चरित्र हत्या
२५ पौष २०६६
•
६ मिनेट पाठ
चरित्र हत्या
'यो विस्तृत शान्ति सम्झौता र बाह्रवुँदे समझदारीको ठाडो उल्लंघन हो।'




कामरेड विद्यावारिधिले भन्नुभो-'म यसका विरुद्ध संघर्ष गर्छु।'
'कस्ले त्यसो गर्‍यो?' पत्रकारले सोधे-'कांग्रेसले?'
'होइन्ा।' कामरेडले जवाफ दिनुभो-' सवाल काँग्रेससँग जोडिएको होइन।'

'त्यसो भए एमालेसँग जोडिएको होला।' पत्रकारले अनुमान गरे-'होइन त?'
'सवाल एमालेसँग समेत होइन।' विद्यावारिधि कामरेडले भन्नुभो-'त्यसैले जटिलता थपिएको छ।'
कुरा सुनेर पत्रकार भ्रमित भए। कांग्रेस र एमालेबाहेक कामरेड विद्यावारिधि सामु जटिलता प्रस्तुत गर्ने तागतका बारेमा अनुमान गर्न असमर्थ तिनले तैपनि प्रश्न गरे-े'सवाल त्यसो भए राजावादी दलसँग जोडिएको हो?'
'त्यो पनि होइन।' कामरेडले भन्नुभो-'सवाल यसभन्दा भिन्न छ।'
जवाफ सुनेर थकित मुद्रामा पत्रकारले सोधे-'सवाल आखिर कोसँग जोडिएको हुन सक्ला?'
'सवाल श्रद्धेय अध्यक्ष कामरेडसँग जोडिएको छ।' कामरेड विद्यावरिधिले भन्नुभो-'त्यही भएर यो जटिलता थपिएको हो।'
'त्यसो हो भने यो सबालमात्र हो र?' पत्रकार उत्तेजित भए -'मलाई यो सबालको साटो बबालजस्तो लाग्यो।'
'रूपमा यो सबाल भए पनि सारमा बबालनै हो।' कामरेड विद्यावारिधिले भन्नुभो-'सन् २०१० को पहिलो बबाल।'
'सबाल वा बवाल जे भए पनि।' पत्रकारले सोधे-'यो सबाल उहाँसँग कसरी जोडियो?'
'त्यही भएर यसमा जटिलता थपिएको हो।' कामरेड गम्भीर देखिनुभो-'यसले संकट ल्याउन सक्छ।'
'कस्तो संकट?' थप संकट आउँने संकेत पाएका पत्रकारले आफ्नो अनुहारलाई संकटग्रस्त पार्दै भने-'यसको कुनै निकास छैन?'
'छ।' कामरेड विद्यावारिधिले भन्नुभो-'यसका लागि हत्या हिंसा बन्द हुनु पर्‍यो।'
'कस्ले गर्‍यो? पत्रकारले सोधे-'हत्या हिंसा निकै अघि बन्द गरेको होइन?'
'हो।' कामरेडले भन्नुभो-' थाकेर लखतरान भएपछि मैलेनै गान्धी हुने प्रस्ताव राखेको हो।'
'मलाई थाहा छ।' पत्रकारले भने-' तर तपाईहरू गान्धी हुनुभएन बरु मन्त्री हुनुभो।' थपे-'गान्धी हुनु भएको भए नोटमा तस्वीर छापिने थियो।'
'हो, म मन्त्री भएँ।' विद्यावारिधि कामरेडले भन्नुभो-'श्रद्धेय अध्यक्ष कामरेड चाहिँ प्रधानमन्त्री हुनुभो।' हाँस्नुभो-'त्यही भएर हाम्रो तस्बीर नोटमा छापिएन।'
'अब मन्त्री हुने कि गान्धी हुने?' पत्रकारले सोधे-'तपाईँको ईच्छा के छ?'
'गान्धी नहुने।' कामरेडले भन्नुभो-'मन्त्री पनि फिलहाल नहुने।'
'के हुने त?' पत्रकारले सोधे-'केही न केही नभएर हुन्छ?'
कामरेड विद्यावारिधिले यसबारे तत्काल कुनै सोच नबनाएको बताउनु भयो।
'तपाई प्रधानमन्त्री बन्नोस्।' पत्रकारले प्रस्ताव राखे-'यसो भए नागरिक सर्बोच्चता पनि कायम होला।'
'त्यसो गरे हुने थियो।' कामरेड विद्यावारिधिले भन्नुभो-'तर मुलुकमा हत्या हिंसा सुरु भयो।'
'कस्ले त्यसो गर्‍यो?' पत्रकारले सोधे-'कुरो घुम्दै पुरानै ठाउँमा पुग्यो।'
'श्रद्धेय अध्यक्ष कामरेडले।' कामरेडले भन्नुभो-'जटिलता यहाँ छ।'
'उहाँले कस्को हत्या गर्नुभो?' पत्रकारले अत्तालिएर सोधे-'मैले कुरा बुझिन।'
'चरित्रको।' कामरेड विद्यावारिधिले भन्नुभो-'अध्यक्ष कामरेडबाट चरित्र हत्या भो।'
'को हो चरित्र?' पत्रकारले सोधे-'कांग्रेसको मान्छे हो?'
'होइन।' कामरेड विद्यावारिधिले भन्नुभो-'चरित्र कसरी काँग्रेसको मान्छे हुन सक्छ?'
'को हो त त्यसो भए?' पत्रकारले सोधे-'चरित्र कुन पार्टीको मान्छे हो?'
'हाम्रो गौरवमय पार्टीको।' कामरेड विद्यावारिधि दुखी देखिनुभो-'उस्को हत्या गरियो।'
आफ्नै पार्टीका मानिसको तिन्कै पार्टीका अध्यक्षबाट हत्या भएको विश्मयकारी खबर थाहा पाएर विस्मित भएका पत्रकारले सोधे-'प्रष्ट भन्नोस् कुरा के हो?'
'श्रद्धेय अध्यक्ष कामरेडबाट मेरो चरित्र हत्या भो।' कामरेड विद्यावारिधिले चिन्तित भएर भन्नुभो-'यसले मलाई दुखी बनाएको छ।'
'यस बारे तपाईँ थप केही बोल्नु हुन्छ?' पत्रकारले खुसामद गरे-' कृपया दया गर्नोस्।'
'बोल्दिन।' कामरेड विद्यावरिधिले कुरा सक्नुभो-'थप कुरा इतिहासले भन्नेछ।'
त्यसपछि पत्रकार इतिहासको खोजीमा निस्के।
अर्को समाचार
किशोरीको चरित्र हत्या नगर्न रेखाको अपिल
२२ जेष्ठ २०७७
•
१ मिनेट पाठ
किशोरीको चरित्र हत्या नगर्न रेखाको अपिल
अभिनेत्री रेखा थापाले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै हत्या गरिएका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न आग्रह गरेकी थिइन् ।  




‘रुकुम घटनाका दोषीमाथि सजाय र पीडितलाई न्याय दिइयोस्,’ उनले लेखेकी थिइन्, ‘यस घटनामा जोडिएकी किशोरीको चरित्र हत्या र नारी अस्मितामाथि व्यंग्य गर्ने काम भएको छ । त्यसले  उत्पीडित वर्गमाथि प्रहार भएजस्तो लाग्छ । अन्तर्जातीय प्रेम गर्ने साहस भएकी किशोरीको चरित्र हत्या गरेर न्याय हुन्छ ?’ उनले किशोरीको चरित्र हत्या गरेर पीडितले न्याय नपाउने तर्क गरेकी थिइन् । ‘नेपालमा केटीको उपमान गरेर न्याय पाउने हो ?

केटीको पेटीकोट समातेर विद्रोह हुन्छ ?,’ उनले प्रश्न गरेकी थिइन्, ‘मानसिक हिंसा भएकाले ती किशोरीले नदीमा हाम्फाले जवाफदेही को हुन्छ ? किशोरीको चरित्र हत्या गरेर न्याय पाउने भने भोलिका दिनमा कुनै पनि छोरीले कसैलाई माया गर्ने छैनन् ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस