दोस्रो चौमासिकको रकम निकासा
२८ पौष २०७८
•
१ मिनेट पाठ
दोस्रो चौमासिकको रकम निकासा
चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकमा न्यून पुँजीगत बजेट खर्च गरेका बाँकेका आठवटै स्थानीय तहमा दोस्रो चौमासिकका लागि अर्बौं रूपैयाँ निकासा भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेले दोस्रो चौमासिकका लागि २ अर्ब १५ करोड २० लाख रूपैयाँभन्दा बढी निकासा गरेको हो।




कार्यालय प्रमुख खडानन्द अधिकारीका अनुसार नेपालगन्ज उपमहानगर पालिकामा संघीय अनुदान तर्फ ४८ करोड ८५ लाख र प्रदेश अनुदानतर्फ २ करोड ३३ लाख निकासा भएको छ। यहाँ कुल ५१ करोड १९ लाख निकासा भएको छ।

कोहलपुर नगरपालिकामा संघीय अनुदानतर्फ २७ करोड र प्रदेश अनुदानतर्फ १ करोड ९२ लाख निकासा भएको उनले जानकारी दिए। जिल्लामा रहेका ६ वटा गाउँपालिकामध्ये राप्तीसोनारीमा दोस्रो चौमासिकका लागि संघीय अनुदानतर्फ २६ करोड ४४ लाख र प्रदेश अनुदानतर्फ १ करोड १४ लाख रूपैयाँ निकासा भएको उनको भनाइ छ।

यस्तै वैजनाथ गाउँपालिकामा संघीय अनुदान २५ करोड २९ लाख र प्रदेश अनुदानतर्फ १ करोड १३ लाख निकासा भएको छ। कार्यालय प्रमुख अधिकारीका अनुसार खजुरा गाउँपालिकामा संघीय अनुदानतर्फ २५ करोड ३१ लाख र प्रदेश अनुदान १ करोड ६१ लाख निकासा गरिएको छ। डुडुवा गाउँपालिकामा संघीय अनुदानतर्फ १८ करोड ४८ लाख र प्रदेश अनुदानतर्फ १ करोड २ लाख निकासा गरिएको छ।

पहिलो चौमासिकमा सबैभन्दा बढी पुँजीगत बजेट खर्च गरेको नरैनापुर गाउँपालिकामा भने दोस्रो चौमासिकमा संघीय अनुदानतर्फ १६ करोड ६७ लाख र प्रदेश अनुदानतर्फ १ करोड १० लाख ५ हजार रूपैयाँ निकासा भएको कार्यालयले जनाएको छ। सबैभन्दा कम जानकी गाउँपालिकामा संघीय अनुदानतर्फ १५ करोड ९० लाख र प्रदेश अनुदानतर्फ १ करोड ३ लाख ८३ निकासा भएको छ।
अर्को समाचार
विकास खर्च पाँच प्रतिशत राजस्वले चालु खर्च ठिक्क
०२ कार्तिक २०७९
•
४ मिनेट पाठ
विकास खर्च पाँच प्रतिशत राजस्वले चालु खर्च ठिक्क
सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा पुँजीगत (विकास) खर्च १९ अर्ब ६८ करोड रूपैयाँ गरेको छ। यो पछिल्ला ६ वर्षका सुरुका तीन महिनामा भएको खर्च जस्तै हो।




आव २०७५–७६ देखि चालु वर्षसम्मको पुँजीगत खर्च रकमका आधारमा तुलना गर्दा यो वर्ष बढ्न सकेको छैन। आव २०७५–७६ को सुरुका तीन महिना (साउन–असोज) मा पुँजीगत खर्च १५ अर्ब ७० करोड रूपैयाँ भएको थियो। त्यसपछिका ३ वर्षमा क्रमशः २२ अर्ब ५९ करोड, १८ अर्ब ३६ करोड र १५ अर्ब १० करोड रूपैयाँ भएको थियो। गत आर्थिक वर्षका तीन महिनामा सरकारले १५ अर्ब ३ करोड रूपैयाँ खर्च गरेको थियो।

सरकारको प्रगति प्रतिशतमा हेर्दा पनि यसवर्ष औषत मात्र देखिएको छ। चालु आवमा विकास खर्च ५.१७ प्रतिशत मात्र भएको छ। अघिल्ला पाँच वर्षमा सरकारले प्रतिमहिना डेढदेखि २ प्रतिशतका दरले मात्र विकास खर्च गरेको थियो। गत वर्ष भने लक्ष्यको तुलनामा तीन महिनाको खर्च ३.४५ प्रतिशत मात्र पुगेको थियो।

अर्थ मन्त्रालयका अधिकारीहरू आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएका कारण विकास खर्च नबढेको बताउँछन्। वर्षको सुरुमा नै निर्वाचनको माहोल बनेकाले निर्वाचनपछि मात्र विकास खर्चले गति लिने उनीहरूको दाबी छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवका लागि सरकारले पुँजीगत बजेट ३ खर्ब ८० अर्ब रूपैयाँ गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये असोज ३१ सम्म १९ अर्ब ६८ करोड रूपैयाँ खर्च भएको हो। गत वर्ष पुँजीगत बजेट ४ खर्ब ३५ अर्ब रूपैयाँको थियो। त्यसमध्ये असोज अन्तिमसम्म १५ अर्ब ३ करोड खर्च भएको थियो।

महालेखाका अनुसार पहिलो तीन महिनामा सरकारले चालु खर्च २ खर्ब २३ अर्ब रूपैयाँ गरेको छ। गत वर्ष चालु खर्च एक खर्ब ८६ अर्ब रूपैयाँ भएको थियो। चुनाव खर्च र सरकारी कर्मचारीको तलब बढेका कारण यो वर्ष गत वर्षभन्दा बढी चालु खर्च भएको हो।

महालेखाका अनुसार यो वर्ष चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ हुने अनुमान छ। तीन महिनाको चालु खर्च लक्ष्यको १८.९ प्रतिशत हो। गत वर्षका तीन महिनामा पनि चालु खर्च लक्ष्यको १८.५९ प्रतिशत भएको थियो। गत वर्ष सरकारले चालु खर्चमा १० खर्ब ४ अर्ब रूपैयाँ बजेट राखेको थियो।

यस्तै यो अवधिमा वित्तीय व्यवस्थापनमा ३४ अर्ब ७३ करोड रूपैयाँ गरेको छ। यो लक्ष्यको १५ प्रतिशत हो। यो वर्ष वित्तीय व्यवस्थापनमा २ खर्ब ३० अर्ब रूपैयाँ बजेट राखिएको छ।

सरकारले गत वर्षका सुरुका तीन महिनामा पनि वित्तीय व्यवस्थापनमा ३३ अर्ब रूपैयाँ खर्च गरेको थियो। गत वर्ष वित्तीय व्यवस्थापनका लागि २ खर्ब ७ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको थियो।

महालेखाका अनुसार पहिलो तीन महिनामा सरकारको कुल बजेट खर्च २ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ। यो लक्ष्यको १५.५१ प्रतिशत हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब रूपैयाँ खर्च हुने भनेको छ।

सरकारले गत वर्षका तीन महिनामा २ खर्ब ३४ अर्ब रूपैयाँ खर्च गरेको थियो। यो लक्ष्यको १४.२६ प्रतिशत थियो।

यो वर्ष सरकारको खर्च बढेको छ तर त्यसअनुसार राजस्व संकलनको अवस्था राम्रो देखिएको छैन। अहिलेसम्म सरकारको कुल आम्दानीले कुल खर्च धान्न सकेको छैन। सरकारको तीन महिनामा वैदेशिक अनुदानसहित कुल आम्दानी २ खर्ब ३२ अर्ब रूपैयाँ भएको छ। कुल खर्च भने २ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ।

सरकारको अनुदानसहितको राजस्व आम्दानीले चालु खर्च मात्र धान्न सकेको अवस्था छ। यो वर्षका तीन महिनामा चालु खर्च २ खर्ब २३ अर्ब रूपैयाँ पुग्दा अनुदानसहितको राजस्व आम्दानी २ खर्ब ३२ अर्ब रूपैयाँ मात्र छ।

महालेखाका अनुसार यो वर्ष तीन महिनामा सरकारले लक्ष्यको कुल आम्दानी १५.९१ र राजस्व असुली १४.८७ प्रतिशत मात्र पुगेको छ । यो तीन महिनामा २ खर्ब ८ अर्ब रूपैयाँ राजस्व असुली भएको छ।

सरकारले गत वर्ष सुरुका तीन महिनामा लक्ष्यअनुसार राजस्व संकलन गरेको थियो। तीन महिनामा कुल आम्दानी २ खर्ब ७९ अर्ब रूपैयाँ गरेको थियो। यसमध्ये राजस्वबाट मात्र २ खर्ब ५६ अर्ब रूपैयाँ संकलन भएको थियो। यो सरकारले राखेकोे लक्ष्यको २२.३ प्रतिशत असुली थियो।

महालेखाका अनुसार तीन महिनामा कुल राजस्वमध्ये कर राजस्व १ खर्ब ८९ अर्ब रूपैयाँ असुली भएको छ भने गैर कर राजस्व १९ अर्ब २० करोड रूपैयाँ भएको छ। यस्तै यो अवधिमा ७९ करोड रूपैयाँ अनुदान आएको छ। गत वर्षका तीन महिनामा कर राजस्व २ खर्ब ३० अर्ब र गैरकर २५ अर्ब रूपैयाँ उठेको थियो। तीन महिनामा सरकारले एक रूपैयाँ पनि वैदेशिक अनुदान पाएको थिएन।

मुलुक संघीयतामा गएपछि पुँजीगत खर्च बढ्ने अनुमान गलत सावित भएको छ। संघीयतामा गएको पाँच वर्षमा पुँजीगत खर्चको गति बढ्ने भन्दा घट्दै गएको छ।

सरकारी अधिकारीहरूले वर्षको सुरुमा पुँजीगत बजेट खर्च नहुने हाम्रो परम्परा हो भन्ने बहाना बनाउँदै आएका छन्। विगतमा दसैं-तिहारपछि आयोजना निर्माणका लागि बोलपत्र सार्वजनिक गर्ने र त्यसपछि मात्र निर्माण सुरु गर्ने प्रचलन थियो। अहिले वर्षको सुरु देखि नै बोलपत्र प्रकाशन हुँदै आएका छन् तर पनि खर्च बढ्न सकेको छैन। वर्षको सुरुमा खर्च नगर्ने र अन्त्यमा जथाभावी गरेर बजेट रित्याउने प्रचलन प्रत्येक वर्ष दोहोरिँदै आएको छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस