काठमाडौं– नेपाली बजारमा सुनको भाउ शुक्रबार एकै दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ।नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला रु. ५१ हजार ६ सय र तेवाजी सुन ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ। एक दिनअघि बिहीबार छापावाल सुन प्रतितोला रु. ५० हजार २ सय र तेजावी सुन प्रतितोला ४९ हजार ९ सय ५० मा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला रु. १० ले बढेर चाँदी पनि प्रतितोला रु. ७ सय १५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
किन बढ्यो सुनको भाउ ?
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन सुन प्रतिऔंस २७ डलरले बढेर १ हजार १ सय ६५ पुगेको छ। बिहीबार सुनको भाउ प्रतिऔंस १ हजार १ सय ३८ रुपैयाँ थियो। 'अन्तराष्ट्रिय बजारमै एकै दिन २७ डलरले सुनको भाउ बढेपछि मुख्यतया त्यसको असर नेपाली बजारमा परेहको हो,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'डलरको विनिमय पनि बिहीबारभन्दा एक रुपैयाँ महँगिएर शुक्रबार १ सय ५ रुपैयाँ पुगेको छ, भाउ बढ्नुको आन्तरिक कारण यो पनि हो।'
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब बैंक निक्षेपको ब्याजदर बृद्धि गर्ने संकेत गरेपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुन छोडेर शेयरमा लगानी गर्न थालेका थिए। हाल फेरि उक्त बैंकले तत्काल निक्षेपमा ब्याजदर नबढाउने संकेत गरेको छ। यसले पुनः लगानीकर्ता सुनमा लगानी गर्न थालेका छन्। सुन उत्पादन गर्ने मध्येको देश चिनको मुद्रा युआनको डलर विनिमय दर कमजोर हुनुलाई पनि अन्तरराष्ट्रिय विश्लेषकहरुले सुनको भाउ बढ्नुको कारण मानेका छन्।
घट्दा पनि अभाव, बढ्दा पनि अभाव
नेपाली बजारमा समान्यतया विवाहको मौसम तथा हरितालिका तीजलगायत चाडबाडको मौसमका सुनको माग बढ्ने गर्छ। यस्तो मौसममा साँस्कृति र रहरका कारण सुनको गहना खरिद गर्न चाहने महिलाहरु बढ्छन्।
सुनको माग बमाजिम आपूर्ति नहुँदा बजारमा भन्सार छलीका अवैध सुनको कारोबार बढ्ने गरेको नेपाल सुनचाँदी महासंघका पदाधिकारीहरु स्वयं बताउँछन्।
'अहिलेकै अवस्थामा नेपाली बजारमा दैनिक ६० किलो सुनको माग छ,' अध्यक्ष शाक्यले भने, 'तर राष्ट्र बैंकले दैनिक १५ किलो आयातको कोटामा ५ किलो बढाएर दैनिक २० किलो आयात गर्न पाउने व्यवस्था गरेको छ। यसले अभावलाई २० को १९ मात्रै बनाएको छ।' दुर्इ साताअघि मात्र राष्ट्र बैंकले सुन अायातकाे काेटा बढाएर असाेज मसान्तसम्मका लागि लागू हुने गरी दैनिक २० किलाे पुर्याएकाे थियाे।
सुनचाँदी व्यवसायीले माग गर्दै आएको जति सुन आयात गर्न दिने हो भने दैनिक उपभोग्य खाद्य सामग्री (नुनतेललगायत)को आयातका लागि डलर सञ्चितिको अभाव हुने राष्ट्र बैंकले विगतदेखि नै बताउँदै आएको छ। सुन किन्नमा बढी डलर खर्च गर्दा नुन किन्न डलर अभाव हुने केन्द्रीय बैंकको तर्क छ। '६० किलो नै आयात गर्न दिनुपर्छ भनेर हामीले पनि भनेका छैनौं,' अध्यक्ष शाक्यले भने, 'कम्तिमा दैनिक ३० किलो आयात गर्न पाउने कोटा निर्धारण गर्ने हो भने पनि बजारमा सुनको अभाव धेरै हदसम्म समाधान हुने थियो।'
करिब १ महिनाअघि नेपाली बजारमा सुनको भाउ घटेर ४७ हजार २ सय रुपैयाँसम्म ओर्लिंला पनि उपभोक्ता तथा गहना व्यवसायीले पर्याप्त मात्रामा सुन पाएका थिएनन्। अहिले सुनको भाउ करिब तोलामा साढे ४ हजार रुपयाँसम्म बढ्दा पनि सुनको अभाव उत्तिकै छ। भाउ बढे पनि अहिले चाडबाडको मौसम भएकोले सुनको माग तत्काल घट्ने देखिँदैन।