काठमाडौं, पुस ७ (नागरिक) - आगामी सातादेखि लोडसेडिङ दैनिक ६ घण्टा हुने भएको छ। सुख्खा मौसम विस्तारै बढ्दै जानुले खोलामा पानीको बहाव कम हुँदा लोडसेडिङ बढाउनुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाका अनुसार आउँदो साताको सोमबार वा मंगलबार लोडसेडिङको नयाँ सूची सार्वजनिक गरिने छ। अहिले दैनिक ४ घण्टाका दरले लोडसेडिङ भइरहेको छ।
माओवादीले आह्वान गरेको तीन दिने नेपाल बन्दका क्रममा कुलेखानीको पानी बचत भएको छ। उद्योग र कलकारखाना एवं निजी कार्यालयले खपत गर्ने विद्युतको मागमा कमी आएकोले जलाशययुक्त परियोजना कुलेखानीको पानी बचत भएको हो। प्राधिकरण स्रोतका अनुसार अहिले कुलेखानीको पानीको सतह १५ सय १५ मिटर नै कायम छ। जलाशयमा पानीको सतह केही सेन्टिमिटर बचत भएको प्राधिकरणले जनाएको छ।