गर्नुस्, बजेट लिनुस्,’मन्त्री शर्माले भने, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न।’
यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयका अधिकारीलाई मन्त्रालयमा आएको फाइलको तीन दिनभित्र जबाफ पठाउन निर्देशन दिए।
पुँजीगतबाहेक चालु आवको बजेटमा सरकारले राखेका अन्य लक्ष्यको प्रगति पनि निराशाजनक छ। सरकारले यो वर्ष १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेट ल्याएको थियो। त्यसमध्ये अहिलेसम्म ३ खर्ब ८९ अर्ब रूपैयाँ मात्र खर्च भएको छ।
चालु आवको ५ महिना बितिसक्दा सरकारले लक्ष्यको झन्डै २४ प्रतिशत मात्र खर्च गरेको हो। यस्तै यो वर्ष अहिलेसम्म चालु खर्च ३ खर्ब १९ अर्ब रूपैयाँ भएको छ। यो लक्ष्यको करिब ३२ प्रतिशत हो। पुँजीगत खर्च नगरे पनि चालु खर्चमा सरकारको लगाम देखिँदैन।
अर्थमन्त्री शर्माले यो वर्ष राजस्व असुली लक्ष्यभन्दा २ सय प्रतिशत बढी गर्ने बताउँदै आएका छन्। अहिलेसम्म राजस्व असुली ४ खर्ब १४ अर्ब रूपैयाँ भएको छ। यस वर्ष सरकारले ११ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
अर्कोतिर सरकारले अहिलेसम्म एक रूपैयाँ पनि वैदेशिक अनुदान ल्याउन सकेको छैन। यो वर्ष बजेटको स्रोतमा ५९ अर्ब ९१ करोड रूपैयाँ वैदेशिक अनुदानबाट आउने भनिएको छ। पाँच महिनासम्म सुको अनुदान नआएपछि सरकारको यो लक्ष्य पनि पूरा हुने देखिँदैन।