ठेकेदारको लापरबाहीले उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र
१८ माघ २०७८
•
४ मिनेट पाठ
ठेकेदारको लापरबाहीले उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र
उदयपुर र खोटाङबीचमा साढे ४ वर्षअघि सुरु भएको अलपत्र पुल। तस्बिरः महेश्वर/ नागरिक
हालका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसबेला पनि प्रधानमन्त्री थिए। अर्थात २०७४ भदौ ३१ गते प्रधानमन्त्री भएकै बेला देउवाले उदयपुरलाई खोटाङसँग जोड्ने धाब्लाङ र भोजपुरसँग जोड्ने रानीटारस्थित सुनकोसी नदीमा दुईवटा पक्की मोटरेबल पुल शिलन्यास गरे।  




नेपाली सेनाको कलसाईन ‘एनए ०५७’ हेलिकोप्टरमार्फत आएका देउवाले विभागीय मन्त्री, मन्त्रालयका सचिव, पुल विभागका महानिर्देशक, नेता कार्यकर्ता र सुरक्षाकर्मीले घेरिएर पुलको सिल्यान्यास गर्दा २ वर्षभित्र खोटाङ र भोजपुरसँग उदयपुरेहरु मोटर चढेर पुल वारपार गर्न पाउने बचन दिएका थिए। तर, शिल्यान्यास गरेको दुईवटै पुल साढे ४ वर्ष समय बितिसक्दासम्म २० प्रतिशत पनि काम हुन नसकेर अलपत्र परेको अवस्था छ।  

देउवाले सो दिन एकै पटक उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेको धाब्लाङ र खोटाङ बाराहापोखरी गाउँपालिका २ बीच जोड्ने पुल तथा उदयपुरकै चौदण्डीगढी नगरपालिका १ रानीटार र भोजपुरको पाङचा जोड्ने दुईवटा पुलको सिल्यान्यास गरेका थिए। ०७४ असार ३० गते भएको सम्झौता अनुसार सिल्यान्यास भएको पुलको काम ०७६ असार मसान्त (२ वर्ष)भित्र निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने उल्लेख छ। तर, दुवै पुलको काम अहिलेसम्म २० प्रतिशत पनि प्रगति नभएपछि व्यापक जनगुनासो बढेको छ।  

धाब्लाङको पुल अहिलेसम्म कोसीवारि र पारि दुईवटा पिल्लर गाड्नेबाहेक केही प्रगति भएको छैन। निर्माण कम्पनीको लापरबाहीकै कारण सो पुलको काम अलपत्र परेको खोटाङ बाराहापोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए। उनका अनुसार समयमा काम नभएको विषयमा ठेकेदारलाई दबाब दिनेदेखि विभाग र मन्त्रालय हुँदै प्रधानम्त्रीलाई भेटेर गुनासो गर्ने सबै काम भईसकेको छ। गाँपालिकादेखि जिल्ला समन्वय समितिको लिखित र मौखिक ताकेता बारम्बार भईरहे पनि ठेकेदारले काम सुचारु गर्नेतर्फ चासो नदिएको र नियमन निकायले पनि ठेकेदारलाई कारबाहीको साहस नजुटाएको अध्यक्ष बन्जराको गुनासो छ।  

धाब्लाङको पुल समयमा नबन्दा खोटाङको दक्षिणीभेगका झण्डै २५/३० हाराहारी वडाबासी जनता प्रत्यक्ष प्रभावित हुनुपरेको बाराहापोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए। उनका अनुसार ६ वडा वडा र १८ हजार जनसंख्या रहेको पालिकाको मुख्य आउजाउको नाका भनेकै धाब्लाङ हो। व्यापार व्यवसाय र उपभोग्य सामग्री खरिदबिक्रीका लागि सदरमुकाम दिक्तेलभन्दा उदयपुर सदरमुकाम गाईघाट बाराहापोखरीबासीका लागि सहज पहुँचको बजार हुनाले अधिकतर व्यापार व्यवसाय गाईघाटसँग जोडिने गरेको छ। गाईघाटबाट गाउँपालिका छिर्ने मुख्य नाका नै धाब्लाङ भएकाले त्यहाँको पुल नबन्दा धेरै जनतालाई सास्ती भोग्नु परेको अधिृकत वनले बताए।  

अधिकृत वनका अनुसार गाउँपालिका केन्द्र बाराहादेखि धाब्लाङसम्मको कच्ची सडक स्तरोन्नतिको काम चालुवर्ष भईरहेको छ। चालुवर्ष गाउँपालिकाले बिनियोजन गरेको २ करोड बजेटबाट धाब्लाङसम्मको २३ किलोमिटर सडक स्तरोन्नति भएपछि बाटोको समस्या समाधान हुने भएको छ। तर, पुल नबनेसम्म बोटोको औचित्य सावित नहुने उनले बताए। ‘यो वर्ष सडक स्तरोन्नतिको काम थालेका छौँ, अर्को वर्षभित्र कालोपत्रे गर्ने योजना छ’ प्रमुख प्रशासकीय अधिकृत वनले भने ‘तर, धाब्लाङमा पुल नबनेसम्म सडक मात्र बनाएर खासै जनतालाई फाईदा हुन्न। पुल बनेपछि भने सडकको औचित्य बल्ल सावित हुन्छ।’  

पक्की पुल निर्माण सुरु भएपछि सबैभन्दा बढी खुसी भएका बाराहापोखरीबासी जनता नै अहिलेसम्म पुल नबन्दा सबभन्दा बढी दुःखी भएको उपाध्यक्ष गोमा मगर बताउँछिन्। पुल नबन्दा गाउँलेलाई दैनिक उपभोग्य बस्तुदेखि निर्माण सामग्रीहरु गाउँपालिकासम्म ल्याउन धेरै समस्या भोग्नु परेको उनको भनाई छ।  

रसुवा/स्वच्छन्द/पप्पु जेवीले ठेक्का लिएको धाब्लाङ पुल मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक २२ करोड ५ लाख रुपैंया लागतको रहेको पुल निर्माणको रेखदेख गर्ने जिम्मा पाएको पुल सेक्टर नं. १ इटहरीले जनाएको छ। दुईसय मिटर लामो पुलसँगै आसपास नदी किनारका दुवैपटि ५ सय मिटर एप्रोच नदी नियन्त्रणको काम गर्नुपर्ने पनि सम्झौतामा उल्लेख छ। तर, हालसम्म पुलको २ वटा आधाकल्चो पिल्लरबाहेक अन्य कुनै काम हुन नसकेको स्थानीयको गुनासो छ।  

समयमा पुल नबन्दा वर्षौँअघि बनेको थोत्रो झोलुङ्गे पुलको भरमा वारपार गर्नुपर्ने बाध्यता रहेको बाराहापोखरी २ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए। उनका अनुसार निर्माण कम्पनीको चरम लापरबाहीले वडाबासी मात्र नभएर सिङ्गो खोटाङको दक्षिणी भेगका जनता मारमा पर्नु परेको छ। वडाध्यक्ष मगरले बाराहापोखरीका ६ वटा वडाबाहेक छिमेकी खोटेहाङ गाउँपालिकाका ९ वटा वडा र जन्तेढुंगा गाउँपालिकाका ६ वटा वडाबासी नागरिक पनि उत्तिकै समस्या परेको छ।  

पुलका साईट इन्चार्ज तथा पुल सेक्टर नं.१ इटहरीका इन्जिनियर अजय साहले रोकिएको पुलको काम सुचारु गर्ने तयारी भईरहेको बताए। पुल बनाउने काम तत्काल सुचारु गर्न मन्त्रालयका सचिवले ठेकेदार कम्पनीलाई बोलाएर निर्देशन दिँदा ठेकेदारले यन्त्र उपकरण साईटमा पुर्‍याउन २० दिनको समय मागेको साहले बताए। 

अहिले सो समय पुरा भईसकेकाले अव छिट्टै काम सुचारु हुने अपेक्षा गरिएको इन्जिनियर साहले बताए। यस विषयमा बुझ्न ठेकेदार कम्पनीका प्रतिनिधि अजय लामिछानेसँग सम्पर्क गर्दा मोवाईल अफ भएकाले प्रतिक्रिया लिन सकिएन।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस