चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी
११ भदौ २०७९
•
१ मिनेट पाठ
चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी
फाइल तस्बिर।
सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन्।

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औँल्याए। मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा  पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।रासस
अर्को समाचार
जाँदाजाँदै मन्त्रीलाई भ्याइनभ्याइ
०३ पौष २०७९
•
४ मिनेट पाठ
जाँदाजाँदै मन्त्रीलाई भ्याइनभ्याइ
सहरी विकासमन्त्री मेटमणि चौधरीलाई अहिले शिलन्यास, उद्घाटन तथा निरीक्षण कार्यक्रम जस्ता कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ। पछिल्लो साता उनी हरेक दिन शिलान्यास तथा उद्घाटन कार्यक्रममा व्यस्त भएका छन्।

शनिबार बिहान उनी चितवनको सौराहमा गरिएको कार्यक्रममा सहभागी भई दिउँसो काठमाडौं आइपुगे। काठमाडौं आउनेबित्तिकै डिप्लोमा इञ्जिनियरिङ एसोसिएसनको साधारणसभाको उद्घाटन गरे। चितवनमा भने स्थानीय पूर्वाधार विभाग (डोली) ले गरेको समापन कार्यक्रममा सहभागी भएका थिए।

शुक्रबार चौधरीले महोत्तरीको भङ्गामास्थित तरसरीबाबा स्थानमा निर्माण हुन लागेको थारु संग्राहलयको अध्ययन तथा अबलोकन गरे। त्यसै दिन उनी चितवन पुगी डोलीले गरेको समिक्षात्मक कार्यक्रमको उद्घाटन गरे।

त्यसको अघिल्लो दिन बिहीबार उनले कोशी अञ्चल अस्पतालको शिलान्यास गरे। अस्पतालको शिलान्यास गर्नुअघि मन्त्रालयले गरेको कामको अध्ययन तथा अबलोकन गर्न उनी जनकपुर पुगे। विराटनगरपछि उनी चितवन पुगे। चितवनमा डोलीले गरेको कार्यक्रमको उद्घाटन गरेका थिए।  

चौधरीको सक्रियता यति मात्र छैन। सरकार छाड्ने बेला उनले ३ जना सहसचिव सरहका उच्च कर्मचारी सरुवा गरेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्रालय मातहततको सहरी विकास महाशाखाबाट पदम मैनालीलाई भवन विभागअन्तर्गत भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा सरुवा गरिएको छ।

यसैगरी, मन्त्रालयको योजना महाशाखमा कार्यरत रामचन्द्र दंगाललाई सहरी विकास महाशाखामा लगिएको छ। भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा कार्यरत दिलिप भण्डारीलाई मन्त्रालय मातहतको योजना महाशाखामा लगिएको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री चौधरीको चाहनामा ३ जना उच्च कर्मचारीहरूको सरुवा गरिएको थियो। केही दिनअघि मात्र सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई सरुवा गरिएको थियो। स्रोतका अनुसार उच्च कर्मचारीहरूको सरुवा गर्न सचिव आचार्य चाहेका थिएनन तर मन्त्री चौधरीको जोडबलले ३जना उच्च कर्मचारीको सरुवा गरिएको स्रोतको भनाइ छ।

निर्वाचन आचारसंहिता खारेज भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले सहसचिव सरहका ४ जना उच्च कर्मचारी सरुवा गरेका छन्। शर्माले भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक फेरबदल गरेका छन। भन्सार विभागमा अर्थ मन्त्रालयको वजेट महाशाखाको महाशाखा प्रमुख चक्र बुढालाई ल्याएका छन भने विभागमा कार्यरत कमल भट्टराईलाई मन्त्रालय तानेका छन्।

यसैगरी आन्तरिक राजस्व विभागमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट दीर्घराज मैनालीलाई ल्याएका छन्। विभागमा कार्यरत रितेश शाक्यलाई मन्त्रालयको बजेट महाशाखामा लगेका छन्। सरकार छाड्ने बेला चौधरी र शर्मा मात्र नभई अन्य मन्त्रीहरूको सक्रियता पनि उत्तिकै बढेको छ। उच्च कर्मचारीहरू भने सकेसम्म मन्त्रीबाट पन्छिने गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर दाङ, बाँके, रूपन्देही लगायतका जिल्ला भ्रमण गरी ती जिल्लामा रहेका मन्त्रालय मातहतका सिप विकास कार्यालय तथा वैदेशिक रोजगार तालिम कार्यालयको निरीक्षण तथा अवलोकन कार्यक्रममा सहभागी भए। शनिबार मात्र उनी काठमाडौं आए। मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रीको चाहनामा जिल्लामा निरीक्षण कार्यक्रम राखिएको थियो।’

काठमाडौं आएपछि आइतबार उनी एउटा कार्यक्रममा सहभागी हुनेछन। आइतबार श्रम मन्त्रालयले आयोजना गरेको अप्रवास दिवससम्बन्धी कार्यक्रममा कुवँर प्रमुख अतिथि हुनेछन्।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले विदेशका एक दर्जनभन्दा बढी सहरमा पर्यटनदूत नियुक्त गर्ने तयारी अघि बढाएका छन्। विदेशमा रहेर नेपालको पर्यटन प्रवद्धन गर्न योगदान पुर्‍याउने उदेस्यबाट पर्यटन दुत नियुक्ति गर्ने गरिन्छ। पर्यटनदूतलाई सरकारी तहबाट सेवा सुविधा प्राप्त नभए पनि नियुक्त गरिएको क्षेत्रमा त्यस्ता व्यक्तिको प्रतिष्ठा बढ्ने गर्छ। त्यसैले पर्यटनदूतमा नियुक्त पाउन विदेशमा रहेका नेपालीहरू प्रयास गर्छन्। विदेशमा रहेका गैरनेपाललाई पनि पर्यटनदूत नियुक्त गर्ने परम्परा छ।

श्रेष्ठले काठमाडौं-८ मा प्रतिनिधिसभाका उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजमान श्रेष्ठ विजयी भए। चुनावमा पराजित भए पनि उनले नियमितझैं काम गरिरहेका छन्। अघिल्लो साता पोखरामा गइ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थिए। पोखरामै भएको बेला उनी अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रमुख अतिथीको रूपमा सहभागी भएका थिए।

प्रतिनिधि सभा निर्वाचनमा बारा-१ मा उम्मेदवार दिई पराजित भएका खानेपानी मन्त्री उमाकान्त चौधरी पनि निरीक्षण तथा अवलोकन कार्यक्रममा व्यस्त हुने गरेका छन्। आइतबार उनी सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिकको अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा हुनेछन्। चौधरीले बिहीबार महांकालको पानी वितरण कार्यक्रमको उद्घाटन गरे भने त्यसको २ अघि चौधरीले सिन्धुपाल्चोकस्थित हेलम्बुमा गरिएको मेलम्चीको पानी सुरुङमा पठाउने कार्यक्रमको सुरुवात गरे। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस