लोडसेडिङ अब दैनिक ११ घन्टा
३० पौष २०७१
•
१ मिनेट पाठ
लोडसेडिङ अब दैनिक ११ घन्टा
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक ११ घन्टा पुर्‍याएको छ। ७० मेगावाटको मध्य मर्स्याङ्दी १७ दिनका लागि बन्द गर्नुपरेको र लोड बढेको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाएको हो। यसअघि लोडसेडिङ सातामा करिब ७० घन्टा थियो।
'मध्य मर्स्याङ्दी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको र त्यसबाट उत्पादित बिजुली बराबर पनि लोडसेडिङ थप गर्नुपरेको हो,' प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए। उनका अनुसार अहिले बिजुलीको उच्चतम माग साढे १२ सय मेगावाट छ भने आपूर्ति करिब ६ सय मेगावाट मात्रै छ। हाल भारतबाट अधिकतम दुई सय २० मेगावाटसम्म आपूर्ति भइरहेको छ। नदीमा पानीको बहाव घटेको र विद्युत् गृह पूर्ण क्षमतामा चलाउन नसकिएका कारण पनि लोडसेडिङ थप हुन गएको क्षेत्रीको तर्क छ।
अर्को समाचार
मंगलबारदेखि लोडसेडिङ दैनिक ९ घन्टा (नयाँ तालिक सहित)
०१ पौष २०७०
•
२ मिनेट पाठ
मंगलबारदेखि लोडसेडिङ दैनिक ९ घन्टा (नयाँ तालिक सहित)
काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङ समय दैनिक ३ घन्टा बढाएको छ। पुसको सुरुवातसँगै प्राधिकरणले ६ घन्टाबाट बढाएर लोडसेडिङ समय दैनिक ९ घन्टा पुर्‍याएको हो।प्राधिकरणले अबदेखि दैनिक ३ पटक लोडसेडिङ गर्ने पनि उल्लेख गरेको छ। नयाँ व्यवस्थाअनुसार ३ घन्टाका दरले दैनिक ३ पटक लोडसेडिङ हुनेछ। हप्तामा एक दिन भने बिहान र बेलुका गरी २ पटक मात्र लोडसेडिङ हुनेछ। नदीमा पानीको सतह घट्न थालेपछि प्राधिकरणले लोडसेडिङ सातामा ६३ घन्टा पुर्‍याउन लागेको हो।

यसअघि प्राधिकरणले दैनिक २ पटक लोडसेडिङ गर्दै आएको थियो। 'प्रत्येक दिन दुई पटक मात्र लोडसेडिङ गर्दा समयवाधि लामो हुन गएकाले ३ पटक गर्न सुरु गरिएको' दाबी प्राधिकरणले गरेको छ। यो व्यवस्थाले कसैलाई प्रतिकूल असर फोन नम्बर ४१५३२१५ र ४२८७५७५ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणका अनुसार लाहान–कोहलपुर क्षेत्रबाट विद्युत् आपूर्ति हुने उद्योगहरु हेटौंडा, मारुती, सोनापुर, घोराही, उदयपुर, शिवम सिमेन्ट तथा एभरेष्ट पेपर मिलमा हरेक दिन साँझ ५ बजेदेखि बिहान ३ बजेसम्म लोडसेडिङ हुनेछ। ६६ केभीबाट सप्लाई भएका उद्योगहरुमा दिउसो २ बजेदेखि रात्री १२ बजेसम्म लोडसेडिङ्ग हुने जनाइएको छ।

यसैगरी ३३ केभीबाट विद्युत आपूर्ति हुने औद्योगिक ग्राहकहरुको हकमा हरेक दिन विहान ४ बजेदेखि दिउसो २ बजेसम्म लोडसेडिङ हुनेछ। सरकारका औद्योगिक क्षेत्रहरुमा बेलुका ५ बजेदेखि राति १ बजेदेखि लोडसेडिङ हुनेछ।

भोलिदेखि लागू हुने सर्वसाधारण ग्राहकहरुको लोडसेडिङ्ग तालिका

nagariknews
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस