नेपालका लागि तेस्रो मुलुकबाट हुने आयात व्यापारमा सबै खाले कार्गोका लागि ‘इलेक्ट्रोनिक डाटा इन्टरएक्सचेन्ज’ (इडिआई) अनिवार्य भएपछि प्रक्रिया सहज भएको छ। लामो समयदेखि छलफलमा रहेको ‘इडिआई’ लागु गर्ने विषय सन् २०१५ देखि औपचारिक रूपमा तेस्रो मुलुकको व्यापारका लागि प्रस्तावित गरिएको थियो। अहिले पूर्ण रूपमा लागु भएपछि आपेक्षाअनुसार यसले व्यापारलाई सहज बनाउन सघाएको कोलकातास्थित नेपालका महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए।
भारत भएर तेस्रो मुलुकबाट नेपाल आयात हुने मालवस्तु भारतका बन्दरगाहबाट रेल वा स्थलमार्ग भएर आउन भारतीय भन्सारले यसमा औपचारिकता पूरा गर्नुपर्ने हुन्छ। नेपालका लागि आयातित मालवस्तु भारतीय बजारमा अवैध रूपमा नपुगोस् भनेर राजस्व सुरक्षण, सुरक्षा सरोकार तथा व्यापार नियमन भारतीय पक्षका सरोकार हुन्। भारतीय भन्सारले नेपाल पक्षसँग लिने ‘कस्टम ट्रान्जिट डिक्लिरिएसन’ (सिटिडी) मार्फत आयातकर्ताले आयातित वस्तु नेपाल भित्रिसकेको सुनिश्चित गर्नुपर्ने हुन्छ। यस प्रक्रियाका लागि आयात हुने मालवस्तुका सबै कागजातको प्रतिलिपि आधिकारिक ‘अनलाइन’ माध्यमबाट आदानप्रदान गर्ने प्रणाली हो ‘इडिआई’।
पहिला सक्कल कागजात नै बन्दरगाहस्थित भन्सार कार्यालयमा लैजानुपर्ने रहेकामा भारतीय भन्सारले आधिकारिक ‘अनलाइन’ माध्यमबाट आदानप्रदान गर्ने सहमति जनाएपछि ‘इडिआई’ सम्भव भएको थियो। यसले गर्दा भारतीय बन्दरगाहस्थित भन्सार कार्यालयमा दर्जन टेबुलहरूबाट कागज गुज्रिन हप्ता दिनसम्म लाग्ने गरेको थियो। उक्त कामका लागि ‘कन्टेनर ह्यान्डलिङ एजेन्ट’ (सिएचए) खटाइनु आयातकर्ताको बाध्यता थियो। यसबाट समय र खर्चलागत दुवै बढेर व्यापार महँगो पर्न जाने समस्या थियो। ‘इडिआई’ले यस समस्यालाई विस्थापित गरेको महावाणिज्यदूत पौडेलले बताए।
‘गत महिना यहाँस्थित इन्डियन कस्टम (भारतीय भन्सार)ले एउटा सार्वजनिक सूचना जारी गरेर सबैखाले मालवस्तुका लागि ‘इडिआई’ अनिवार्य गरेपछि पूर्ण रूपमा लागु भयो,’ महावाणिज्यदूत पौडेलले भने, ‘यसले व्यापारलाई सहजता प्रदान गरेको छ।’ यसअघि ‘इडिआई’ अभ्यासमा रहे पनि अब भने सबै खाले कार्गोका लागि कागजात आदानप्रदान अनिवार्य माध्यम बनेको हो।
समस्या सुधार
पछिल्लो समयमा व्यापारसम्बन्धी समस्या समाधान हुँदै गएकाले नेपालका लागि हुने तेस्रो मुलुकसँगको व्यापार सहज हुँदै गएको कोलकातास्थित नेपालका महावाणिज्यदूतले जानकारी गराए। मालवस्तु १५ दिन ननाँघ्ने गरी भित्रिसकेको नेपाल भन्सारबाट यसको जनाउ दिने पत्र भारतीय पक्षलाई दिनुपर्ने हुन्छ। यसका लागि भारतीय बन्दरगाहस्थित त्यहाँको भन्सारबाट पत्र प्राप्त हुनासाथ कन्टेनर नेपालका लागि लैजान मिल्ने व्यवस्था छ। तर, सडकमार्गबाट नेपालको कन्टेनर लैजान एक पटकमा २० कन्टेनरको ‘लट’ भएपछि मात्र लैजान पाउने अभ्यासमा थियो। अब त्यो समस्या हटेको पौडेलले बताए।
उनका अनुसार कन्टेनरका लागि ‘सिटिडी’ कागज पाउनेबित्तिकै यहाँबाट लैजान पाइन्छ, ‘लट’ कुर्नु पर्दैन। कोलकातास्थित श्यामप्रसाद मुखर्जी बन्दरगाहमातहतकै हल्दिया बन्दरगाहमा आउने ‘ब्लक कार्गो’ (एक खेपमा भारी मात्रामा आउने एकै प्रकारको सामान) कोइला र रासायनिक मलखादजस्तो वस्तु र्याक नपाएर त्यहाँ थुप्रिने समस्या पछिल्लो समयमा समाधान भएको पौडेलले नागरिकलाई बताए।
पछिल्लो पटक यस्तो समस्या देखिएपछि वीरगन्ज उद्योग वाणिज्य संघले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई पत्र लेखेको थियो। संघका अध्यक्ष सुबोध गुप्ता र उपाध्यक्ष माधव राजपालसँग समस्याबारे टेलिफोन वार्तामार्फत जानकरी लिएर आफूले कोलकाताको बन्दरगाहलाई फागुन ३० मा वाणिज्य दूतावासबाट पत्र लेखेको पौडेलले जानकारी दिए। र, त्यतिबेला हल्दियामा र्याक अनुपलब्धताको समस्या समाधान भएयता नदोहोरिएको उनले बताए। ‘जानीजानी नेपाली मालवस्तुलाई थन्काइएको भन्ने थिएन, र्याकहरू उपलब्ध हुन नसकी समस्या भइरहने पाइयो,’ पौडेलले भने, ‘हामीले नेपाली कार्गोका लागि र्याक उपलब्ध गराउने सवालमा सरोकारवालासँग कुरा गरेपछि अहिलेसम्म समस्या पुनः भएको छैन।’