झाँर्की जस्तै रूँदै नजानु भन्ने सुझावमा मेटमणीले भने: हाँसेरै विदा हुन्छु
०३ साउन २०७९
•
१ मिनेट पाठ
झाँर्की जस्तै रूँदै नजानु भन्ने सुझावमा मेटमणीले भने: हाँसेरै विदा हुन्छु
सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन्। मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताएका हुन्।




बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए। त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढि हाँसेर जाने बताए। मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ। आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ। मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैंभरी रहि रहदिन। त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु। जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु।’

त्यस अवसरमा मन्त्री चौंधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो।
अर्को समाचार
कसको सेवा गर्दैछ १७ अर्बको सुरक्षित नागरिक आवास कार्यक्रम ?
१९ कार्तिक २०८०
•
४ मिनेट पाठ
कसको सेवा गर्दैछ १७ अर्बको सुरक्षित नागरिक आवास कार्यक्रम ?
नागरिकका आवासलाई सुरक्षित बनाउन सरकारले दुईवटा कार्यक्रम घोषणा गरेको छ । एउटा हो, सुरक्षित नागरिक आवास कार्यक्रम, जसका नाममा अहिलेसम्म १७ अर्बभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ तर उपलब्धि लगभग शून्य जस्तैे छ । अर्को कार्यक्रम हो, नागरिक आवास प्रबलीकरण कार्यक्रम, जुन अपेक्षाकृत ढंगले कार्यान्वयन हुन नसक्दा प्रभावहीन बनेको छ ।




असुरक्षित आवासका कारण सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँ र आसपासका असुरक्षित घरहरू ध्वस्त भएका छन् । अर्बौं रूपैयाँ खर्च हुँदा पनि सुरक्षित नागरिक आवास कार्यक्रमबाट नागरिकका घर भूकम्पीय दृष्टिकोणबाट जोखिमरहित नभएको भन्ने उदाहरण जाजरकोट, रुकुम पश्चिम र आसपासका जिल्लामा भएका भौतिक क्षति बनेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा मात्र ३ अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त आवमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न १ लाख ३२ हजार ७२८ लाभग्राहीसँग सम्झौता भए पनि हालसम्म ५२ हजार ९३८ घरपरिवारका आवास मात्र बनेका छन् ।

यस कार्यक्रममार्फत नागरिकले खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था गरिएको छ । आव २०७५/७६ को बजेट वक्तव्यमार्फत पराल तथा खरका छाना भएका घरलाई जस्ताको पातामा रूपान्तरण गर्ने उद्देश्यबाट सुरक्षित नागरिक आवास कार्यक्रम सुरुवात गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत जस्तापाता, काठलगायत सामग्री खरिद गर्न प्रतिघरपरिवार ५० हजार अनुदान दिन थालिएको थियो ।  

आव २०७८/७९ देखि भने प्रतिघरपरिवार अनुदान रकम बढाएर ७५ हजार रूपैयाँ पुर्‍याइएको थियो । २०७७ फागुन ७ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन हुँदै आएको छ ।

सहरी विकास मन्त्रालयका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमबाट आव २०७५/७६ मा १ अर्ब २३ करोड ४२ लाख, आव २०७६/७७ मा ४ अर्ब ९० करोड, आव २०७७/७८ मा ३ अर्ब ३६ करोड ५४ लाख, २०७८/७९ मा ३ अर्ब ४० करोड ६ लाख तथा आव २०७९/८० मा ३ अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भइसकेको छ ।  

मन्त्रालयका अनुसार आव २०७९/८० मा उपत्यकाका नगरपालिकाबाहेक ७४ जिल्लाका १५० निर्वाचन क्षेत्रका ७३२ स्थानीय तहका २ लाख ९ हजार २३० आवासलाई सुरक्षित बनाउन उक्त कार्यक्रम तय गरिएको थियो ।

भूकम्प विषयमा विद्यावारिधि गरेका सहरी विज्ञ डा. रमेश सिंहले सुरक्षित आवास कार्यक्रमबाट नागरिकको घर भूकम्पीय दृष्टिकोणबाट जोखिमरहित नहुने बताए । यस कार्यक्रमबाट नागरिकका घर झनै जोखिमपूर्ण हुने उनको भनाइ छ । ‘घरको छानाबाट हटाउनेबित्तिकै भूकम्पीय दृष्टिकोणबाट आवास सुरक्षित हुँदैन । झनै जोखिमपूर्ण हुन्छ,’ सिंहले भने, ‘घरमा टिनको छानो राख्दा उल्टै तराईमा गर्मी बढ्ने र रोगको जोखिम बढ्ने सम्भावना रहन्छ ।’ नागरिकको आवास सुरक्षित बनाउन नागरिकका घर प्रबलीकरण गर्नुपर्ने उनको सुझाव छ ।

घर प्रबलीकरण कार्यक्रम पनि अलपत्र

तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पालामा आव २०७८÷७९ मा राष्ट्रपतिबाट पढिएको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक भवन तथा नागरिकका आवास प्रबलीकरण गर्ने घोषणा सरकारले गरेको थियो । उक्त कार्यक्रम आव २०७९/८० बाट लागु गर्ने घोषणा गरिएको थियो । सहरी विकास मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख दिलीप भण्डारीका आनुसार आव २०७९/८० मा नमुनाका रूपमा नागरिक आवास घर प्रबलीकरण कार्यक्रम कर्णाली प्रदेश र सुदूर पश्चिमका चार जिल्लामा लागु गरिएको थियो । उक्त कार्यक्रम देशभरि लागु हुनुपर्ने उनको सुझाव छ ।

उनका अनुसार आवास प्रबलीकरण गर्न न्यूनतम १ लाखबाट सुरु हुन्छ । ‘नागरिकका आवास प्रबलीकरण गर्न तथा भूकम्प प्रतिरोधी बनाउन यसअघि घर बनाउन लागेको कुल खर्चको ४० प्रतिशत खर्च हुन्छ । त्यसैले यो महँगो छ तर यो कार्यक्रम देशभरि लागु हुन आवश्यक छ,’ उनले भने । आवश्यक साधन, प्रविधि र स्रोतका अभावमा यो कार्यक्रम देशभरि यो कार्यक्रम लागु हुन नसकेको उनको भनाइ छ ।

यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा सरकारले आफैं पहिलो चरणमा स्कुल, अदालत, कलेज तथा अस्पतालका भवन प्रबलीकरण गरी भूकम्पप्रतिरोधी बनाउने र नागरिक स्तरबाट पनि भूकम्प प्रतिरोधात्मक घर बनाउन र भएका घरलाई प्रबलीकरण बनाउन सचेतनामूलक कार्यक्रम ल्याउने घोषणा गरिएको थियो । तर अहिले यो कार्यक्रम प्रभावहीन अवस्थामा छ । ‘मेरो पालामा नागरिकका आवास तथा सार्वजनिक भवन प्रबलीकरण गरी भूकम्प प्रतिरोध बनाउने गरी कार्यक्रम बनाइएको थियो । यस कार्यक्रम लागु गर्न हामीले विभिन्न योजना पनि बनाएका थियौं,’ झाँक्रीले भनिन्, ‘तर पछि यो कार्यक्रम कार्यान्वयन हुन सकेन । प्रभावहीनझैं भएको छ ।’  

नागरिक आवासलाई सुरक्षित बनाउन आफ्नो पालामा ल्याएको नागरिक आवास प्रबलीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । नागरिक आवास प्रबलीकरण कार्यक्रम लागु भएको भए अहिले पश्चिमी पहाडी जिल्लामा भूकम्पको क्षति कम हुन सक्ने उनको भनाइ छ ।

नागरिक आवास प्रबलीकरणका कार्यक्रम कार्यक्रम लागु गर्न सरकारले अहिलेसम्म कार्यविधिसमेत बनाएको छैन । जसबाट नागरिकका आवास भूकम्प प्रतिरोध हुन सकेका छैनन् । अब राज्य र जनता नै गम्भीर बनेर असुरक्षित संरचना विस्थापित गर्दै जानुपर्ने भूकम्पविद् अधिकारी बताउँछन् । ‘अब राज्यले पुराना संरचना विस्थापित नगर्ने र नयाँ संरचना बनाउँदा पनि कडाइ नगर्ने हो भने ठुलै मानवीय र भौतिक क्षति निकट छ,’ उनले भने ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस