मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा
०८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा
एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्। यही जेठ २ गते दुवै हिमालको सफल आरोहण गरेकी उनले नागरिकसँगको कुराकानीमा हाल बेस क्याम्पमै आराम गरिरहेकोमा हप्ता दिनपछि मकालु हिमाल चढ्न तयारी गरिहेको बताइन्।




गोरखा आरुघाटमा जन्मेकी श्रेष्ठ पेशाले फोटो पत्रकार हुन्। ०७५ सालमा मनासलु हिमालको सफल आरोहण गरी हिमाल यात्रा शुरु गरेकी श्रेष्ठको हिमाल यात्रा आजसम्म निरन्तर चलिरहेको छ। उनी अन्नपूर्ण र धवलागिरि हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही समेत हुन्।

यससँगै उनले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा सन् २०१८, अमादब्लम २०१९ र सन् २०२१ मा धौलागिरि र अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेकी छन्। हिमाल चढ्छु भनेर सानैदेखिको लक्ष्य वा सपना नभएको बताउँदै उनले पहिलो हिमालको सफल आरोहण पछिको खुसी, ऊर्जा र सबैको सहयोगले नै एकपछि अर्को हिमाल चढ्न प्रेरित भएको बताइन्।

पटक-पटक हिमाल चढ्दा जति लोभलाग्दो देखिने र आन्नद सुनिने गर्छ ठीक त्यसको विपरीत एकदमै गाह्रो हुने उनले बताइन्। उनले ठूलो लगानी, आँट, साहस, मेहनत र निरन्तरता भएन भने हिमाल चढ्न नसकिने बताइन्। हाल बेसक्याम्पमा रहेकी उनले भनिन् ‘सफलताले ऊर्जा दिनेरैछ, त्यही ऊर्जालाई निरन्तरता दिँदैछु, अब मकालु चढेर मात्र काठमाडौं फर्कन्छु।

‘नेपालमा सगरमाथा मात्र नभएर अन्य हिमालहरू पनि उत्तिकै सुन्दर, लोभलाग्दा र मूल्यवान छन्। ती सबै हिमालहरूको प्रवर्द्धन गर्नु उत्तिकै आवश्यक छ भन्ने मेरो बुझाइ हो’ श्रेष्ठले नागरिकलाई बताइन। उनी थप्छिन्–‘कति विदेशी महिला मात्र हिमाल चढिरहन्छन्, नेपाली महिलाहरू पनि हिमाल चढ्न उत्तिकै लालायित र सक्षम छन् भन्ने सन्देश दिनु थियो–मलाई। त्यसैका लागि म कोसिस गरिरहेको छु’।
अर्को समाचार
मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा
०५ जेष्ठ २०७९
•
१ मिनेट पाठ
मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा
एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्। यही जेठ २ गते दुवै हिमालको सफल आरोहण गरेकी उनले नागरिकसँगको कुराकानीमा हाल बेस क्याम्पमै आराम गरिरहेकोमा हप्ता दिनपछि मकालु हिमाल चढ्न तयारी गरिहेको बताइन्।




गोरखा आरुघाटमा जन्मेकी श्रेष्ठ पेशाले फोटोपत्रकार हुन्। ०७५ सालमा मनासलु हिमालको सफल आरोहण गरी हिमाल यात्रा शुरु गरेकी श्रेष्ठको हिमाल यात्रा आजसम्म निरन्तर चलिरहेको छ। उनी अन्नपूर्ण र धवलागिरि हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही समेत हुन्। यससँगै उनले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा सन् २०१८, अमादब्लम २०१९ र सन् २०२१ मा धौलागिरि र अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेकी छन्।

हिमाल चढ्छु भनेर सानैदेखिको लक्ष्य वा सपना नभएको बताउँदै उनले पहिलो हिमालको सफल आरोहण पछिको खुसी, ऊर्जा र सबैको सहयोगले नै एकपछि अर्को हिमाल चढ्न प्रेरित भएको बताइन। पटक पटक हिमाल चढ्दा जति लोभलाग्दो देखिने र आन्नद सुनिने गर्छ ठीक त्यसको विपरीत एकदमै गाह्रो हुने उनले बताइन्। उनले ठूलो लगानी, आँट, साहस, मेहनत र निरन्तरता भएन भने हिमाल चढ्न नसकिने बताइन। हाल बेसक्याम्पमा रहेकी उनले भनिन् ‘सफलताले ऊर्जा दिनेरैछ, त्यही ऊर्जालाई निरन्तरता दिँदैछु, अब मकालु चढेर मात्र काठमाडौं फर्कन्छु।

‘नेपालमा सगरमाथा मात्र नभएर अन्य हिमालहरू पनि उत्तिकै सुन्दर, लोभलाग्दा र मूल्यवान छन्। ती सबै हिमालहरूको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक छ भन्ने मेरो बुझाइ हो’ श्रेष्ठले नागरिकलाई बताइन। उनी थप्छिन्– ‘कति विदेशी महिला मात्र हिमाल चढिरहन्छन्, नेपाली महिलाहरू पनि हिमाल चढ्न उत्तिकै लालायित र सक्षम छन् भन्ने सन्देश दिनु थियो– मलाई। त्यसैका लागि म कोसिस गरिरहेको छुु’।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस