पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन
१० जेष्ठ २०७९
•
२ मिनेट पाठ
पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन्। उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिएकी थिइन्।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिएकी छन्।

बारम्बार निर्देशन दिँदा पनि पुँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्– ‘हामीले बारम्बार छलफल र सल्लाह गर्छौं तर कामको गति उस्तै छ। हामीसँग समय थोरै छ,  देखिने गरी काम गरौं।’

काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ छ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पुँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत खर्च भइसकेको छ।

उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेश गरे।

उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताए। यस्तै सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत  रहेको उनले बताए ।

मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन्।
अर्को समाचार
कसको सेवा गर्दैछ १७ अर्बको सुरक्षित नागरिक आवास कार्यक्रम ?
१९ कार्तिक २०८०
•
४ मिनेट पाठ
कसको सेवा गर्दैछ १७ अर्बको सुरक्षित नागरिक आवास कार्यक्रम ?
नागरिकका आवासलाई सुरक्षित बनाउन सरकारले दुईवटा कार्यक्रम घोषणा गरेको छ । एउटा हो, सुरक्षित नागरिक आवास कार्यक्रम, जसका नाममा अहिलेसम्म १७ अर्बभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ तर उपलब्धि लगभग शून्य जस्तैे छ । अर्को कार्यक्रम हो, नागरिक आवास प्रबलीकरण कार्यक्रम, जुन अपेक्षाकृत ढंगले कार्यान्वयन हुन नसक्दा प्रभावहीन बनेको छ ।

असुरक्षित आवासका कारण सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँ र आसपासका असुरक्षित घरहरू ध्वस्त भएका छन् । अर्बौं रूपैयाँ खर्च हुँदा पनि सुरक्षित नागरिक आवास कार्यक्रमबाट नागरिकका घर भूकम्पीय दृष्टिकोणबाट जोखिमरहित नभएको भन्ने उदाहरण जाजरकोट, रुकुम पश्चिम र आसपासका जिल्लामा भएका भौतिक क्षति बनेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा मात्र ३ अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त आवमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न १ लाख ३२ हजार ७२८ लाभग्राहीसँग सम्झौता भए पनि हालसम्म ५२ हजार ९३८ घरपरिवारका आवास मात्र बनेका छन् ।

यस कार्यक्रममार्फत नागरिकले खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था गरिएको छ । आव २०७५/७६ को बजेट वक्तव्यमार्फत पराल तथा खरका छाना भएका घरलाई जस्ताको पातामा रूपान्तरण गर्ने उद्देश्यबाट सुरक्षित नागरिक आवास कार्यक्रम सुरुवात गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत जस्तापाता, काठलगायत सामग्री खरिद गर्न प्रतिघरपरिवार ५० हजार अनुदान दिन थालिएको थियो ।  

आव २०७८/७९ देखि भने प्रतिघरपरिवार अनुदान रकम बढाएर ७५ हजार रूपैयाँ पुर्‍याइएको थियो । २०७७ फागुन ७ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन हुँदै आएको छ ।

सहरी विकास मन्त्रालयका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमबाट आव २०७५/७६ मा १ अर्ब २३ करोड ४२ लाख, आव २०७६/७७ मा ४ अर्ब ९० करोड, आव २०७७/७८ मा ३ अर्ब ३६ करोड ५४ लाख, २०७८/७९ मा ३ अर्ब ४० करोड ६ लाख तथा आव २०७९/८० मा ३ अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भइसकेको छ ।  

मन्त्रालयका अनुसार आव २०७९/८० मा उपत्यकाका नगरपालिकाबाहेक ७४ जिल्लाका १५० निर्वाचन क्षेत्रका ७३२ स्थानीय तहका २ लाख ९ हजार २३० आवासलाई सुरक्षित बनाउन उक्त कार्यक्रम तय गरिएको थियो ।

भूकम्प विषयमा विद्यावारिधि गरेका सहरी विज्ञ डा. रमेश सिंहले सुरक्षित आवास कार्यक्रमबाट नागरिकको घर भूकम्पीय दृष्टिकोणबाट जोखिमरहित नहुने बताए । यस कार्यक्रमबाट नागरिकका घर झनै जोखिमपूर्ण हुने उनको भनाइ छ । ‘घरको छानाबाट हटाउनेबित्तिकै भूकम्पीय दृष्टिकोणबाट आवास सुरक्षित हुँदैन । झनै जोखिमपूर्ण हुन्छ,’ सिंहले भने, ‘घरमा टिनको छानो राख्दा उल्टै तराईमा गर्मी बढ्ने र रोगको जोखिम बढ्ने सम्भावना रहन्छ ।’ नागरिकको आवास सुरक्षित बनाउन नागरिकका घर प्रबलीकरण गर्नुपर्ने उनको सुझाव छ ।

घर प्रबलीकरण कार्यक्रम पनि अलपत्र

तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पालामा आव २०७८÷७९ मा राष्ट्रपतिबाट पढिएको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक भवन तथा नागरिकका आवास प्रबलीकरण गर्ने घोषणा सरकारले गरेको थियो । उक्त कार्यक्रम आव २०७९/८० बाट लागु गर्ने घोषणा गरिएको थियो । सहरी विकास मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख दिलीप भण्डारीका आनुसार आव २०७९/८० मा नमुनाका रूपमा नागरिक आवास घर प्रबलीकरण कार्यक्रम कर्णाली प्रदेश र सुदूर पश्चिमका चार जिल्लामा लागु गरिएको थियो । उक्त कार्यक्रम देशभरि लागु हुनुपर्ने उनको सुझाव छ ।

उनका अनुसार आवास प्रबलीकरण गर्न न्यूनतम १ लाखबाट सुरु हुन्छ । ‘नागरिकका आवास प्रबलीकरण गर्न तथा भूकम्प प्रतिरोधी बनाउन यसअघि घर बनाउन लागेको कुल खर्चको ४० प्रतिशत खर्च हुन्छ । त्यसैले यो महँगो छ तर यो कार्यक्रम देशभरि लागु हुन आवश्यक छ,’ उनले भने । आवश्यक साधन, प्रविधि र स्रोतका अभावमा यो कार्यक्रम देशभरि यो कार्यक्रम लागु हुन नसकेको उनको भनाइ छ ।

यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा सरकारले आफैं पहिलो चरणमा स्कुल, अदालत, कलेज तथा अस्पतालका भवन प्रबलीकरण गरी भूकम्पप्रतिरोधी बनाउने र नागरिक स्तरबाट पनि भूकम्प प्रतिरोधात्मक घर बनाउन र भएका घरलाई प्रबलीकरण बनाउन सचेतनामूलक कार्यक्रम ल्याउने घोषणा गरिएको थियो । तर अहिले यो कार्यक्रम प्रभावहीन अवस्थामा छ । ‘मेरो पालामा नागरिकका आवास तथा सार्वजनिक भवन प्रबलीकरण गरी भूकम्प प्रतिरोध बनाउने गरी कार्यक्रम बनाइएको थियो । यस कार्यक्रम लागु गर्न हामीले विभिन्न योजना पनि बनाएका थियौं,’ झाँक्रीले भनिन्, ‘तर पछि यो कार्यक्रम कार्यान्वयन हुन सकेन । प्रभावहीनझैं भएको छ ।’  

नागरिक आवासलाई सुरक्षित बनाउन आफ्नो पालामा ल्याएको नागरिक आवास प्रबलीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । नागरिक आवास प्रबलीकरण कार्यक्रम लागु भएको भए अहिले पश्चिमी पहाडी जिल्लामा भूकम्पको क्षति कम हुन सक्ने उनको भनाइ छ ।

नागरिक आवास प्रबलीकरणका कार्यक्रम कार्यक्रम लागु गर्न सरकारले अहिलेसम्म कार्यविधिसमेत बनाएको छैन । जसबाट नागरिकका आवास भूकम्प प्रतिरोध हुन सकेका छैनन् । अब राज्य र जनता नै गम्भीर बनेर असुरक्षित संरचना विस्थापित गर्दै जानुपर्ने भूकम्पविद् अधिकारी बताउँछन् । ‘अब राज्यले पुराना संरचना विस्थापित नगर्ने र नयाँ संरचना बनाउँदा पनि कडाइ नगर्ने हो भने ठुलै मानवीय र भौतिक क्षति निकट छ,’ उनले भने ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस