रोपाइँमा पनि पाएनन् किसानले मल
०९ असार २०७९
•
२ मिनेट पाठ
रोपाइँमा पनि पाएनन् किसानले मल
जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारीमा छन्। समयमै मल नपाउँदा उनले रोपाइँ दुई/तीन दिन ढिला गर्न बाध्य भए। उनी जस्तै सोही गाउँका सरिफ खान पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सकेका छैनन्।




बाँकेमा किसानले रोपाइँको समयसम्म मलबाट वञ्चित भएका छन्। सरकारले समयमै मल खरिद नगर्दा किसान मल पाउनबाट वञ्चित भएका हुन्। बीउको ब्याड राख्दा पनि मल नपाएर समस्या भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका १९ का धनबहादुर खत्रीले बताए। ‘धान रोपाइँ गर्ने समय भइसक्यो,’ उनले भने, ‘अझै मल पाउने नपाउने टुंगो छैन।’ झारपतिंगरलाई कुहाएर किसानले ब्याड राखेका थिए।

‘ब्याड राख्दा झारपतिंगर खेतमै कुहाएर बनाएको थिएँ,’ उनले भने, ‘धान रोपाइँ गर्दा मल अनिवार्य आवश्यक पर्छ। ब्याड राखे जसरी पनि हुँदैन।’ लामो समयदेखि मलको प्रतीक्षामा रहेका किसानहरु मल नपाउँदा निराश भएका छन्। ब्याड राख्दा मल नपाएका किसानहरु रोपाइँका बेला पाउने आशामा थिए। तर उनीहरु मल नपाउँदा निराशा भएका छन्। नेपालबाट मल अभाव भएपछि नेपाली किसानले भारतबाट मल ल्याउने गरेका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालका अनुसार सामान्य खेतीका लागि किसानले भारतबाट मल ल्याउने गरेका छन्। ‘नेपालमा मल अभाव हुँदा किसानहरुले भारतबाट एक/दुई बोरा मल ल्याउनु हुन्छ,’ उनले भने, ‘ठूलो परिणाममा मल ल्याउन दिँदैनौं। सामान्य घर खेतीका लागि ल्याउन दिएका छौं।’

खेतीका लागि व्यवहारिक रुपले पनि थोरैथोरै मल ल्याउन दिइएको उनको भनाइ छ। खाद्य भण्डारणको जिल्ला भनिने बाँकेमा मल अभाव हुँदा उत्पादनमा असर पर्ने देखिन्छ। बाँकेमा गहुँको सिजनदेखि यता युरिया मल किसानले पाएका छैनन्।

जिल्लामा डिएपी मल सात सय ७० मेट्रिक टन मात्र मौज्दात छ। बाँकेमा करिब सात हजार मेट्रिक टन युरिया र चार हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ। तर युरिया मल छैन भने डिएपी मल पर्याप्त छैन। देशभरि नै मल अभाव हुँदा त्यसको प्रभाव बाँकेमा पनि परेको जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जनाए।

‘सम्झौता भएअनुसार भारतबाट मल आउन सकेको छैन,’ उनले भने, ‘उता (भारत) बाट आएपछि हामी तत्कालै वितरण गर्छौं।’ समयमै मल नपाउँदा किसानलाई समस्या भएको भन्दै उनले प्रांगारिक मललाई पनि जोड दिनुपर्ने बताए। बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुन्छ। किसानलाई मल उपलब्ध गराउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
अर्को समाचार
रोपाइँमा पनि पाएनन् किसानले मल
११ असार २०७९
•
२ मिनेट पाठ
रोपाइँमा पनि पाएनन् किसानले मल
जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारीमा छन्। समयमै मल नपाउँदा उनले रोपाइँ दुई/तीन दिन ढिला गर्न बाध्य भए। उनी जस्तै सोही गाउँका सरिफ खान पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सकेका छैनन्।




बाँकेमा किसानले रोपाइँको समयसम्म मलबाट वञ्चित भएका छन्। सरकारले समयमै मल खरिद नगर्दा किसान मल पाउनबाट वञ्चित भएका हुन्। बीउको ब्याड राख्दा पनि मल नपाएर समस्या भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका १९ का धनबहादुर खत्रीले बताए।

‘धान रोपाइँ गर्ने समय भइसक्यो,’ उनले भने, ‘अझै मल पाउने नपाउने टुंगो छैन।’ झारपतिंगरलाई कुहाएर किसानले ब्याड राखेका थिए। ‘ब्याड राख्दा झारपतिंगर खेतमै कुहाएर बनाएको थिएँ,’ उनले भने, ‘धान रोपाइँ गर्दा मल अनिवार्य आवश्यक पर्छ। ब्याड राखे जसरी पनि हुँदैन।’

लामो समयदेखि मलको प्रतीक्षामा रहेका किसानहरु मल नपाउँदा निराश भएका छन्। ब्याड राख्दा मल नपाएका किसानहरु रोपाइँका बेला पाउने आशामा थिए। तर उनीहरु मल नपाउँदा निराशा भएका छन्।

नेपालबाट मल अभाव भएपछि नेपाली किसानले भारतबाट मल ल्याउने गरेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालका अनुसार सामान्य खेतीका लागि किसानले भारतबाट मल ल्याउने गरेका छन्।

‘नेपालमा मल अभाव हुँदा किसानहरुले भारतबाट एक÷दुई बोरा मल ल्याउनु हुन्छ,’ उनले भने, ‘ठूलो परिणाममा मल ल्याउन दिँदैनौं । सामान्य घर खेतीका लागि ल्याउन दिएका छौं।’ खेतीका लागि व्यवहारिकरुपले पनि थोरैथोरै मल ल्याउन दिइएको उनको भनाइ छ।

खाद्य भण्डारणको जिल्ला भनिने बाँकेमा मल अभाव हुँदा उत्पादनमा असर पर्ने देखिन्छ। बाँकेमा गहुँको सिजनदेखि यता युरिया मल किसानले पाएका छैनन्। जिल्लामा डिएपी मल सात सय ७० मेट्रिक टन मात्र मौज्दात छ। बाँकेमा करिब सात हजार मेट्रिक टन युरिया र चार हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ।

तर युरिया मल छैन भने डिएपी मल पर्याप्त छैन। देशभर नै मल अभाव हुँदा त्यसको प्रभाव बाँकेमा पनि परेको जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जनाए। ‘सम्झौता भएअनुसार भारतबाट मल आउन सकेको छैन,’ उनले भने, ‘उता (भारत) बाट आएपछि हामी तत्कालै वितरण गर्छौं।’

समयमै मल नपाउँदा किसानलाई समस्या भएको भन्दै उनले प्रांगारिक मललाई पनि जोड दिनुपर्ने बताए। बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुन्छ। किसानलाई मल उपलब्ध गराउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस