व्यावसायिक धान खेती प्रवर्द्धनका लागि २५ कृषकलाई पम्पसेट
०८ असार २०७९
•
२ मिनेट पाठ
व्यावसायिक धान खेती प्रवर्द्धनका लागि २५ कृषकलाई पम्पसेट
सिंचाइको अभाव भएको बेला धान खेतीलाई प्रवर्द्धन गर्न भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका २५ कृषकलाई ५ हर्स पावरको पम्पसेट उपलब्ध गराइएको छ। धान बालीका साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पाकेट) विकास कार्यक्रम अन्तरगत उनीहरुलाई पम्पसेट उपलब्ध गराइएको हो।




५० प्रतिशत लागत सहभागीतामा ताम्रेश्वर कृषि सहकारीमा आवद्ध भएका कृषकहरुलाई सो पम्पसेट उलब्ध गराइएको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए। यस्तै सोही कार्यक्रम अन्तरगत ६ जनालाई २ हर्स पावरको पानी तान्ने मोटर समेत उपलब्ध गराइएको छ।

पम्पसेटसहित डेलीभरी र सेक्सन पाइप, जींक, सल्फर हर्बीसाईट लगायतका सामाग्री समेत हस्तान्तरण गरिएका छन्। मेयर सुदीप पौडेल, उप मेयर सुनिता गुप्ता वडाध्यक्ष प्रकाश गैरेले कृषकहरुलाई पम्पसेट हस्तान्तरण गरेका थिए।

सो अवसरमा मेयर पौडेलले सिंचाइको अभावमा कृषकहरुले पाएको यो पम्पसेटले धान बालीलगायत अन्य बालीको खेती गर्र्न सजिलो हुने बताए। मलखाद, सिंचाई बीउ बिजनको अभाव झेलिरहेको कृषकहरुलाई सरकारले अनुदान बढाउनु पर्ने बताए।

उनले नगरपालिकाले कृषि क्षेत्रको विकासमा लगानी गर्ने भन्दै कृषकहरुले पाएको सामाग्रहीहरुको सही सदुपयोग गर्नु पर्ने बताए। ताम्रेश्वर कृषि सहकारीमा आवद्ध भएका कृषकहरुलाई २० हेक्टर क्षेत्रमा धान खेती गर्नका लागि सो कार्यक्रम अन्तरगत १२ लाख रुपैयाँ अनुदान पाउने र कृषकहरुले पनि १२ लाख जम्मा गर्ने गरी कुल २४ लाखको कार्यक्रम रहेको सहकारीका अध्यक्ष राधेश्याम कोरीले बताए।

यसअघि १५ दिन अघि ५० बढी कृषकलाई सोही कार्यक्रम अन्तरगत स्प्रे ट्यांकीसहित धानको बीउ लगायतका सामाग्री उपलब्ध गराइएको थियो। नगरपालिकाको कृषि शाखाले सो कार्यक्रमका लागि ५ वटा आवेदनसहित प्रस्ताव पेश गरे पनि एक वटा मात्र परेको शाखा प्रमुख गुप्ताले बताए।

वडाध्यक्ष गैरेले कृषकहरुले पाएको सामाग्रीको सही सदुपयोग गरी व्यावसायिक खेती तर्फ उन्मुख हुनु पर्ने बताए। उनले सरकारले मालखाद र उन्नत जातको बीउ बिजन समेत उपलब्ध गराउनु पर्ने माग गरे।
अर्को समाचार
पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै
०५ चैत्र २०८०
•
२ मिनेट पाठ
पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै
फाइल तस्बिर
दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ। पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो।  




सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए। इन्जिनियर रिमालका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि दुई लाख, त्रिवेणीको बोकेखोला गल्छिना कुलो निर्माणका लागि एक लाख, वडा नं २ को अर्नास खाद्यान्न बाली उत्पादक समूहका लागि एक लाख विनियोजन गरिएको छ। 

यस्तै, उपल्लो चालिसे सिँचाइ कुलो योजना बेउलीवासका लागि एक लाख ५० हजार, काउदी पिपलमुनि सिँचाइ कुलो बेउलीवासका लागि ५० हजार, घोप्टेखोला सिँचाइ कुलो मर्मत हुवासका लागि एक लाख विनियोजन भएको छ।

इन्जिनियर रिमालका अनुसार झौरीखेत महने सिँचाइ कुलो निर्माणका लागि एक लाख, पिल्लेटारी सिँचाइ कुलो निर्माणका लागि एक लाख ५० हजार, ठाडेखोला सिँचाइ कुलो निर्माण भुर्तेलथोकका लागि ५० हजार, कुवादीखोला, दशमुखरे, बेलवादी फाँट सिँचाइ योजना सरौखोलाका लागि दुई लाख विनियोजन भएको छ।

अर्बुदखोला सिँचाइ योजनाका लागि ५० हजार, तथा भोर्लेखोला सिँचाइ योजनालाई एक लाख, र सोतीपोखरी–डाँडाखेत सिँचाइ योजनाका लागि ५० हजार विनियोजन भएको छ। चालु आवका लागि साना सिँचाइ योजनामा पालिकाले १४ लाख विनियोजन गरेको थियो। पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ। सबै योजना चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।  

सिँचाइको सुविधा नपुगेका व्यावसायिक फार्ममा आवश्यक पानी विभिन्न स्रोतबाट उपलब्ध गराउने उद्देश्यले कृषि फार्म र कृषिसँग सरोकार राख्ने संस्थामार्फत साना सिँचाइ योजना निर्माण गर्न थालिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए। उनकाअनुसार माग भएका अन्य योजनालाई आगामी आवमा समावेश गरिने भएको छ। यसबाहेक साना सिँचाइका पुराना योजना मर्मतका लागि पनि पैँयू गाउँपालिकाले विभिन्न आठ वटा आयोजना छनोट गरिएको उनले बताए।
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस