भौतिक मन्त्रालयको वित्तीय प्रगति १५ प्रतिशत
०८ माघ २०७८
•
३ मिनेट पाठ
भौतिक मन्त्रालयको वित्तीय प्रगति १५ प्रतिशत
विकासका पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिना अवधिमा १५ प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन।




सरकारले चालु आवमा भौतिक पूर्वाधार मन्त्रालयमातहत १ खर्ब ४९ करोड रूपैयाँको बजेट विनियोजन गरेको थियो। तर, चालु आवको ६ महिना सकिँदासम्म बजेटको आधा बजेट खर्च हुनुपर्नेमा १५ प्रतिशतभन्दा पनि न्यून खर्च गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता ललिजन खनाल मन्त्रालयको चालु आवको ६ महिना अवधिमा १० देखि १५ प्रतिशत मात्रै वित्तीय प्रगति भएको बताउँछन्। ‘अर्थ मन्त्रालयले समयमै आयोजना निर्माणका लागि स्रोत सुनिश्चितता नगरिँदा सोचेअनुसार वित्तीय खर्च हुन नसकेको हो,’ उनले भने, ‘आयोजनालाई बजेटमा समावेश गरिदिने तर बजेट खर्च गर्न नदिने प्रवृत्तिकै कारण पनि बजेट खर्च हुन नसकेको हो।’ यो धेरै वर्षपछिको सबैभन्दा कम प्रगति हो।

२० अर्बभन्दा धेरै रकम स्रोत सुनिश्चितता नभएको बजेट उल्लेख भएकाले पनि पर्याप्त खर्च हुन नसकेको हो। सडक बनाउने र पुल निर्माण गर्ने विभागको मुख्य काम हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत मंसिर मसान्तसम्मको भौतिक पूर्वाधार मन्त्रालयमातहत विनियोजित बजेटको १३.१८ प्रतिशत मात्रै बजेट खर्च भएको छ। पुँजीगत खर्चतर्फ १ खर्ब ३५ अर्बमध्ये १७ अर्ब बजेटमात्रै खर्च भएको छ।

मन्त्रालयले करिब २० अर्ब रूपैयाँको बजेटको स्रोत सुनिश्चितता नहुँदा पनि विकास खर्च हुन नसकेको जनाएको छ। मन्त्रालयले प्युठान, खुर्काेट र ललितपुरका तीनवटा सडक डिभिजन सडक कार्यालय हटाउने कार्यक्रम राखेको थियो। तर, ती कार्यालयमा रहेको ३ देखि ४ अर्ब बजेट पनि खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चालु आवमा विनियोजित बजेटमध्ये सूर्यविनायक–धुलीखेल र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर सडक खण्डको १ अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता भएको छैन। सुरुङमार्ग विकास कर्यक्रमअन्तर्गत पनि ४ करोड ९२ लाख रूपैयाँको पनि स्रोत सुनिश्चित भएको छैन।

प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको पनि ५ अर्ब रूपैयाँको स्रोत सुनिश्चित भएको हुन सकेको छैन। पुँजीगत बजेट खर्च नहुनु भनेको पूर्वाधार निर्माणको गतिमा कम हुनु हो। सरकारले बहुवर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ। सरकारले आफ्नो कार्यक्षमताको कारणले खर्च गर्न नसक्ने तर कोभिड–१९ को बहानाबाजी गरेर विकास खर्च नभएको बताउँदै आइरहेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल राज्यले विकास खर्च गर्न आफैं नचाहेको आरोप लगाउँछन्। ‘सरकार विकास खर्च भएन भनेर हल्ला मात्रै गर्छ। तर, निर्माण व्यवसायीले आफूले काम गरेको भुक्तानी समेत पाएका छैनन्,’ उनले भने, ‘निर्माण व्यवसायीले सम्पन्न गरेका आयोजनाको भुक्तानी दिए पो विकास खर्च हुन्छ।

भुक्तानी नदिने अनि विकास खर्च भएन भन्ने रवैयाँको अन्त्य हुनु जरुरी भइसकेको छ।’ निर्माण व्यवसायी महासंघका अनुसार सरकारले विभिन्न आयोजनाको करिब ५० अर्बभन्दा धेरै रकम भुक्तानी गरेको छैन। सरकारी निकायले समयमै भुक्तानी नगर्दा आफ्नो खर्च धान्नसमेत व्यवसायीलाई धौ धौ भएको बताएका छन्।

भौतिक पूर्वाधार मन्त्रालय मात्रै होइन, सहरी विकास मन्त्रालयले पनि पर्याप्त मात्रामा विकास खर्च गर्न सकेको छैन। सहरी विकास मन्त्रालयले चालु आवमा ३० अर्ब ८४ करोड रूपैयाँ बजेट विनियोजित गरिएको थियो। चालुतर्फ १ अर्ब ९४ करोड रूपैयाँ विनियोजन भएकोमध्ये ६ महिनाको अवधिमा ६९ करोड अर्थात् ३५ प्रतिशत मात्रै खर्च गरेको छ।

पुँजीगत खर्चतर्फ २८ अर्ब ९० करोड रूपैयाँ बजेट विनियोजन भएकोमा ५ अर्ब ८ करोड रूपैयाँ अर्थात् १७ प्रतिशत मात्रै खर्च भएको छ। मन्त्रालयको ६ महिनाको अवधिमा १८.९१ प्रतिशत भौतिक प्रगति रहेको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस