कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस
०९ फागुन २०७८
•
१ मिनेट पाठ
कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।




२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ। मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐनकानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुला आकाशमुनि थन्काएर राखिएको छ।

खुला अकाशमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायर लगायतका खराब हुँदै गएको छ। बस सञ्चालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए।

बस खरिद गरिए पनि चालक, बसको भाडा दर तथा बस सञ्चालनका लागि आवश्यक नीति निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस खरिद गरेका थिए तर नेपाली कांग्रेसका नेता रामसरोज यादव मन्त्री भएपछि उनले बस सञ्चालनमा खासै चासो देखाएका छैनन्। प्रदेश सरकारले आफैं बस सञ्चालन गरेमा खर्च बढी लाग्ने भएकाले बस सञ्चालनसम्बन्धी निर्णय अझै हुन सकेको छैन।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दिपककुमार दासले भने, ‘बस खरिद गर्नुभन्दा त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपर्थ्यो  तर त्यस्तो गरिएन, त्यसैले बस अहिले त्यत्तिकै राखिएको छ। बससम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिलेसम्म पास नभएकाले बस थन्केको हो।’

सचिव दासले प्रदेश सरकारले आफै बस चलाउन नसक्ने स्पष्ट पारे। बस चलाएमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जाने उनको भनाइ छ। बस सञ्चालनभन्दा पनि त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठाननलाई दिने विषयमा छलफल भइरहेको सचिव दासले बताए।
अर्को समाचार
भौतिक पूर्वाधार मन्त्रालयका दर्जनौ प्राविधिक कर्मचारीको सरुवा
२८ भदौ २०८०
•
२ मिनेट पाठ
भौतिक पूर्वाधार मन्त्रालयका दर्जनौ प्राविधिक कर्मचारीको सरुवा
भौतिक पूर्वाधार मन्त्रालयले  ७० जना सुइ (सुपरिटेण्डेण्ट इञ्जिनियर), सिडिइ (सिनियएर डिभिजन इञ्जिनियर),डिइ (डिभिजन इञ्जिनियर)को सरुवा गरेको छ। जसमध्ये उपमहानिर्देशक सहित नौ जना सुइको सरुवा गरिएको छ। 




मन्त्रालयका अनुसार  अनुसार, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा सरुवा गरिएका छन्। उनी विभागको उपमहानिर्देशक पनि हुनेछन्। खनालको ठाउमा हुलाकी राजमार्ग आयोजनाका प्रमुख शुभराज न्यौपानेलाई लगिएको छ। विभागका उपमहानिर्देशक तथा पुल महाशखा  प्रमुख नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरिएको छ। सडक विभाग अन्तर्गतको  गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशकको रुपमा कार्यरत अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा सरुवा गरिएको छ। यसैगरी मन्त्रालयले गरेको सरुवामा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तर्गत उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख पदमा सरुवा गरिएको छ।

बलात्कारको आरोपमा जेल सजाय भोगीरहेका मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई मध्यपाहाडी लोकमार्गबाट सरुवा गरिएको छ। उनका ठाउँमा जलमार्ग आयोजनका प्रमुख कुबेर नेपालीलाई लगिएको छ।

यसैगरी काठमाडौं सडक डिभिजनमा नारायणदत्त भण्डारीलाई लगिएको छ भने काठमाडौ सडक डिभिजनमा कार्यरत नायायण निहुरेलाई सडक विभाग पठाइएको छ। यसैगरी नुवाकोट सडक डिभिजनमा सुवोध देवकोटालाई लगिएको छ भने त्यहाँ कार्यरत अमृतमणि रिमाललाई विभाग पठाइएको छ। तनहु सडक डिभिजन प्रमुख पदमा कार्यरत लक्ष्मी केसीलाई विभागमा लगिएको छ भने तनहुँ सडकमा पशुपति ज्ञवालीलाई पठाइएको छ। सडक डिभिजन भक्तपुरमा कार्यरत नेत्र देवकोटालाई सडक डिभिजन रोल्पाको प्रमुख पदमा सरुवा गरिएको छ। सडक डिभिजन डोटीमा दिपक झालाई सडक विभाग पुलमा पठाइएको छ।

यसैगरी सहरी विकास मन्त्रालयले गत शुक्रबार ७ जना इञ्जिनियरको विभिन्न आयोजनाहरुमा गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोनजा रामेछापमा रमिता श्रेष्ठलाई लगिएको छ। नयाँ सहरी गल्छी धादिङम कार्यरत सुमन मिश्रलाई सघन सहरी तथा भवन निर्माण आयोजना धनुकटामा लगिएको छ भने धनुकटमा कार्यरत रञ्जन दासलाई सघन सहरी तथा भवन निर्माण आयोजना पर्सामा लगिएको छ। भवन विभागमा कार्यरत सुदिप पौडललाई सघन सहरी तथा भवन निर्माण आयोजना झापामा लगिएको छ। सघन सहरी तथा भवन निर्माण आयाोजना ओखलढुगाँमा कार्यरत युवराज पौडेललाई भवन विभागमा लगिएको छ भने रामेछाप आयोजनामा कार्यरत प्रभाकर लाल कर्णलाई ओखलढुँगा लगिएको छ।

यसैगरी अर्थ मन्त्रालयले ५५जना उपसचिव सरहका कर अधिकृतको सरुवा गरेको छ। मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, साना कर दाता कार्यालयका कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ।  
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस